कर्णालीका सहकारी प्रतिनिधिहरू बीच नेफ्स्कून अभिमुुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्णालीका सहकारी प्रतिनिधिहरू बीच नेफ्स्कून अभिमुुखीकरण 

जाजरकोट । जिल्लाको खलंगा स्थित सहकारीका प्रतिनिधिहरू बीच नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून ले चैत्र १४ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नेफ्स्कून संञ्चालक एवंम कर्णाली प्रदेश संयोजक यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मन बहादुर रावल रहनु भएको कार्यक्रममा संघका महासचिव दामोदर अधिकारी र  भेरी नगरपालिका उप प्रमुख भावना भण्डारी विशेष अतिथि र जिल्ला सहकारी संघ जाजरकोटका सचिव राजु के.सी, नेफ्स्कून कर्णाली प्रदेश उप समिति सदस्य जनक बहादुर शाही, भेरी नगरपालिका सहकारी शाखा प्रमुख केदार बहादुर कार्की लगायत अतिथिहरुको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि रावलले विगतमा आफु लामो समय सहकारी अभियानमा क्रियाशिल रहेको कारणले सहकारीका गति विधिहरुमा चासो राख्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “जाजरकोट जिल्लाको सहकारी अभियानलाई नजिक बाट हेरी रहेको छु, विगतको तुलनामा केही सुधार उन्मुख भए पनि सन्तोषजनक प्रगति हुन सकेको छैन । सहकारी क्षेत्रमा जोखिमहरु बढी रहेका छन्, यसको समाधानको लागि सहकारीकर्मीहरु र नियमनकारी क्षेत्रमा संलग्न कर्मचारीहरु थप क्रियाशिल हुनु पर्ने देखिन्छ । नेपालको सहकारी अभियानकै नेतृत्व गरी रहेको नेफ्स्कूनको प्रवेश सँगै जाजरकोटका सहकारीको प्रर्वद्धन र विकासमा ठुलो सहयोग पुग्ने विश्वास लिएको छु ।” 

संघका महासचिव दामोदर अधिकारीले नेफ्स्कूनले स्वदेश तथा विदेशबाट ३२ बर्ष देखि आर्जन गरेको ज्ञान, सिप र प्रविधिमा यस क्षेत्रका बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत विकास गर्न र नेफ्स्कूनका उत्पादन तथा सेवाहरुमा सहकारीको पहुँच बढाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरीएको जानकारी गराउनु भयो । जिल्लामा सहकारीहरुको संस्थागत विकास र नेफ्स्कूनसँगको सहकार्य बृद्धिका लागि सहकारीहरुको नेफ्स्कूनसँगको आवद्धता बढाउनुपर्ने धारणा उहाँले राख्नुभयो । 

सञ्चालक यज्ञ प्रसाद ढकालले सहकारी ऐनको मर्म पनि सञ्जालमा आवद्धता अनिवार्य लिनु पर्ने भएकोले सबै साकोसहरुलाई नेफ्स्कूनमा आवद्ध हुन अनुरोध गर्नु भयो । कार्यक्रममा रुकुम पश्चिम र जाजरकोट बाट गरी २५ वटा संस्थाका प्रतिनिधि र अतिथि गरी ४६ जनाको सहभागिता रहेको थियो ।  

कार्यक्रममा नेफ्स्कूनको परिचय, अभियानको वर्तमान अवस्था, अभियानको जोखिमहरू, अभियान जोगाउनको लागि नेफ्स्कूनका कार्यक्रमहरु, संञ्जालको महत्व, नेफ्स्कूनमा आवद्धता र त्यसबाट हुने फाइदाहरु र अभियानको अवको कार्य दिशा सहितको प्रस्तुतिकरण संघका सुर्खेत फिल्ड कार्यलय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो भने स्वागत मन्तव्य नेफ्स्कून कर्णाली प्रदेश उप समिति सदस्य जनक बहादुर साहीले र  संञ्चालन नेफ्स्कून अनुगमन अधिकृत पवनजंग मल्लले गर्नु भएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप