तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

उदयपुर । तपेश्वरी बचत तथा ऋण सहकारी संस्था लि., बेलका नगरपालिका–पुरन्दह, उदयपुरको आयोजनामा “कृषक व्यवसाय खेल तालिम (Farmer Business Game) तालिम सञ्चालन भएको छ । असोज ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको तालिममा साकोसका २५ जना कृषक सदस्यहरुकोे सहभागिता रहेको थियो । 

कृषि तथा व्यवसायसँग सम्बन्धित व्यावहारिक ज्ञान, सीप र उद्यमशील सोच विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई व्यवसाय छनोट, लगानी तथा लागत व्यवस्थापन, उत्पादन, बजार व्यवस्थापन, आम्दानी–खर्चको हिसाब, जोखिम व्यवस्थापन तथा व्यवसायमा आउने विभिन्न परिस्थितिमा निर्णय लिने लगायतका विषयलाई खेल तथा सिमुलेशन (Simulation) विधिबाट अभ्यास गराइएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र DSIK Germany को प्राविधिक सहयोग रहेको थियो । नेफ्स्कूनका तालिम अधिकृत रवीन्द्र श्रेष्ठ र मुकेश दाहालले तालिमको सहजीकरण  गर्नुभएको थियो ।

कृषक व्यवसाय तालिम मार्फत सहभागीहरूले केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही वास्तविक व्यवसाय सञ्चालन गर्दा आइपर्ने अवसर, चुनौती, जोखिम तथा निर्णय प्रक्रियालाई खेलको माध्यमबाट प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए । विशेषगरी व्यवसायिक योजना बनाउने, उपलब्ध स्रोतको उचित प्रयोग गर्ने, बजारको मागअनुसार निर्णय गर्ने र व्यवसायको नाफा तथा जोखिमबीच सन्तुलन कायम गर्ने विषयमा सहभागीहरूले व्यावहारिक सिकाइ हासिल गरेका थिए ।

तालिमको समापनका क्रममा सहभागीहरूले खेल तथा सिमुलेशनमा आधारित सिकाइ विधि प्रभावकारी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए । यस प्रकारका कार्यक्रमले सहकारीका सदस्यहरूमा उद्यमशीलता विकास गर्नुका साथै कृषि तथा लघु व्यवसायलाई व्यावसायिक रूपमा अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताएका थिए ।  

तापेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरूको आर्थिक तथा सामाजिक क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता व्यवहारिक, सीपमूलक तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

११ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप