सुदुरपश्चिमको कैलालीमा स्थिरीकरण कोष अभिमुखीकरण तथा सञ्जाल सुदृढीकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदुरपश्चिमको कैलालीमा स्थिरीकरण कोष अभिमुखीकरण तथा सञ्जाल सुदृढीकरण कार्यक्रम सम्पन्न 

कञ्चनपुर । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष अभिमुखीकरण तथा सञ्जाल सुदृढीकरण सम्बन्धी कार्यक्रम सुदुरपश्चिम प्रदेश–कैलालीको धनगढीमा हिजो सम्पन्न भएको छ । नेफ्स्कूनको आयोजनामा सञ्चालित कार्यक्रममा सुदुरपश्चिम प्रदेशका नौ जिल्लाः कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी र दार्चुला जिल्लाबाट गरी १ सय ६० जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख व्यक्तित्व राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् नेफ्स्कूनका पूर्व सञ्चालक तारा लामा तामाङ हुनुहुन्थ्यो । त्यसैगरी सहकारी विज्ञ डा. गोविन्दराज जोशी, नेफ्स्कून पदाधिकारीहरु क्रमशः चन्द्रप्रसाद ढकाल, दामोदर अधिकारी, दीपक पनेरु, कञ्चनपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु क्रमशः प्रेमलाल गौतम, भवानी चन्द्र, भूपेन्द्र थापा, सुरज वोगटी, जगदीश भट्ट, बद्री भट्टराई उपस्थित हुनुहुन्थ्यो । 

प्रमुख अतिथि एवम् महासंघका सञ्चालक तारा लामा तामाङले बचत तथा ऋण सहकारी संस्था आफैंमा संवेदनशील क्षेत्र हुँदा यसको सञ्चालन प्रभावकारिता र सुशासनमा विशेष ध्यान दिनुपर्ने बताउँदै बचत तथा ऋण सहकारी अभियानमा नेफ्स्कूने अगाडि सारेका कार्यक्रम प्रभावकारी रहेको चर्चा गर्नुभयो । उहाँले सुदुरपश्चिमका सहकारी प्रवर्द्धन र विकासमा नेफ्स्कूनले ल्याएका कार्यक्रमहरु उत्कृष्ट रहेको विचार व्यक्त गर्दै जुनसुकै बेला पनि जोखिममा पर्न सक्ने बचत ऋण सहकारीको संरक्षणका लागि स्थिरीकरण कोष आवद्धता अनिवार्य रहने सन्दर्भमा चर्चा गर्नुभयो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्थिरीकरण कोष बचत तथा ऋण सहकारी अभियानको जगेडा कोषको रुपमा विकास भइरहेको जानकारी गराउँदै कोष सञ्चालनको पूर्णताका लागि अभियानको ऐक्यवद्धता आवश्यक रहेको औल्याउनुभयो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप