खेलाडी बनाउने अभियानमा हाम्रो जनकल्याण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
खेलाडी बनाउने अभियानमा हाम्रो जनकल्याण 

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा माध्यमिक विद्यालय स्तरीय लामो दुरीको दौड प्रतियोगिता आज सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । 

जिल्लामा एथ्लेटिक्स् खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले विगत वर्षबाट कार्य क्षेत्रका माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्र र छात्रा सहभागी गराई लामो दुरीको दौड प्रतियोगिता आयोजना गर्न थालेको हो । आज भएको दौड प्रतियोगितामा कार्य क्षेत्र भित्रका १३ वटा विद्यालयका दुई दुई जना छात्र र छात्राले सहभागिता जनाएका थिए । छात्रा तर्फको दौडमा सुर्के माध्यमिक विद्यालय खरिढुंगाका प्रेमाडोल्मा प्रथम हुनुभएको थियो भने सुर्के माविकै छात्रा सुस्मिता श्रेष्ठ द्वितीय र महेन्द्रोदय माविका छात्रा बिमिसा केसीले तृतीय स्थान प्राप्त गर्नुभएको थियो । त्यसैगरी बिनिसा कार्की आँकुरा अंग्रेजी बोर्डिङ स्कुल, अप्सरा कार्की राइजिङ हिम्स एकेडेमी र सेमिका लामा हिमालय क्राउनले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । 

छात्र तर्फको दौडमा माउन्टभ्याली एकेडेमीका बिशाल बस्नेत प्रथम, प्रज्वल गुरुङले द्वितीय स्थान  तथा भीम माध्यमिक विद्यालयका अन्जन कुमार नेपालीले तृतीय स्थान प्राप्त गर्नुभएको थियो । दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र राइजिङ हिम्स एकेडेमीका कपिल थामी, आँकुरा अंग्रेजी बोर्डिङ स्कुलका रोशन श्रेष्ठ र सुर्के माध्यमिक विद्यालयका ल्हानम शेर्पाले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । सहभागिले नगद पुरस्कार छ हजार, चार हजार, दुई हजार र पन्ध्र सय, प्रमाण पत्र र मेडल वितरण गरिएको थियो ।

छात्र तर्फ २५ जना र छात्रातर्फ २३ जनाले सहभागिता जनाएको दौड प्रतियोगिताका विजेताहरुलाई भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेत, नेफ्स्कूनका सञ्चालक जिवसराज खडका र जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।  संस्थाका उपाध्यक्ष कमल प्रसाद चौलागाई अध्यक्षतामा भएको दौड प्रतियोगितामा उत्कृट हुने विद्यालयलाई शिल्ड तथा प्रमाण पत्र र सहभागी सबै विद्यार्थीलाई मेडल तथा प्रमाण पत्र वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी गराउनु भयो । कार्यक्रमा संस्थाका पदाधिकारी, सञ्चालक, सल्लाहाकार, उपसमिति सदस्य, शेयर सदस्य लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२१ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप