प्रविधियुक्त र अझ मर्यादित व्यवसायका रूपमा सहकारीलाई अगाडि बढाउनुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रविधियुक्त र अझ मर्यादित व्यवसायका रूपमा सहकारीलाई अगाडि बढाउनुपर्छ

चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता, नेफ्स्कून 

हामी अहिले ६४औँ राष्ट्रिय सहकारी दिवस मनाउने तयारीमा छौँ । नेपालमा सहकारी संस्था सस्थापना भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मनाईँदै आइएको राष्ट्रिय सहकारी दिवस विगत केही वर्षदेखि वार्षिक नारा तय गरी भव्य कार्यक्रमहरू सहित मनाउने गरिएको छ । यस वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ नारासहित देशैभरी विभिन्न कार्यक्रम तय गरी ६४औँ सहकारी दिवस मनाईँदै छ । वि.सं.२०१३ साल चैत्र २० गते चितवनमा बखान ऋण सहकारीको स्थापना भएको दिनलाई सहकारी दिवसको रुपमा मनाउने गरिएको छ । मानिसको जीवन पद्दतिलाई परिवर्तन गर्नका लागि महत्वपूर्ण सावित भएको कुनै घटना भएको, प्रयास गरिएको वा संयोग परेको दिनलाई स्मरण गर्ने र त्यसबाट प्राप्त उपलब्धि प्रति नतमस्तक हुँदै त्यस्तो दिनलाई उत्सवको रूपमा मनाउने चलन मानव विकासक्रमसँगै चल्दै आएको छ । कुनैपनि दिवस मनाउँदा त्यसको उद्गम भएको दिनलाई त स्वत: स्मरण गरिन्छ नै । त्यो उपलब्धि हामीलाई हस्तान्तरण गर्ने हाम्रा अग्रजहरूको स्मरण गर्नु र  त्यस दिनले हाम्रो जीवन पद्धतिलाई कस्तो प्रभाव पार्‍यो भन्ने कुराको सिंहावलोकन गर्नुले त्यस दिवसलाई अझ सार्थक बनाउँछ । ६४औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा हामीले नेपालको पहिलो सहकारी बखान ऋण सहकारी संस्थाका संस्थापक बखान सिंह गुरूङप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँको स्मरण गर्नै पर्छ । त्यसका साथै नेपालको आर्थिक सामजिक विकासका लागि सहकारी उपयुक्त मोडल हुनसक्छ श भनी सहकारीको अवधारणा भित्र्याउने जननायक विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै श्रद्धान्जली प्रकट गर्न भुल्नु हुँदैन ।

बाढी पहिरोको प्रकोपबाट आक्रान्त भएका जनतालाई आर्थिक रूपमा सवल बनाउनका लागि सहकारीको स्थापना गरिएको दिन हो चैत्र २० गते । यो ६४ वर्षको वीचमा नेपाली समाजले थुप्रै आरोहअवरोहहरू पार गर्नुका साथै आर्थिक सामाजिक विकासका विभिन्न मोडलहरूको अभ्यास गर्यो । शताब्दीभन्दा लामो निरङ्कुशताबाट निस्केर प्रजातन्त्रको मुना टुसाउँदै गरेको समयमा नेपालमा सहकारीको सुरुवात भयो ।  सहकारी आफैँमा लोकतन्त्रको पर्याय पनि हो । यो कुरालाई हामीले व्यवहारमा पनि अनुभूत गर्न पर्‍यो । वि.सं. २०१७ सालमा निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरी प्रजातन्त्रको टुसाउँदै गरेको मुना निमोठियो र प्रजातान्त्रिक व्यवस्थालाई नै अपहरण गरियो । त्यसपछि सहकारी पनि नियोजित अभियानको रूपमा सिमित रह्यो । वि.सं. २०४६ को प्रजातन्त्र पुनर्प्राप्तिसम्म सहकारीको कुनै सस्थागत विकास हुन सकेन र नाममा समेत सहकरी नभएका संस्थाहरूले सहकारीको सत्ता धान्न पुगे । त्यसैले पनि वि.सं.२०४७ सालमा संविधान बन्नु र वि.सं. २०४८ सालमा सहकारी ऐन लागू हुनुलाई संयोग मात्र मान्न सकिन्न ।

वि.सं.२०४८ सालको ऐनले नेपालमा सहकारीको संस्थागत विकासको ढोका खुला गर्‍यो । सहकारी संस्थाहरू दर्ता र सञ्चालन हुन थाले । राष्ट्रिय सहकारी विकास बोर्ड गठन भयो। सहकारीका संघहरू निर्माण भए । राष्ट्रिय सहकारी बैंक लि.को स्थापना भयो र राज्यले पनि सहकारी संघ/संस्थालाई दर्ता, नियमन र प्रवर्द्धन गर्नका लागि संरचनागत तयारी गर्‍यो । यसै क्रममा देशको ग्रामिण र सहरी क्षेत्रमा सहकारी संस्थाहरू तिब्र रूपमा स्थापना भए । सहकारीको सैद्धान्तिक ज्ञान भन्दा बढी यसको व्यवहारिक अभ्यासले सहकारी संघ/संस्थाहरूको बाटो तय गर्‍यो , जुन कुरा सुरुवाती अवस्थामा अस्वभाविक मान्न पनि सकिन्न । कतिपय सहकारीले सहकारीको मूल्य र सिद्धान्तलाई आत्मसात एवम् आन्तरिकीकरण गर्दै समुदायको अभिन्न अंगको रूपमा संस्थालाई अगाडि बढाए भने कतिपय सहकारीले यसको व्यवसायको पक्षलाई मात्र ध्यान दिए र आर्थिक रूपले सबल भएर पनि समुदायको हिस्सा बन्न सकेनन् । त्यति मात्र होईन,यही क्रममा सहकारीको व्यवसायिक पाटोलाई मात्र हेरेर कतिले संस्थालाई सिमित व्यक्तिहरूको लाभका लागि मात्र प्रयोग गरेको पनि देखियो । सहकारीको मूल्य र सिद्धान्तलाई  आत्मसात नगरी सञ्चालन गरिएका संस्थाहरू दिगो हुन सक्दैनन् भन्ने कुरा त्यस्ता संस्थामा आएको समस्याले प्रस्ट्याएको छ ।  अन्यौलमै त्यस्ता सहकारीमा होमिन पुगेका र आर्थिक प्रलोभनका कारण त्यता तर्फ आकर्षित भएका नागरिकहरूले थुप्रै आर्थिक क्षति पनि व्यहोर्नु पर्‍यो । त्यसप्रति सम्बन्धित संस्था र तिनका सञ्चालक त दोषी हुने नै भए , त्यो सँगसँगै सहकारीका नियामक निकाय र सहकारीका संघहरूले पनि आफ्नो भूमिकाका विषयमा आत्मसमीक्षा गर्ने र भएका कमजोरीलाई निराकरण गर्नतिर लाग्नुपर्ने अवस्था आयो ।

सहकारीको मूल्य र सिद्धान्तलाई आत्मसात गर्दै अघि बढेका संस्थाहरूको संस्थागत विकास सुरुवाती अवस्थामा केही सुस्त देखिए पनि ती संस्थाहरू जगदेखि नै बलियो हुँदै गए । तिनको कारोबारको आकारमात्र बढेन ,सदस्यसँग सम्बन्ध पनि अझ बलियो हुँदै गयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकारी अभ्यासहरूबाट सिक्ने र परिष्कृत हुँदै जाने पद्धति त्यस्ता संस्थाले विकसित गर्दै लगे । समुदायका मानिसहरूको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएका संस्थाहरूले सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि महत्वपूर्ण योगदान पुर्‍याएका छन्  । त्यस्ता संस्थाहरूले सहकारीका विषयगत र छाता संघहरूलाई सहकारी क्षेत्रको संस्थागत विकासका लागि समर्पित हुन निरन्तर दबाब र सुझाव दिइराखेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहाकरी संघलि. (नेफ्स्कून) ले यस विचमा सहकारीको विकास, बृद्धि र सुशासनका पाटोमा उल्लेख्य काम गरेको छ । नेपालको सहकारी अभ्यासलाई विश्व अभ्याससँग जोड्ने र विभिन्न देशमा वित्तीय सहकारीका क्षेत्रमा प्रयोग भएका ज्ञान, सीप, विधि र प्रविधिहरू प्रयोग गर्नमा नेफ्स्कूनले सहजीकरण गरिरहेको छ , जसले गर्दा गल्तीबाट मात्र सिक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । संस्था सञ्चालनका नीति, विधि र प्रविधिहरू अवलम्वन गर्ने र संस्थाहरू दिगो रूपमा सञ्चालन गरी तिनलाई अझ परिष्कृत गर्दै लैजान सकिने रहेछ भन्ने अनुभुत हुन गएको छ ।

वि.सं.२०४८ को ऐनले सहकारीको स्थापना र सञ्चालनलाई असाध्यै सहज बनाइदिएको र यसको नियमनको पाटोमा मौन रहेको कारणले सहकारीमा विकृति देखिन थाल्यो भन्ने चर्चा यो ऐन बनेको एकदशक पुग्दा नपुग्दै हुन थालेको थियो । राज्यका नियामक निकायले विभिन्न नियम कानून बनाउँदै त्यस ऐनलाई २६ वर्षसम्म टिकाए । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि वि.सं. २०७४ सालमा सहकारी ऐन पनि परिवर्तन भयो । यस ऐनले सहकारीको नियामक संरचनालाई संघीय ढाँचामा लैजाने व्यवस्था गर्‍यो । विगत ३ वर्षदेखि जिल्लाका संरचनाहरू स्थानीय, प्रदेश र संघीय संरचनामा हस्तान्तरण गर्ने र तिनको व्यवस्थापन गर्ने काम निरन्तर भइरहेको छ । सहकारीका केन्द्रीय संघहरूलाई समेत यसले प्रभाव पार्‍यो । केन्द्रीय संघहरू र राष्ट्रिय सहकारी महासंघले पछिल्लो समय संघीय संरचना केन्द्रित कार्यक्रमहरू अगाडि बढाइरहेका छन् भने जिल्ला स्तरीय संघहरूसँग पनि त्यसै अनुरूप समन्वय गरिरहेका छन् ।     संरचनागत परिवर्तन आफैँले प्रारम्भिक संस्था र आम सहकारीकर्मीहरूका लागि तत्काल उल्लेख्य केही दिने भन्दा पनि राज्य संयन्त्रसँग समानान्तर तहबाट बहस पैरवी गर्न र मातहतका संघ/संस्थालाई समन्वय गर्न सहज हुन्छ भन्ने अभियानको बुझाई हो ।

सहकारीको संस्थागत विकासक्रमको चौथो दशकको प्रारम्भमा हामी छौँ । यो अवस्थासम्म आईपुग्दा विश्वले प्रविधिका क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको छ । आमरूपमा सहकारी भन्दा यसको वित्तीय पक्षको तस्विर सम्झिइन्छ । नेपालमा पनि सहकारीमार्फत हुने कारोवार मध्ये वित्तीय कारोवारको हिस्सा निकै ठूलो छ । सहकारीको आफ्नो मौलिक विशेषता रहेतापनि प्रयोगकर्ता वा सदस्यको दृष्टिमा वित्तीय कारोवार र वित्तीय सेवाहरू प्रत्यक्ष रूपमा बैंक तथा वित्तीय संस्थाबाट पाईने सेवासँग तुलना गरिने प्रकृतिका वा तीसँग अन्तर्सम्बन्धित हुन्छन् । सहकारी संघ/संस्थाहरूले नविनतम प्रविधिहरूलाई प्रयोग गर्ने क्रम असाध्यै सुरुवाती अवस्थामा रहेको छ । केही ठूला र सक्षम संस्थाहरूले त्यस्तो अभ्यास गरेतापनि साना आकारका संस्थालाई प्राविधिक र आर्थिक क्षमताको अभावका कारण नविनतम प्रविधिहरू प्रयोग गर्ने अवसर प्राप्त गरेका छैनन् । पछिल्लो समय प्रविधिलाई सहकारीमैत्री बनाउने र सस्तो तथा सहज पहुँच पुर्‍याउने प्रयासहरू पनि भएका छन् तर सहाकरी संस्थाहरूले संगठित रूपमा अगाडि नबढेसम्म प्रविधिलाई प्रभावकारी र प्रतिस्पर्धी रूपमा प्रयोग गर्न सक्ने सम्भावना कमै मात्र हुन्छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. आफ्ना सदस्यहरूलाई प्राविधिको पक्षमा सवल बनाउन प्रयासरत छ । प्रविधिमार्फत सेवा र सदस्यमैत्री प्रविधिका लागि नेफ्स्कूनले विभिन्न निकायहरूसँग छलफल गर्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने काम पनि गरिरहेको छ । यस वर्ष राष्ट्रिय सहकारी दिवसको नारा प्रविधिको विषयसँग सम्बन्धित रहनुले प्रविधिको क्षेत्रमा सहकारीले थप चासो राखेको स्पष्ट बुझिन्छ । यो चासोले प्रारम्भिक संस्थाहरूका लागि प्रयोग गर्न सक्ने औजार विकसित गर्नुपर्छ भन्ने सबैको अपेक्षा पनि रहेको छ । त्यसका लागि सहाकरीका केन्द्रीय संघहरू, राष्ट्रिय सहकारी बैंक लि. र राष्ट्रिय सहकारी महासंघ लि. बीच समन्वय हुन सक्यो भने अझ छिटो अपेक्षित परिणाम हासिल हुन्छ । ६४औँ राष्ट्रिय सहकारी दिवसबाट यस वर्षको नारामा उल्लेख भए बमोजिम नै सहकारी व्यवसायलाई अझ मर्यादित र प्रविधियुक्त बनाउने प्रयास सुरूवात होस भन्ने आम सहकारीकर्मीको अपेक्षा छ ।

सहकारी सञ्जाल डट कम बाट साभार ।

भर्खरै
श्री दुध पोखरी साकोसमा नेफ्स्कूनको नियमित सुपरिवेक्षण 
श्री दुध पोखरी साकोसमा नेफ्स्कूनको नियमित सुपरिवेक्षण 

१५ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित मंगलपुर साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण 
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित मंगलपुर साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण 

१६ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि पौरखी साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सहकारी सुशासन सुदृढीकरणका लागि पौरखी साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

बंगलामूखि साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
बंगलामूखि साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१७ घण्टा अगाडि

श्री युवा साकोसमा नेफ्स्कूनको दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
श्री युवा साकोसमा नेफ्स्कूनको दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि मेचीनगर साकोसमा नेफ्स्कूनको सुपरिवेक्षण
सहकारी सुशासन सुदृढीकरणका लागि मेचीनगर साकोसमा नेफ्स्कूनको सुपरिवेक्षण

२ दिन अगाडि

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१६ घण्टा अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 
अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 

३ दिन अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

१० दिन अगाडि

श्री दुध पोखरी साकोसमा नेफ्स्कूनको नियमित सुपरिवेक्षण 
श्री दुध पोखरी साकोसमा नेफ्स्कूनको नियमित सुपरिवेक्षण 

१५ घण्टा अगाडि

बालकुमारी साकोसको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न
बालकुमारी साकोसको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न

३ दिन अगाडि

प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 
प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 

६ दिन अगाडि

बंगलामूखि साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
बंगलामूखि साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१७ घण्टा अगाडि

पाठकबाट थप