तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

उदयपुर । तपेश्वरी बचत तथा ऋण सहकारी संस्था लि., बेलका नगरपालिका–पुरन्दह, उदयपुरको आयोजनामा “कृषक व्यवसाय खेल तालिम (Farmer Business Game) तालिम सञ्चालन भएको छ । असोज ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको तालिममा साकोसका २५ जना कृषक सदस्यहरुकोे सहभागिता रहेको थियो । 

कृषि तथा व्यवसायसँग सम्बन्धित व्यावहारिक ज्ञान, सीप र उद्यमशील सोच विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई व्यवसाय छनोट, लगानी तथा लागत व्यवस्थापन, उत्पादन, बजार व्यवस्थापन, आम्दानी–खर्चको हिसाब, जोखिम व्यवस्थापन तथा व्यवसायमा आउने विभिन्न परिस्थितिमा निर्णय लिने लगायतका विषयलाई खेल तथा सिमुलेशन (Simulation) विधिबाट अभ्यास गराइएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र DSIK Germany को प्राविधिक सहयोग रहेको थियो । नेफ्स्कूनका तालिम अधिकृत रवीन्द्र श्रेष्ठ र मुकेश दाहालले तालिमको सहजीकरण  गर्नुभएको थियो ।

कृषक व्यवसाय तालिम मार्फत सहभागीहरूले केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही वास्तविक व्यवसाय सञ्चालन गर्दा आइपर्ने अवसर, चुनौती, जोखिम तथा निर्णय प्रक्रियालाई खेलको माध्यमबाट प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए । विशेषगरी व्यवसायिक योजना बनाउने, उपलब्ध स्रोतको उचित प्रयोग गर्ने, बजारको मागअनुसार निर्णय गर्ने र व्यवसायको नाफा तथा जोखिमबीच सन्तुलन कायम गर्ने विषयमा सहभागीहरूले व्यावहारिक सिकाइ हासिल गरेका थिए ।

तालिमको समापनका क्रममा सहभागीहरूले खेल तथा सिमुलेशनमा आधारित सिकाइ विधि प्रभावकारी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए । यस प्रकारका कार्यक्रमले सहकारीका सदस्यहरूमा उद्यमशीलता विकास गर्नुका साथै कृषि तथा लघु व्यवसायलाई व्यावसायिक रूपमा अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताएका थिए ।  

तापेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरूको आर्थिक तथा सामाजिक क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता व्यवहारिक, सीपमूलक तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ दिन अगाडि

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३५ दिन अगाडि

पाठकबाट थप