रुपन्देहिमा सञ्चालित पर्ल्स तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहिमा सञ्चालित पर्ल्स तालिम सम्पन्न

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा सञ्चालित त्रि दिवसीय पर्ल्स अनुगमन प्रणाली तालिम हिजो सम्पन्न भएको छ । तालिममा रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा र गुल्मी जिल्लाका ४१ बचत तथा ऋण सहकारी संस्थाबाट ६१ जना साकोस प्रतिनिधिहरु सहभागी हुनुभएको थियो । रुपन्देहि फिल्ड व्यवस्थापन उपसमिति सदस्य शुभकान्त न्यौपानको अध्यक्षता र नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् लुम्बिनी प्रदेश वचत संघका अध्यक्ष कृष्ण नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको थियो ।

तालिम समापनका क्रममा सहभागी प्रतिनिधिहरु क्रमशः कोलिय देवदह साकोसका कोषाध्यक्ष प्रजापति सापकोटा, कपिलबस्तु सिनर्जी साकोसकी अञ्जु भुषाल र गरिमा साकोस रुपन्देहीका अध्यक्ष कृष्ण देवकोटाले तालिमबाट पर्ल्स सूचक सम्बन्धी गहिरोसँग बुझ्ने अवसर मिलेको र सिकेका विषयहरुको संस्थामा प्रभावकारी कार्यान्वयमा प्रतिबद्ध रहने जनाउँदै तालिमले संस्थाको वित्तीय सवलता र सुशासन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । तालिम सहजीकरण तालिम अधिकृत सुमन घिमिरे र कार्यक्रम अधिकृत मजोज खड्काले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

३ दिन अगाडि

पाठकबाट थप