अनाथ बालकहरूलाई हाम्रो जनकल्याणको सहयोग 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अनाथ बालकहरूलाई हाम्रो जनकल्याणको सहयोग 

दोलखा । ६४औं राष्ट्रिय सहकारी दिवसका अवसरमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले भीमेश्वर नगरपालिका ६ रामकोट स्थित आमाको माया छात्रावासमा रहेका १४ जना अनाथ बालकहरूलाई सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत आज परोपकारको काम गरेको छ । 

मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ देशव्यापी रुपमा राष्ट्रिय सहकारी दिवस मनाउने तयारी गरिरहँदा हाम्रो जनकल्याण साकोसले भुकम्पका बेला आमा बाबु गुमाएर बेसहारा बनेका अनाथ बालकहरु रहेको आमाको माया छात्रावासका लागि पिउने पानी व्यवस्थापनका लागि वाटर डिस्पेन्सर, पानी पिउने बोटल, चामल, दाल, चिनी, खानेतेल गरी ११ हजार बराबरको जिन्सी सहयोग वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले बताउनुभयो । 

जिल्ला सहकारी संघ दोलखा सँगको सहकार्यमा भएको सहयोग वितरण कार्यक्रम संस्थाका उपाध्यक्ष कमल प्रसाद चौलागाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक जिवसराज खडका, जिल्ला सहकारी संघका दोलखाका अध्यक्ष हेमन्त चौलागाई, नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले लगायत जिल्ला सहकारी संघ, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका पदाधिकारी, संस्थाका सञ्चालक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी ६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ दोलखा र जनहित सहकारी संस्थाले गौरीशंकर बालगृहका अनाथ बालकहरुका लागि खाद्यान्न तथा स्टेशनरी, प्रगति साकोसले श्री भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा सरसफाईका सामग्री तथा स्टेशनरी र आवाज नेपाल दोलखाका लागि तीन वटा खाट परोपकार महिला साकोस तथा सारथी साकोसले संयुक्त रुपमा वितरण गरेको थियो । परोपकारी कार्यको जिल्ला सहकारी संघ दोलखा तथा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले अगुवाई गरेको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप