ज्योतिपुञ्ज साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योतिपुञ्ज साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

काठमाडौं । नयाँ बानेश्वर मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध भएको छ । यस सम्बन्धमा आज नेफ्स्कून केन्द्रीय कार्यालयमा प्रोबेसन कार्यक्रम सम्झौता सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिना, बरिष्ठ अधिकृत भरत न्यौपाने तथा कार्यक्रम अधिकृत कोमलराज अधिकारी सहभागी हुनुहुन्थ्यो भने ज्योतिपुञ्ज साकोसका तर्फबाट अध्यक्ष नवराज कार्की तथा प्रबन्धक रञ्जु कार्की उपस्थित हुनुहुन्थ्यो ।

नेफ्स्कूनले सदस्य संस्थाहरुको गुणस्तर सुनिश्चितताको लागि सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रोबेसनमा सहभागिताले संस्थालाई सबल, दिगो, विश्वसनीय र सदस्य मैत्रीका साथै वित्तीय रुपमा सक्षम बनाउने भन्दै नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत एवम् प्रशासन प्रमुखले ज्योतिपुञ्जलाई यथाशक्य ब्रान्ड दिलाउन लागिपनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । प्रोवेसनमा सहभागितालाई ज्योतिपुञ्जले अवसर र चुनौती दुबैका रुपमा लिएको संस्थाका अध्यक्ष एवम् प्रबन्धकले बताउनुभयो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप