ऐन कार्यान्वयनमा सम्झौता हुँदैन: नेफ्स्कून अध्यक्ष पौड्याल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऐन कार्यान्वयनमा सम्झौता हुँदैन: नेफ्स्कून अध्यक्ष पौड्याल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी ऐन कार्यान्वयनमा सम्झौता हुन नसक्ने स्पष्ट पार्नुभयो । जिल्ला सहकारी सङ्घ काठमाडौँ र शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित ‘सहकारीमा समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले ‘पर्ख र हेर’ मा विभाग बस्न नमिल्ने भन्दै ऐन कार्यान्वयन गर्न विभाग कडाइका साथ लाग्नुपर्ने बताउनुभयो । ‘३०/ ७० प्रतिशत कारोबार र कार्यकारीको व्यवस्था कार्यान्वयन हुनैपर्छ’ उहाँले भन्नुभयो । भुक्तानी फर्छ्यौट समस्या समाधान गर्न राष्ट्र बैङ्कले सहकारीलाई समावेश गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्र बैंकले सहकारीलाई नचिन्ने भएकाले राष्ट्र बैंक ऐन संशोधन हुनुपर्ने तर्क अध्यक्ष पौड्यााले गर्नुभयो । तीन खम्बे अर्थनीति कार्यान्वयन चुनौती रहेको भन्दै कार्यान्वयन गर्न सबै जुट्नुपर्ने उहाँले बताउनुभयो । ‘ऐन कार्यान्वयन समस्या छ’ उहाँले भन्नुभयो,  ‘विभागले ऐन कार्यान्वयन गराउन कुनै कन्जुस्याई गर्न हुन्न ।’ नियमन गर्न सहकारी विभागको सामर्थ्र्य कम भएको भन्दै क्षमता बढाउनुपर्ने उहाँको भनाई थियो ।

कोभिडको समयमा बैंक र नेफ्स्कूनले १÷१ अर्बको कोष बनाएपनि सहकारीहरुबाट माग नआएको बताउँदै अध्यक्ष पौड्यालले भन्नुभयो, ‘हाम्रो नेटवर्कभित्र भएका सहकारीको उत्तरदायित्व हामी लिन्छौं । साकोसको शुद्धिकरणका लागि साकोस ऐन आउनुपर्ने उहाँले दोहोर्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कडेलले सहकारी ऐन २०७४ कार्यान्वयन गर्न समस्या भएको बताउनुभयो । उहाँले तत्काल ऐन संशोधन नभए कार्यान्वयन गर्न नसकिने बताउनुभयो । अध्यक्ष कडेलले सहकारीलाई उत्पादनसँग नजोडी सुखै नभएकोमा जोड दिनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप