प्रबल जनसेवा पदकबाट २ सहकारीकर्मी विभूषित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रबल जनसेवा पदकबाट २ सहकारीकर्मी विभूषित

काठमाडौं । नेपाल सरकारले २०७६ साल असोज ३ गते संविधान दिवको अवसरमा घोषणा गरेको विभूषण (मानपदवी, अलंकार र पदक) मध्ये प्रबल जनसेवा श्री (चतुर्थ ) बाट सहकारी क्षेत्रका दुई व्यक्ति र सहकारी मन्त्रालयको तर्फबाट एक व्यक्ति विभुषित हुनुभएको छ । आज (२०७७/१२/२७) राष्ट्रपति भवनमा आयोजित बिभुषण सुशोभन समारोहबाट राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल र कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक प्रबल जनसेवा श्री (चतुर्थ ) बाट विभुषित हुनुभएको हो भने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव चन्द्रकला पौडेल सहकारी मन्त्रालय मातहत रहेर उत्कृष्ठ कार्य गरेकोमा जनसेवा पदकबाट विभूषित हुनुभएको हो । सहकारी अभियानको प्रवद्र्धन र विकासमा खेलेको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरप प्रवल जनसेवाश्री चर्तुर्थ श्रेणीद्वारा उहाँहरुलाई विभुषित गरिएको हो ।

सरकारले २०६७ भदौ ३१ गतेको निर्णयबाट ४ सय ५० जनालाई विभूषण प्रदान गर्ने सूचना सार्वजनिक गरेको भएपनि सोही बर्ष बिभुषण सुशोभन समारोह हुन नसकेको कारण देखाउँदै चैत्र २७ गते राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित सुशोभन समारोहका लागि सूचना जारी गरेको थियो । 

त्यसैगरी २०७७ असोज २ गते पाँचौ संविधान दिवसको अवसरमा सहकारी क्षेत्रसम्बद्ध ४ जनालाई जनसेवा पदकबाट विभूषि गर्ने घोषणा गरेको थियो । सरकारले २०७७ असोज २ गते घोषित विभूषण (नयाँ बषर्) २०७८ साल बैशाख १ गते बुधबार विहान १० बजेदेखि प्रदान गरिने सूचना सार्वजनिक गरेको छ । आगामी बैशाख १ गते विभूषित हुने सहकारीकर्मीहरुमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनक राज जोशी, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग र सहारा नेपाल साकोसका सचिव एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक महेन्द्र गिरी हुनुहुन्छ । सरकारले यस बर्ष ५ सय ९३ जनालाई विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान गर्ने घोषणा गरेको सूचना २०७७ असोज २ गते राजपत्रमा प्रकाशन गरेको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप