सामुदायिक साकोसको ११ औं सेवा केन्द्र धुलिखेलमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र धुलिखेलमा

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको पनौती ४ मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले धुलिखेल सेवाकेन्द्र शुभारम्भ गरेको छ । काभ्रेपलाञ्चोक र काठमाडौ उपत्यकाका ३ जिल्ला (काठमाडौ, भक्तपुर र ललितपुर) गरी ४ जिल्ला कार्यक्षेत्र रहेको २९००० सेयर सदस्य आबद्ध सामुदायिक साकोसले ११ औ सेवा केन्द्र जिल्ला सदरमुकाम धुलिखेलमा सञ्चालनमा ल्याएको हो । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्यञ्जुको प्रमुख आतित्थ्यता तथा संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा हिजो आयोजित कार्यक्रमकाबीच सेवा केन्द्रको औपचारिक उद्घाटन भएको हो ।

कार्यक्रमममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव एवम् नेफ्स्कूनका सञ्चालक जिवसराज खड्का, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष रामहरी के.सी., धुलिखेल न.पा. वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघका प्रदेश परिषद् सदस्य लक्ष्मण तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, सचिव कपिल कोइराला, सहसचिव सरोज अधिकारी लगायतकाहरुको उपस्थिति थियो । 

मुख्य कार्यालय पनौती ४, टौखालमा रहेको सामुदायिक साकोस २०५१ सालदेखि निरन्तर सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर परिवर्तनका लागि सुरक्षित, दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त संस्था हो । संस्थाले प्रदान गर्ने वित्तीय तथा गैर वित्तयि सेवाप्रति सदस्य र कार्यक्षेत्र भित्रका आम जनसमुदायको “सवल र सुरक्षित संस्था” भन्ने विस्वास तथा भरोसालाई उजागर गर्दे वित्तीय सक्षमता, सदस्यहरुको सन्तुष्टी, सुशासनको प्रत्याभूतिका साथ समुदायको आय र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुका माध्यमबाट समुदायमा गरेको योगदानको कदरस्वरुप विभिन्न समयमा उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत हुँदै आएको यस संस्थाले स्थानीय स्तरमा नै सहज र सरल रुपमा सदस्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सेवाकेन्द्रहरु विस्तार गर्ने क्रममा धुलिखेलमा पनि सेवाकेन्द्र स्थापना गरि सुरुवात गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अशोक कुमार ब्याञ्जुले सेवाकेन्द्रको पूर्ण सफलताको कामना सहित तीन खम्वे अर्थनीतिमा सहकारीको भुमिका, छरिएर रहेका पूँजी एकीकृत गरि समाज र राष्ट्र निर्माणका लागि आवश्यक पूँजि निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको धारणा राख्नुहुँदै गाउँदेखि सहर र सहर देखि गाउँ सम्म सहकारी अभियानलाई सफल रुपमा सञ्चालन गर्नुपर्ने, अब ग्रामिण सहकारीको अवधारणा अघि सानुृपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का महासचिव जीवसराज खड्काले संमृद्ध सदस्य निर्माणमा नीति विधि र प्रविधिको प्रयोगका साथ सामुदायिकले गरेको कार्यको प्रशंसा गर्दै सेवाकेन्द्रको पूर्ण सफलताको कामना गर्नुभएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिलिप शर्माले संस्थाले सदस्यता आवद्धता तथा वित्तिय लक्ष्य हासिल गर्ने शुभकामना ब्यक्त गर्नु भएको थियो भने संस्थाका पूर्व अध्यक्ष एवं परामर्शदाता दिपक थापाले नविनतम प्रविधि एकिकरण लगायतका विषयमा प्रकाश पार्दै एकिकरणका जटिलताका सम्वन्धमा समेत चर्चा गर्दै अबका दिनमा सहकारीले हरेक हिसावमा ठूलो हुँदै अन्तरविरोध अन्त्य गर्दै उन्नत प्रविधिलाई आत्मसात् गरी सदस्य सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले नव वर्षको शुभकामना सहित स्वागत मन्तब्य राख्नुभएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्था २७ औं वर्षमा लिरहेको जानकारी गराउँदै स्थापना देखि बर्तमान सम्मको अवस्था चर्र्चा गर्दै  सहकारी एकीकरण लगायत संस्थागत संरचना र संस्थाका बस्तु तथा सेवाको वारेमा जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रिरानाथ तिमल्सिनाले ११ औं सेवाकेन्द्र शुरुवात सँगै १११ सेवाकेन्द्र विस्तारको शुभकामना दिनुहुँदै संस्थाको सफलताको कामना सहितको मन्तब्य राख्नुभएको थियो भने धुलिखेल नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बिनोद पराजुलिले  नेपालको सहकारी अभियान र सुरुवातको चर्चा गर्नुहुँदै एकजुट भएर सहकारीको प्रवद्र्धन गर्दै सहकारीको अभियान सफल पार्नुपर्नेमा जोड दिनुहुँदै पर्यटन तथा कृषिको प्रवर्धनमा सहकारी लाग्नु पर्ने  मन्तब्य राख्नु भएको थियो । 

काभे्र बार एशोसिएसनका अध्यक्ष देवकुमार मोक्तानले सहकारी संस्थाहरु राष्ट्रिय अन्तर्राष्ट्रिय सिद्धान्त र सहकारी ऐनको पूर्णपालना गर्दे सामाजिक न्यायका साथ आर्थिक सामाजिक क्षेत्रमा कार्य गर्नुपर्ने भई राख्दै सफलताको कामना सहितको मन्तब्य राख्नु भएको थियो । अन्त्यमा सभाध्यक्ष तथा संस्थाका अध्यक्ष प्रकाश बन्जाराले संस्थाको कार्यक्रमहरु भावी कार्यदिशा माथि प्रकाश पार्नुहुँदै सहकारी एकीकरणलाई सशक्क्त रुपमा लैजाने र प्रविधिमैत्री सेवामा जोड दिँदै सुरक्षित र सवल रुपमा सदस्य सेवामा समर्पित र्भै आर्थिक सामाजिक समृद्धिको अभियानमा संस्थालाई अग्रणी रुपमा लैजाने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका तर्फवाट संचालक सदस्यहरु जमुना सापकोटा, मुकुन्द प्रसाद अर्याल, कृष्ण थापा र लेखा सुपरिवेक्षण समिति सदस्य मिना श्रेष्ठ, विभागीय प्रमुखहरु, सेवाकेन्द्र प्रमुखहरु लगायतका कर्मचारीहरु सहित ८६ जनाको सहभागिता थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप