धादिङ र गोरखाका साकोस प्रतिनिधिहरू बीच नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ र गोरखाका साकोस प्रतिनिधिहरू बीच नेफ्स्कून अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले धादिङ र गोरखामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका साकोस प्रतिनिधिहरु बीच संघको सेवा तथा व्यवसायहरु बारे जानकारी दिने उद्देश्यसहित चैत्र ९ गते अन्तरक्रिया सञ्चालन गरेको थियो । संघका कोषाध्यक्ष दिपक पनेरु र व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठको उपस्थितिका बीच अरुघाट क्लष्टर, धादिङ क्लष्टर र हाइवे क्लष्टरमा आवद्ध साकोस प्रतिनिधहरुका लागि छुट्टाछुट्टै अन्तरक्रिया सञ्चालन भएका थिए । तीन स्थानमा सञ्चालित उक्त कार्यक्रममा दुई जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ९८ जनाको सहभागितो थियो भने जिल्ला बचत संघ धादिङका अध्यक्ष टाप बहादुर श्रेष्ठ, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र स्थानीय सहकारीकर्मीहरुको समेत उपस्थिति थियो ।

संघका कोषाध्यक्ष दिपक पनेरुले अन्तरलगानी सेवा विविधिकरण र  सूचना प्रविधि सेवा सहजीकरणमा संघले सदस्य हितमा काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले संघले सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितताको कार्यक्रमहरु मार्फत आवद्ध बचत तथा ऋण सहकारी संस्थाहरु जोखिम न्यूनीकरण गरी स्तरीकृत संस्था सञ्चालन गर्न र गुणस्तरीय सेवा सुविधा पुर्याउन सफल भएको उदाहरण प्रस्तुत गर्दै स्तरीकृत संस्था सञ्चालनमा प्रतिबद्ध बन्न सहभागी सम्पूर्ण साकोस प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । 
संघका व्यवसाय विभाग प्रमुख श्रेष्ठले संघको सेवा तथा व्यवसाय, व्यवसाय विकास सम्बन्धी नीतिगत व्यवस्था, योजना तथा भावी कार्यदिशा, साकोसका समसामयिक समस्या एवम् चुनौतिहरुका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो । कोषाध्यक्ष पनेरुले सहभागी साकोस प्रतिनिधिहरुका जिज्ञासा सम्बोधन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन एवम् व्यवस्थापन  सहजीकरण धादिङ फिल्ड कार्यालय इन्चार्ज शम्भु प्रसाद घिमिरेले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप