दाङमा रक्तदान कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङमा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी भन्ने मुल नाराका साथ सम्पन्न हुन गइरहेको ६४ औ राष्ट्रिय सहकारी दिवस दाङ जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी सप्ताहब्यापी रुपमा मनाउन थालिएको छ । जिल्ला सहकारी संघ मुल आयोजक समितति रहने गरी जिल्लामा क्रियाशील सम्पुर्ण विषयगत संघ हरु, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको आयोजनामा विभिन्न कार्यक्रमहरु सम्पन्न हुँदैछन् । यस अन्तर्गत चैत्र १८ गते बुधबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) फिल्ड कार्यालय घोराही दाङ र जिल्ला बचत संघ दाङको संयुक्त आयोजनामा दाङको घोराहीस्थित रक्त सन्चार केन्द्रमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ दाङ को अध्यक्ष रुप बहादुर खत्री को अध्यक्षता एवम् जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा जिल्लामा क्रियाशील विभिन्न सहकारी कर्मी हरु गरी ३५ बढी को उपस्थिति रहेको थियो भने १७ जनाले रक्तदान गर्नु भएको रक्त सन्चार केन्द्र का प्रमुख दिपक न्यौपानेले बताउनु भयो । नेफ्स्कून फिल्ड ब्यबस्थापन उपसमिती सदस्य भरत बहादुर बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नेफ्स्कुन दाङ फिल्ड कार्यालय का इन्चार्ज बेद प्रसाद भट्टराईले गर्नु भएको थियो । 

यसैबीच आजै बिहान जिल्ला कृषि सहकारी संघ को आयोजनामा बिश्वकै अग्लो त्रिशूल रहेको पवित्र धार्मिक स्थल पाण्बेश्वर महादेव मन्दिर धारापानीमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो । करिब ५० जनाको सहभागितामा सम्पन्न कार्यक्रम को सम्योजन जिल्ला कृषि संघ कि अध्यक्ष पद्मा आचार्यले गर्नु भएको थियो । यस अघि १७ गते जिल्ला बहुउद्देश्य सहकारी संघको आयोजनामा जेष्ठ नागरिकहरुलाई खाद्यान्न र फलफुल बितरण गरिएको थियो भने १९ गते राष्ट्रिय सहकारी बैंकको आयोजना मा रनिङ शिल्ड हाजिरिजवाफ प्रतियोगिता को आयोजना गर्दै छ भने अन्तिम दिन चैत्र २० गते जिल्ला सहकारी संघ को आयोजनामा जिल्लाका १० वटै पालिकामा अन्तरक्रिया कार्यक्रम हुने भएका छन । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१४ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप