सन् २०२१ को अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम Rebuild Better Together
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सन् २०२१ को अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम Rebuild Better Together

एजेन्सी । विश्व सहकारी अभियानको सबैभन्दा महत्वपूर्ण दिन अन्तर्राष्ट्रिय सहकारी दिवसको यस वर्षको थिम ‘Rebuild Better Together' (रिबिल्डि बेटर टुगेदर) तय गरिएको छ । विश्व सहकारी अभियानको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् २०२१ को अन्तर्राष्ट्रिय सहकारी दिवस (कोपप्स् डे) को थिम तय भएको जनाएको हो । विश्वभर प्रत्येक जुलाई महिनाको पहिलो शनिवार मनाईने कोपप्स् डे को यस वर्षको थिम ‘रिबिल्डि बेटर टुगेदर’ (एकजुट भई राम्रो पुननिर्माणमा जुटौं) तय गरिएको हो । नेपाली क्यालेन्डर अनुसार यो वर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस असार १९ गते (जुलाई ३, २०२१) मा परेको छ भने गत वर्ष असार १९ (४ जुलाई, २०२०) मा परेको थियो । गत वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम  ‘Coops For Climate Action' जलवायु कार्यका लागि सहकारी’ तय गरिएको थियो ।

विश्व सहकारी अभियानले सन् १९२३ देखि कोपप्स् डे मनाउँदै आएको छ भने सन् १९९५ देखि अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आइसीए डे को थिम तय गर्दै आएका छन् । यसरी हेर्दा यो वर्ष ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस हो । सन् १९९२ मा आइसीए सदस्यहरु र सहकारी प्रवर्धन तथा विकास समिति (कोप्याक) सदस्यहरुको संयुक्त पहलका कारण संयुक्त राष्ट्र संघीय महासभाले सन् १९९५ को जुलाई महिनाको प्रथम शनिवारलाई आइसीए स्थापनाको १ सय वर्ष पूरा भएको दिनलाई अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

विश्वभरका सहकारीहरुले विश्वव्याधी कोभिड १९ को एकजुट भएर कसरी सामना गरिरहेका छन् भन्ने विषयमा आफ्नो गतिविधिहरु केन्द्रित गर्ने अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले जनाएको छ । आइसीएका अध्यक्ष एरियल ग्वार्कोले विश्वभरका सहकारी र आइसीएका रणनीतिक साझेदारहरुलाई कोपप्स डे को तयारीका लागि आग्रह गर्दै सहकारीहरुले कसरी ऐकताबद्ध भएर पुनर्निर्माण गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभएको छ । आइसीले यस वर्षको कोपप्स डे सम्बन्धी लोगो, मुख्य सन्देश तथा डिजिटल सामाग्रीहरु चाँडै उपलब्ध हुने जनाएको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप