कल्याणकारी साकोस सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कल्याणकारी साकोस सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम शुरु

 काठमाडौं । ललितपुरको लुभुस्थित कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम -CUDCC आजबाट शुरु भएको छ । ललितपुरको गोटीखेलमा शुरु ४ दिवसीय तालिमको उद्घाटन नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले गर्नुभएको छ । 

कोषाध्यक्ष पनेरुले परिवर्तित समयानुकुल व्यक्तिगत व्यवहार, आचरण, कार्यपद्धति, सीप र ज्ञान पनि उन्नत र विकासशिल बन्नुपर्ने वताउँदै संस्था सञ्चालनमा नयाँ कार्यशैली, प्रविधि विकास र गुणस्तरयुक्त सेवा प्रवाहका निम्ति तालिम नियमित प्रक्रिया रहेको बताउनुभयो । उहाँले भन्नुभयो कल्याणकारी बचत तथा ऋण सहकारी संस्था सदैव सदस्य कल्याणका लागि अभिप्रेरित रहेको र भविष्यमा पनि यसले सदस्य केन्द्रीत सेवा प्रवाहलाई जोड दिँदै सदस्यहरुको आर्थिक रुपान्तरणमा क्रियाशिल रहने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमका अतिथि एवम् बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरेले भन्नुभयो, “सहकारी सहकारीका निश्चित सिद्धान्त, मुल्य र मान्यता अनुरुप सञ्चालन हुनुपर्छ, जसका कारण सदस्यको जीवनमा देखिने किसिमको सकारात्मक आर्थिक, सामाजिक परिवर्तन सम्भव होस् ।”  

कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, तालिम अधिकृत सुमन राज घिमिरे र कल्याणकारी साकोसका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु र लेखा सुपरिवेक्षण समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

कल्याणकारी साकोसका अध्यक्ष देवी श्रेष्ठको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सञ्चालन साकोसका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले गर्नुभएको थियो । चैत १६ गतेसम्म सञ्चालन हुने उक्त तालिम सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र तालिम अधिकृत सुमन राज घिमिरेले गर्नुहुन्छ ।   
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप