साकोस सञ्जाल सबलीकरणका लागि नेफ्स्कून र लुम्बिनी प्रदेश संघबीच साझेदारी सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस सञ्जाल सबलीकरणका लागि नेफ्स्कून र लुम्बिनी प्रदेश संघबीच साझेदारी सम्झौता 

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुको सबलीकरणका लागि नेफ्स्कून र लुम्बिनी प्रदेश बचत संघ बीच व्यावसायिक साझेदारी कार्यक्रम सम्बन्धमा अर्कौ ऐतिहासिक सम्झौता लुम्बिनीको रुपन्देहीमा सम्पन्न भएको छ । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले आजै साझेदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

बचत ऋण सहकारी अभियानको इमान्दारीता, गुणस्तरीयता र विश्वसनियता बृद्धिका लागि नेफ्स्कून र लुम्बिनी प्रदेश बचत संघबीचको सहकार्य महत्वपूर्ण बन्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिनुभएको छ । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दीपक पनेरु, सञ्चालक सन्दिप सापकोटा र प्रदेश बचत संघको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद नेपाल, उपाध्यक्ष, अन्य पदाधिकारीहरु र सञ्चालक समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले प्रदेश संघलाई संस्थागत रुपमा सञ्चालन गर्न र दीगो विकासका लागि दिपक्षीय साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश राष्ट्रकै नमूना प्रदेश बन्ने विश्वास ब्यक्त गर्दै संघलाई निरन्तर रुपमा साथ र सहयोग पु¥याउने प्रतिवद्धता जनाउनु भयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले आफुहरुले पदभार ग्रहण संगै एकै साथ गरिएको साझेदारी पत्रको हस्ताक्षरबाट उत्साहित बनेको बताउदै चैत्र १९ सहकारी अभियानकर्मीका लागि ऐतिहासिक दिन हुने विश्वास ब्यक्त गर्दै सबै पक्षको साथ र सहयोगबाट लुम्बिनी प्रदेशको सहकारी अभियानलाई सार्थक बनाउने धारणा राख्नु भयो ।  

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले प्रदेश संघ सँगको सहकार्य दीगो हुने विश्वास प्रकट गर्नु भयो । महासचिव दामोदर अधिकारीले श्रोतको संकलन, वितरण प्रणाली र अनुगमन तथा मूल्यांकनको पाटोलाई प्रकावकारी ढंगबाट अगाडि बढाइने धारणा राख्नु भयो । त्यसैगरि  कोषाध्यक्ष दिपक पनेरुले प्रविधिलाई आत्मसाथ गर्दै केन्द्र, प्रदेश र स्थानीय संघबीच एकरुपता निर्माण गर्दै अगाडि बढ्ने कुरामा नेफ्स्कूनले आवश्यक भूमिका खेल्ने धारणा राख्नु भयो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठले गर्नुभएको थियो । हिजो मात्रै नेफ्स्कून र सुदुरपश्चिम प्रदेश बचत संघबीच पनि व्यावसायिक साझेदारी सम्भौता सम्पन्न भएको थियो । 

त्यसैगरि आजै एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश बचत संघका नवनिर्वाचित पदाधिकारीहरुका लागि सपथ ग्रहणको  कार्यक्रम समेत सम्पन्न भएको थियो । गत फागुन २३ गते नेपालगञ्जबाट निर्वाचित समितिले आज राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचनको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता सहित शुरु भएको एक समारोहका बीच सपथ लिएको थियो । सपथ लिनेमा संघका अध्यक्ष नेपाल सहित उपाध्यक्ष मिना सिग्देल, महासचिव ऋषिराम सापकोटा, सचिव बसन्त ढकाल, कोषाध्यक्ष प्रेम गुरुङ्ग, लेखा समिति संयोजक कृष्ण चौहान क्षेत्री, सञ्चालकहरु राजन आचार्य, भोज बहादुर बस्नेत, श्याम कुमार पाण्डे, ज्ञानु पौडेल, लक्ष्मण बेल्बासे, सूर्य कुमारी शाही, रुद्ध प्रसाद श्रेष्ठ, निर्मला अधिकारी लगायत हुनुहुन्थ्यो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप