खेलाडी बनाउने अभियानमा हाम्रो जनकल्याण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
खेलाडी बनाउने अभियानमा हाम्रो जनकल्याण 

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा माध्यमिक विद्यालय स्तरीय लामो दुरीको दौड प्रतियोगिता आज सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । 

जिल्लामा एथ्लेटिक्स् खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले विगत वर्षबाट कार्य क्षेत्रका माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्र र छात्रा सहभागी गराई लामो दुरीको दौड प्रतियोगिता आयोजना गर्न थालेको हो । आज भएको दौड प्रतियोगितामा कार्य क्षेत्र भित्रका १३ वटा विद्यालयका दुई दुई जना छात्र र छात्राले सहभागिता जनाएका थिए । छात्रा तर्फको दौडमा सुर्के माध्यमिक विद्यालय खरिढुंगाका प्रेमाडोल्मा प्रथम हुनुभएको थियो भने सुर्के माविकै छात्रा सुस्मिता श्रेष्ठ द्वितीय र महेन्द्रोदय माविका छात्रा बिमिसा केसीले तृतीय स्थान प्राप्त गर्नुभएको थियो । त्यसैगरी बिनिसा कार्की आँकुरा अंग्रेजी बोर्डिङ स्कुल, अप्सरा कार्की राइजिङ हिम्स एकेडेमी र सेमिका लामा हिमालय क्राउनले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । 

छात्र तर्फको दौडमा माउन्टभ्याली एकेडेमीका बिशाल बस्नेत प्रथम, प्रज्वल गुरुङले द्वितीय स्थान  तथा भीम माध्यमिक विद्यालयका अन्जन कुमार नेपालीले तृतीय स्थान प्राप्त गर्नुभएको थियो । दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र राइजिङ हिम्स एकेडेमीका कपिल थामी, आँकुरा अंग्रेजी बोर्डिङ स्कुलका रोशन श्रेष्ठ र सुर्के माध्यमिक विद्यालयका ल्हानम शेर्पाले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । सहभागिले नगद पुरस्कार छ हजार, चार हजार, दुई हजार र पन्ध्र सय, प्रमाण पत्र र मेडल वितरण गरिएको थियो ।

छात्र तर्फ २५ जना र छात्रातर्फ २३ जनाले सहभागिता जनाएको दौड प्रतियोगिताका विजेताहरुलाई भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेत, नेफ्स्कूनका सञ्चालक जिवसराज खडका र जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।  संस्थाका उपाध्यक्ष कमल प्रसाद चौलागाई अध्यक्षतामा भएको दौड प्रतियोगितामा उत्कृट हुने विद्यालयलाई शिल्ड तथा प्रमाण पत्र र सहभागी सबै विद्यार्थीलाई मेडल तथा प्रमाण पत्र वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी गराउनु भयो । कार्यक्रमा संस्थाका पदाधिकारी, सञ्चालक, सल्लाहाकार, उपसमिति सदस्य, शेयर सदस्य लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप