धादिङ र गोरखाका साकोस प्रतिनिधिहरू बीच नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ र गोरखाका साकोस प्रतिनिधिहरू बीच नेफ्स्कून अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले धादिङ र गोरखामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका साकोस प्रतिनिधिहरु बीच संघको सेवा तथा व्यवसायहरु बारे जानकारी दिने उद्देश्यसहित चैत्र ९ गते अन्तरक्रिया सञ्चालन गरेको थियो । संघका कोषाध्यक्ष दिपक पनेरु र व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठको उपस्थितिका बीच अरुघाट क्लष्टर, धादिङ क्लष्टर र हाइवे क्लष्टरमा आवद्ध साकोस प्रतिनिधहरुका लागि छुट्टाछुट्टै अन्तरक्रिया सञ्चालन भएका थिए । तीन स्थानमा सञ्चालित उक्त कार्यक्रममा दुई जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ९८ जनाको सहभागितो थियो भने जिल्ला बचत संघ धादिङका अध्यक्ष टाप बहादुर श्रेष्ठ, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र स्थानीय सहकारीकर्मीहरुको समेत उपस्थिति थियो ।

संघका कोषाध्यक्ष दिपक पनेरुले अन्तरलगानी सेवा विविधिकरण र  सूचना प्रविधि सेवा सहजीकरणमा संघले सदस्य हितमा काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले संघले सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितताको कार्यक्रमहरु मार्फत आवद्ध बचत तथा ऋण सहकारी संस्थाहरु जोखिम न्यूनीकरण गरी स्तरीकृत संस्था सञ्चालन गर्न र गुणस्तरीय सेवा सुविधा पुर्याउन सफल भएको उदाहरण प्रस्तुत गर्दै स्तरीकृत संस्था सञ्चालनमा प्रतिबद्ध बन्न सहभागी सम्पूर्ण साकोस प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । 
संघका व्यवसाय विभाग प्रमुख श्रेष्ठले संघको सेवा तथा व्यवसाय, व्यवसाय विकास सम्बन्धी नीतिगत व्यवस्था, योजना तथा भावी कार्यदिशा, साकोसका समसामयिक समस्या एवम् चुनौतिहरुका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो । कोषाध्यक्ष पनेरुले सहभागी साकोस प्रतिनिधिहरुका जिज्ञासा सम्बोधन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन एवम् व्यवस्थापन  सहजीकरण धादिङ फिल्ड कार्यालय इन्चार्ज शम्भु प्रसाद घिमिरेले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप