जाजरकोटमा आधारशिला कार्यक्रम कार्यान्वयन शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जाजरकोटमा आधारशिला कार्यक्रम कार्यान्वयन शुरु

जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा सञ्चालित सहकारीहरुका लागि नेफ्स्कून र स्थानीय निकायको संयुक्त साझेदारीमा सञ्चालन हुने आधारशिला कार्यक्रम कार्यान्वयको शुरुवात भएको छ ।

नेफ्स्कूनका सञ्चालक एवं सुर्खेत फिल्ड कार्यलय संयोजक यज्ञ प्रसाद ढकालको अध्यक्षतामा हिजो सम्पन्न कार्यक्रममा भेरी नगरपालिका उप प्रमुख भावना भण्डारी, संघका महासचिव दामोदर अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ति, जिल्ला सहकारी संघ जाजरकोटका सचिव राजु के.सी, नेफ्स्कून कर्णाली प्रदेश उप समिति सदस्य जनक बहादुर शाही, सहकारी शाखा प्रमुख केदार बहादुर कार्की लगायत अथितिहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न सहकारीका प्रतिनिधिहरु, नगरपालिकाका अन्य कर्मचारीहरु र नेफ्स्कून कर्मचारी गरी ५४ जनाको सहभागिता थियो ।

भेरी नगरपालिकाका उप मेहेर भावना भण्डारीले निर्वाचन हुन भन्दा पहिला सहकारी क्षेत्रमै रहेकोले पनि आफुले सहकारी लाई बढि महत्व दिने गरेको धारणा राख्नु भयो । नगरपालिकाले पनि सहकारीको विकास र प्रवर्द्धनका लागि विगतमा पनि विभिन्न क्रियाकलाप गर्ने जर्मोको गरे पनि विभिन्न कारणले सहकारी क्षेत्रले गति लिन नसकेको स्विकार गर्नु भयो । नेफ्स्कून सँगको साझेदारीमा संञ्चालन हुने यस कार्यक्रमले सहकारीको विकास र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यत्त गर्नु भयो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सहकारीको गुणात्मक विकासको लागि सरकार र अभियान सँगसँगै जानु पर्ने धारणा राख्नु भयो । नेफ्स्कून सँग भएको सहकारी क्षेत्रको लामो अनुभव, सिप, दक्षता, प्रविधि र स्थानिय तहसँग भएको स्रोतको अधिकतम सुदुपयोग गरी ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाहरुको संस्थागत विकास गर्ने र आत्मनिर्भर सहकारी संस्थाहरु बनाउने  लक्ष्य सहित आधारशिला कार्यक्रम संञ्चालनमा ल्यायको धारणा राख्नु भयो । भौतिक विकास जति राम्रो भए पनि जनताको आर्थिक विकास हुन सकेन भने विकास अपूर्ण हुने धारणा राख्नु भयो ।  संघले प्रारम्भिक संस्थाको साथ साथै स्थानीय तहको समेत क्षमता वृद्धी गर्ने लक्ष्य रहेकोले समग्र क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यत्त गर्नु भयो । उहाँले कार्यक्रम पश्चात संबै संस्थाहरुमा स्थलगत रुपमा  नेफ्स्कून र पालिकाको संयुक्त अनुगमन हुने र संस्थाहरुको आवश्यकताको विश्लेषण गरी सोही अनुसार कार्यक्रम तय गर्ने धारण राख्नु भयो । 

संघका संञ्चालक यज्ञ प्रसाद ढकालले कार्यक्रम कार्यान्वयन अवधिमा सबेै संस्थाहरुलाई सक्षम तथा दीगो बनाउन नेफ्स्कूनले कुनै कसर बाँकी नराख्ने बताउँदै एक्लै चल्न नसक्ने संस्थाहरुलाई एकिकरणको लागि सहजिकरण गरिने जानकारी गराउनुभयो । साथै एकीकरणका लागि पनि तयार नहुने संस्थालाई आवश्यक सुझाव सहित कानुनी प्रकृयाका लागि नगरलाई सिफरिस गर्ने धारणा राख्नु भयो । 

कार्यक्रममा आधारशिला कार्यक्रमको आवश्यकता, सञ्चालन प्रकृया, सहकारी संस्थाहरुको भूमिका, आधारशिला को परिचय सहित समसामहिक विषयमा सहजिकरण सुर्खेत फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएकोे थियो भने कार्यक्रमको संञ्चालन नेफ्स्कून अनुगमन अधिकृत पवनजंग मल्लले गर्नु भएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप