धादिङ । सिद्धलेक गाँउपालिका १, बैरेनी, धादिङ स्थित नशिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) अन्तर्गत असोज ०५ गते स्थलगत सुपरिवेक्षण भएको छ ।
नेफ्स्कूनले पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ–संस्थाहरूमा स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्क्यान कार्यक्रम अन्र्तगत प्रोवेसन मार्गनिर्देशिकाको ५० वटा सूचकहरूमा केन्द्रित रही पहिलो स्थलगत सुपरिवेक्षण गरिएको हो ।
सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूको मूल्याङ्कन गरिएको थियो । नीतिगत व्यवस्था अध्यावधिक तथा परिपालना, सदस्यमैत्री सेवाहरू, आवधिक योजना, नियामक निकायद्धरा जारी मापदण्ड तथा निर्देशनहरूको परिपालना, सम्पत्ती दायित्व व्यवस्थापन, पूँजी पर्याप्तता, नविनतम प्रविधिको अबलम्बन, प्रतिस्पर्धी अवस्थाबारे सुक्ष्म अध्ययन गरीएको थियो । त्यसैगरी संस्थामा विद्यमान कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासन, साथै प्रविधिसम्बन्धी जोखिमहरूको समीक्षा गर्दै समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकालद्वारा भएको सुपरिवेक्षणमा संस्थाका अध्यक्ष एवं व्यवस्थापनको सहभागिता रहेको थियो । सुपरिवेक्षण पश्चात् सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरी छलफलका क्रममा प्राप्त सुझावहरू सञ्चालक समितिको बैठकमा पेश गरी यथासम्भव कार्यान्वयन गर्ने संस्थाका अध्यक्ष टंकनाथ शर्मा तिमिल्सिनाले प्रतिबद्धता जनाउनुभएको छ ।
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
५ दिन अगाडि
१२ दिन अगाडि
२३ दिन अगाडि
१५ दिन अगाडि
१५ दिन अगाडि
१३ दिन अगाडि
१५ दिन अगाडि
२२ दिन अगाडि