बुटवलको नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुटवलको नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आबद्ध

बुटवल । रुपन्देहीको बुटवल १५ स्थित नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आबद्ध भएको छ । सञ्चालक र सदस्यहरु महिला मात्रै रहेको उक्त संस्था नेफ्स्कूनले एशियाली ऋण महासंघ (आकू) को समन्वयमा सञ्चालन गरेको साकोसको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको स्तरीकरण कार्यक्रममा आबद्ध भएको हो । उक्त सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको हो ।

आज आयोजित एक्सेस् सम्झौता कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य सन्दिप सापकोटा, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक कृष्ण प्रसाद नेपाल, व्यवसाय प्रमुख राधा कुमारी पोखरेल तथा साकोसका तर्फबाट जमूना उपाध्याय, तारा काफ्ले, लक्ष्मी रेग्मी शर्मा, मञ्जु गोदार र सुशीला शर्माको रोहवरमा संस्थाको तर्फबाट अध्यक्ष थमा कुमारी अधिकारी र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले हस्ताक्षर गर्नुभएको थियो । 

२०६३ सालमा स्थापित उक्त संस्थाको हाल बुटवल उपमहानगरपालिकाको वडा नं १२, १४, १५ र १६ र शुद्धोदन गाउँपालिकाको वडा नं १ र २ बाहेकका स्थान कार्यक्षेत्र रहेको छ । संस्थामा हाल ३४१० सदस्य छन् भने २ करोड २१ लाख ३३ हजार सेयर पुँजी, १९ करोड बढी बचत, १७ करोड बढी ऋण लगानी र १ करोड १९ लाख बढी जगेडा कोष रहेको छ । २४ करोड ३२ लाख बढीको सम्पत्ति रहेको नमुना महिला विकास साकोसमा हाल १३ सदस्यीय सञ्चालक र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति र ८ जना कर्मचारी कार्यरत रहेको नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी गराउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप