बखान सहकारीः सानो ब्यालेन्स सीट, ठूलो इतिहास
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बखान सहकारीः सानो ब्यालेन्स सीट, ठूलो इतिहास

मुलुकको जेठो सहकारीको इतिहास बोकेको चितवनको शारदानगरस्थित बखान बहुउद्देश्यीय सहकारी संस्था लि.यतिखेर पखाईहरुको व्यग्रतामा छ । २०१३ साल चैत २० गते स्वर्गीय बखानसिंह गुरुङको अगुवाईमा चितवनको तत्कालीन बखानपुरस्थित बखानटोलमा स्थापित बखान सहकारी खासमा परिवर्तनको पखाईमा छ ।

संस्थाका सल्लाहकार एवम् बखानसिंहका नाति चन्द्रध्वज गुरुङ भन्नुहुन्छ, ‘बखान सहकारी भिजनको पर्खाइमा छ, युवाहरुको जोश र उत्साहको पखाई छ, नियामक निकाय, अभियान र शुभेच्छुकहरुको साथको पखाई छ अनि संस्थागत विकासको योजना र कार्यदिशाको पखाईमा छ ।’ ६४ वर्षको लामो इतिहास र सहकारी क्षेत्रको जगस्थापनाको भूमिका भएपनि संस्थागत वृद्धि र विकास, सदस्य सहभागिता, नवीन कार्यक्रमहरु, सेवा विविधता, तालिम, शिक्षा र प्रविधि आदि कुरामा बखान परिवर्तनको पर्खाइमा भएको वर्तमान एवम् पूर्व सञ्चालक तथा कर्मचारीहरु स्वीकार्नुहुन्छ ।

हुनपनि बखान सहकारी देशभरका करिब ३० हजार सहकारीहरुको अभिभावक संस्था हो । बखान सहकारीको पूर्व सञ्चालक सदस्य, संस्थापक सञ्चालक कृष्णमान गुरुङको परिवारकी सदस्य एवम् राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समिति सदस्य तारा गुरुङ भन्नुहुन्छ, ‘इतिहास जोगाउने कर्म र धर्म सबैको हो । सम्भावना प्रचुर हुँदाहुँदै पनि कतिपय कामहरु लयबद्ध गर्न सकिएको छैन ।’ जेठो भएर मात्र हुँदो रहेनछ, भिजन चाहिन्छ, प्राविधिक ज्ञान चाहिन्छ, अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्धहरु चाहिन्छ, सहकारी सम्भावनाहरु प्रचुर हुँदै गएको अवस्थामा बखान भने धानिने अवस्थामा मात्र रहेको चन्द्रध्वज स्वीकार्नुहुन्छ, ‘इतिहास जोगाउने काम मात्र भएको छ, फड्को मार्ने काम भएको छैन ।’ 

२०६३ तिर बहुउद्देश्यीय भएको सहकारीमा २०६६ सालमा पुगनपुग २ सय सदस्य थिए भने त्यसको एक दशक बितिसक्दा कुल सदस्य संख्या ७ सय ५० पगुेको छ । बखानसिंहलाई नेपाली सहकारीका अगुवा, जन्मदाता, प्रणेता र संस्थापक जस्ता विभिन्न विशेषण प्रयुक्त गरिन्छ । वास्तवमा उहाँको पहलमा सहकारिताको औपचारिक अभ्यास सुरु भएको मानिन्छ । तर उनै बखानसिंहले बिजारोपण गरेको संस्था आज ग्रोथको पखाईमा छ । ६० जना सेयर सदस्यहरुले प्रतिव्यक्ति १० रुपैयाँको सेयर रकम खरिद गरी कुल ६ सय पुँजीबाट बखानको सहकारी यात्रारम्भ भएको थियो । 

संस्थागत हिसाबमा बखान सहकारीको ग्रोथले पक्कै खुसी दिदैन । सदस्य, सेयर पुँजी, बचत तथा सेवा आदि सबैमा संस्थाले गर्नुपर्ने धेरै छ । ४९ लाख शेयर पुँजी रहेको संस्थाको ऋण लगानी पुगनपुग २ लाख छ । बखानले लाभभन्दा सेवालाई बढी प्राथमिकता दिएको तारा गुरुङ दाबी गर्नुहुन्छ । ‘चाहने हो भने ब्यालेन्स सीट बढाउन समय लाग्दैन,’ गुरुङले भन्नुभयो, ‘तर अहिलेको अर्जुनदृष्टि भनेको संग्रहालय निर्माणलाई पूरा गर्ने हो । यसका लागि सबैको साथ र सहयोग आवश्यक छ ।’

पछिल्लो समयमा बखान सहकारीले सरकारको पहलमा साढे ९ करोडमा बखान संग्रहालय निर्माणको परियोजना अघि बढाएको छ । ५ करोड खर्च भइसक्यो बाँकी बजेट निकासा नभएकाले काम रोकिएको छ । तारा गुरुङले अब सबैको पहलमा तयार भएको संरचनालाई फिनिसिङ गर्नुपर्ने हुन्छ, त्यसको लागि म पनि काठमाडौं पुगेर सबै पहल अघि बढाउँछु ।’ ४ बिघा क्षेत्रफलमा भवन, संग्रहालय लगायतका अचल सम्पति भएको बखानमा तरल पुँजी नभएको तारा गुरुङ स्वीकार्नुहुन्छ । चन्द्रध्वज भन्नुहुन्छ, ‘भिजन भएको टीमको आवश्यकता महसुस हामीले पनि गरेका छौं,’ उहाँले भन्नुभयो,’ जसले संस्थालाई आवश्यक ग्रोथ र अन्य कामहरु गर्न सहयोग पुर्याउनेछ ।’

बखानको अहिलेको काम भनेको मल बिक्री गर्ने, तोरीको तेल प्रशोधन गरेर बिक्री गर्ने र एकदमै न्यून ऋण सेवा प्रदान गर्नेमा सीमित छ । अहिले तोरीको भाउ बढेकोले २ सय ९० रुपैयाँ प्रति लिटरका दरले शुद्ध तोरीको तेल बिक्री गर्दै आएको छ । त्यसैगरी मल र सिजन अनुसार बीउ बिक्री गर्दै आएको संस्थाकी व्यवस्थापक सीमा गुरुङले बताउनुभयो । यसबीच कोभिड र लकडाउनले पनि बखानको काममा गत्यावरोध गर्यो, तर पनि सबैको साथ र सहयोगले चाँडै संग्रहालय निर्माणलाई पूर्णता दिने अभियानमा जुटेको तारा गुरुङले बताउनुभयो ।

चन्द्रध्वज र तारा गुरुङले भने झै बखान सहकारी सम्पूर्ण सहकारीकर्मीहरुको लागि तिर्थस्थल हो, मन्दिर हो, यसको संरक्षण र प्रवर्धन गर्ने जिम्मा सबै सहकारीप्रेमीहरुको हो । सानो कारोबार तर बिशाल इतिहासको संरक्षण आजको आवश्यकता बनेको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको महाभियानमा समग्र अभियान जुटिरहँदा बखानसिंह र उहाँको योगदानसहितको बखान सहकारीको संरक्षण र सम्वद्र्धनमा सरोकारवालाहरुको ध्यान जानु पक्कै बाञ्छनीय देखिन्छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप