एकैदिन सिन्धुलीका १२ साकोस कर्ब्स मा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकैदिन सिन्धुलीका १२ साकोस कर्ब्स मा आबद्ध

नेफ्स्कूनद्वारा प्रवर्द्धित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्समा सिन्धुलिका १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकसाथ आवद्ध भएका छन् । हिजो कमलामाई नगरपालिका सिन्धुलीमा आयोजित एक कार्यक्रमका बीच नेफ्स्कून, जिल्ला बचत संघ सिन्धुली र १२ साकोसबीच त्रिपक्षिय कार्यक्रम सम्झौता भएको हो । 

कार्यक्रममा बोल्दै जिल्ला बचत संघ सिन्धुलीका अध्यक्ष विमला श्रेष्ठले यस कार्यक्रम मार्फत साकोसहरुको सिकाई तथा सुशासन बृद्धिका साथै साकोसहरु नीति, विधि र प्रविधिमा चल्ने र संस्थागत सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको थियो ।  साथै नेफ्स्कूनले महिला साकोसहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित निशुल्क सफ्टवेर सेवा प्रदान गरिरहेको विषयमा जानकारी गराउँदै सम्पूर्ण महिला साकोसहरुलाई समयमै उक्त सुविधा उपभोग गरी साकोसलाई प्रविधिमैत्रि साथै थप व्यवस्थित बनाउन अनुरोध गर्नुभएको थियो । 

स्वणीम साकोसको सभा हलमा सञ्चालित उक्त सम्झौता कार्यक्रममा साकोसको तर्फ बाट व्यवस्थापक तथा संचालक प्रतिनितिहरुले हस्ताक्षर गर्नुभएको थियो भने बचत संघ को तर्फ बाट संघ का अध्यक्ष विमला श्रेष्ठ र कोषध्यक्ष कृष्णहरी कोइराला एवम् नेफ्स्कूनको तर्फ बाट अनुगमन अधिकृत श्यामराजा तिमल्सिना र व्यवसाय अधिकृत राजेन्द्र ढकाल ले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा ३० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनले आवद्ध सदस्य संस्थाहरुको सम्भावित जोखिम व्यवस्थापन गरी स्तरीकृत संस्था सञ्चालन र गुणस्तरीय सेवा प्रवाह प्रवर्द्धनमा जोड दिने उद्देश्यसहित साकोसहरुको स्तरीकरण कार्यक्रम आवद्धतालाई प्राथमिकतामा राख्दै आएको छ । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप