भक्तपुर जिल्ला बचत संघको १७ औं स्थापना दिवस सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको १७ औं स्थापना दिवस सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले १७ औं स्थापना दिवस “प्रदेश सहकारी नियमावली २०७६ तथा मापदण्ड २०७७” विषयक अभौतिक अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले शुभकामना मन्तव्य राख्दै हालको विषम परिस्थितिमा जीवन रक्षालाई प्राथमिकता साथ अगाडि बढाउन सम्पूर्ण सहकारीकर्मीहरु अनुरोध गर्नुभयो । उहाँले संघिय ऐन र नियमावलीमा कति दफा अव्यावहारिक वा सहकारी मैत्री नभएकोले ती बुँदाहरु संशोधनका लागि पहल गर्ने बताउनुभयो ।

विशेष अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्यालले हालको विषम परिस्थितिसँग सामना शक्ति विकास गर्न सञ्जाल व्यवस्थापनलाई जोड दिई सेयर्ड पुल नेटवर्कको अवधारण विकास गर्नुपर्ने विचार राख्नुभयो । उहाँले नवीनतम् इन्टिग्रेटेड प्रविधिबाट मात्र सहकारी दिगो हुने विचार राख्दै सहकारी प्रविधिमैत्री हुनु पर्नेमा जोड दिनुभयो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले शुभकामना मन्तव्य राख्दै संघिय र प्रदेश सहकारी ऐन कानुनमा बाँझिएका बुँदाहरु संशोधनका लागि पहल गर्ने विचार राख्नुभयो ।

संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुको सभापतित्वमा भएको सो कार्यक्रममा उहाँले प्रदेश नियमावलीको प्रस्तुतीकरण गर्दै संघिय नियमावली र प्रदेश नियमावलीको फरक बुदाँहरुको चर्चा गर्नु भयो । यसरी बाँझिएका र अव्यावहारिक कानुनहरुको सुधारका लागि ध्यानाकर्षण गर्दे आएको कुरा बताउनु भयो । उहाँले सहकारी मर्यादित व्यवसाय हुदाँ हुर्दै पनि अमार्यदित गतिविधले प्रशय पाएकोमा चिन्ता व्यक्त गर्दै अमर्यादित ढंगबाट संचालित सहकारी संस्थाहरुलाई मर्यादित बनाउन ऐन बमोजिम कारवाही गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

जिल्ला सहकारी संघका उपाध्यक्ष कुष्ण बहादर घजुले संघ स्थापना दिवसको चर्चा गर्दे सहकारीले सदस्य र सम्भाव्य सदस्यलाई शिक्षा तथा तालिम दिई सहकारी अभियानलाई शुद्धिकरण गर्न संघले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले विषम परिस्थितिमा पनि समय सुहाँउदो कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै देशमा संघियता लागू भएसंगै सहकारीमा ऐन कानुनहरु बन्नु स्वाभाविक भएपनि एकरुपता नहुदाँ जटिलता थपिएको विचार व्यक्त गर्नु भयो । उहहाँले सदस्यलाई ऋण मात्र दिने होइन व्यवसाय गर्न पनि सिकाउनुपर्ने दायित्व रहेकोले ऐनमा रहेको विशिष्टिकृत संघका व्यवस्थालाई कार्यान्वयमा ल्याउनुपर्ने विचार व्यक्त गनुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिर्दै सहकारी ऐन कानुन र मापदण्ड बन्ने तर त्यसको कार्यान्वयनको अनुगमन नहुदाँ कानुन किताबमात्र सिमित हुने भएकोले अनुगमन गरी कार्वाहीसमेत गर्नुपर्र्ने विचार राख्नु भयो । कार्यक्रममा धनुषा जिल्ला बचत संघका अध्यक्ष धु्रवनारायण यादव र मकवानपुर बचत संघका अध्यक्ष कल्पना श्रेष्ठले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । सदस्य संस्थाहरुसंग अन्तरक्रिया सहित सम्पन्न सो कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गर्नु भएको थियो । संघ व्यवस्थापक बालकृष्ण धोजुले संघको परिचय र प्रदेश सरकारले जारी मापदण्डको प्रस्तुतीकरण गर्नुभएको थियो । संघका सदस्य संस्थाहरुबाट प्रत्यक्ष रुपमा ९३ जनाको सहभागिता रहेको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप