सुरक्षित रहन कार्यालय समय संकूचन सँगै सीमित कर्मचारी प्रयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुरक्षित रहन कार्यालय समय संकूचन सँगै सीमित कर्मचारी प्रयोग

काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि काठमाडौं उपत्यका सहित विभिन्न जिल्लाहरुमा पनि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन सहित समयावधि थप गरिएको छ । आजै उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि थप गरेको छ भने हिजो मात्रै गण्डकी प्रदेशले वैशाख १५ गतेबाट जारी गरेको आंशिक निषेधाज्ञाको समयावधि आजबाट ३१ गते सम्मका लागि थप कडाइका साथ लागु गरेको छ । सरकारले अत्यावश्यक सेवा बाहेक सर्वसाधरणलाई घरबाहिर ननिस्कन अपिल गरेको छ भने बैंक वित्तीय संस्थाहरुको सेवालाई पनि निश्चित समयसीमाभित्र थोरै कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न भनेको छ । 

सदस्यहरुको सुख दुखको सारथी रहेको सहकारी क्षेत्र पनि दोस्रो चरणको कोभिड प्रभावबाट अछुतो छैन । देशव्यापी रुपमा बढ्दो कोभिड संक्रमण जोखिमलाई ध्यानमा राखेर सहकारी संघ संस्थाहरुले आफ्नो सेवालाई संकुचन गर्दै लगिरहेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले पनि न्यूनतम कर्मचारी मार्फत निश्चित समयावधि तोकेर सम्पर्क व्यक्तिका आधारमा सेवा सुचारु गर्ने जनाएको छ । त्यसैगरी जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संघ संस्थाहरुले पनि सीमित कर्मचारी, निश्चित समयावधि, सेवाका लागि तोकिएको सम्पर्क व्यक्ति र उपलब्ध भएसम्मको प्रविधिलाई प्रयोग गर्दै सेवा लिन सदस्यहरुलाई आब्हान समेत गरेका छन । 

नेफ्स्कूनका सञ्चालक सदस्य एवम् पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमला देवी गिरीले कोभिड भाइरस संक्रमण जोखिम बढेसँगै जिल्लामा सहकारीको सेवा सञ्चालन पनि प्रभावित बन्दै गइरहेको बताउनुभयो । दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको र जिल्ला प्रशासन कार्यालयले पनि सचेत रहन र अत्यावश्यक काममा मात्र बाहिर निस्कन सूचना जारी गरेसँगै सहकारी संघ संस्थाहरुले कार्यालय समय छोट्याएका छन् । उहाँले भन्नुभयो, एक संस्थामा बढीमा ३ जनासम्म मात्र कर्मचारी राखेर अथवा अत्यावश्यक कामका लागि सम्पर्क कर्मचारी तोकेर सेवा दिन सुरु गरिएको र उपलब्ध भएसम्म प्रविधि प्रयोगलाई जोड दिएका सहकारी संघ संस्थाका सदस्यहरुले मोवाइल बैंकिङ सेवाको उपयोगलाई बढाउन आब्हान गरिएको छ । अहिले जिल्लाका सबैजसो सहकारी संघ संस्थाहरुले सुरक्षित सेवा प्रवाहमा ध्यान दिएका छन् भने सदस्यहरु पनि कोभिड जोखिम प्रति सचेत भएको पाइएको छ ।  

जिल्ला सहकारी संघ लि. कास्की ले पनि विहान ११ बजेदेखि १ बजेसम्म मात्रै अत्यावश्यक सेवाका लागि मात्र कार्यालय खुला गर्न, सुरक्षा गार्ड सहित बढीमा ३ जनामात्र कर्मचारीबाट सेवा सञ्चालन गर्न र स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्न सदस्य संस्थाहरुलाई अपिल गरेको छ । 

पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले विहान ११ बजेदेखि दिउसो १ बजेसम्म कार्यालय समय तोकि सम्पर्क कर्मचारीबाट सेवा प्रवाह गरिने जनाएको छ भने संस्थाको एटिएम सेवा र मोवाइल बैंकिङ सेवा २४ घण्टा खुला रहने जानकारी सहित प्रविधि सेवा प्रयोगमा जोड दिन सदस्यहरुलाई सुचना जारी गरेको छ । 

पोखरास्थित आस्था बचत तथा ऋण सहकारी संस्था लि. ले पनि सेवा संकूचन सम्बन्धी सूचना जारी गर्दै तोकिएको समयभित्र स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षित तवरले सेवा लिनुहुन सदस्यहरुलाई अपिल गरेको छ । 

पोखरा महानगरपालिका २६ स्थित लेखनाथ बचत तथा ऋण सहकारी संस्था लि.ले पनि सदस्यहरुलाई विहान ११ बजेदेखि १ बजेसम्म कार्यालय खुला रहने र पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै सेवाका लागि सदस्यहरुमाझ अनुरोध गरेको छ । 
संस्थाका व्यवस्थापक गोविन्द लामिछानेले भन्नुभयो, कार्यालयमा सीमित कर्मचारी उपस्थिति गराएर, कर्मचारी र सदस्यहरुलाई स्वाथ्य मापदण्ड पालन गर्न लगाएर र अत्यावश्यक सेवाका लागि सम्पर्क व्यक्ति तोकेर सेवाको निरन्तरतामा ध्यान दिएका छौं । 
त्यसैगरी पोखर महानगरपालिका भन्दा करिव ८ कि.मी उत्तर पर्ने पुरुनचौरस्थित जनसेवा साकोसले पनि महामारीको समयमा आफ्ना सदस्यहरुलार्ई दैनिक ४ घण्टा कार्यलय बाट सेवा दिइएको जनाएको छ । नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यलय कास्की बाट जारी गरिएका सुरक्षा मापदण्डहरुको पुर्ण पालना गरेर शेयर सदस्यहरुलाई सेवा दिईरहेको संस्थाका ब्यबस्थापक प्रेमसागर अधिकारीले जानकारी गराउनुभएको छ  । उहाँले सस्थाका कर्मचारी र सदस्यहरुको सुरक्षाको लागि कार्यालय प्रवेश गर्ने वित्तीकै हात धुन लगाउने, स्यानीटाइजरको प्रयोग गर्ने, अनिवार्य .मास्कको प्रयोग गर्ने तथा  शरिरको तापक्रम लिने र संस्थाको उपस्थिति पुस्तीकामा उपस्थिति जनाई सामाजीक दुरी कायम गराएर सेवा सुचारु गरिएको जानकारी गराउनुभयो । 

कोभिड संक्रमण दर बढेसँगै क्रमैसँग विभिन्न जिल्लाहरुमा निषेधाज्ञाको स्वरुप र समयावधि थप भइरहेको छ । आजै काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाको समयावधि थप गरियो भने नवलपुर, पर्सा, धनुषा, हुम्ला, ताप्लेजुङ लगायतका जिल्लाहरुमा पनि निषेधाज्ञा जारी गरिएको छ । हिजोमात्रै गण्डकी प्रदेशले कास्की, बागलुङ र स्याङ्जा जिल्लामा निषेधाज्ञाको घोषणा गरेको थियो । सहकारी संघ संस्थाहरुले सदस्य सेवालाई निरन्तरता दिर्दै न्यूनतम कर्मचारी, आलोपालो तथा घरबाट काम गर्ने व्यवस्था सहित कार्यालयमा पूर्ण सुरक्षा मापदण्डको पालना गरिनु अनिवार्य छ । उपलब्ध भएसम्म प्रविधिमा आधारित सेवाप्रवाहलाई सहकारी संघ संस्थाहरुले विशेष रुपमा जोड दिएर महामारीको विषम परिस्थितिको मागलाई सम्बोधन गर्नुपर्ने देखिएको छ ।  

तस्बिर सौजन्यः अनलाईन खबर

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप