पोखरा रोयल साकोस २० औ वर्ष प्रवेशः स्मार्ट साकोसको द्योतक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोस २० औ वर्ष प्रवेशः स्मार्ट साकोसको द्योतक

कास्की । पोखरा रोयल साकोस आजबाट २० औं वर्ष प्रवेश गरेको छ । दुई दशकको अनवरत यात्रामा संस्था आरोह अवरोह पार गर्दै मुलुकको साकोस अभियानमा आफ्नो बेग्लै तर बिशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । सहयोगी र सक्रिय सञ्चालक समिति, अनुभवी र दक्ष व्यवस्थापन समूहको मेल आज गण्डकी प्रदेशमात्र नभई मुलुककै सफल साकोसका रुपमा परिचित छ । मुलुकभरका सहकारीहरुको लागि सहकारी अध्ययन र अवलोकनको रोजाइ बन्न संस्था सफल भएको छ । पोखरा सुन्दर र रमणीय प्राकृतिक वरदान हो भने पोखरा रोयल साकोस सदस्य सत्कार र अतिथि आराधनाको पाठशाला हो । यो पोखरेली पहिचान पनि हो । 

सदस्य र सामुदायिक उत्तरदायित्व अन्तर्गतका यसका नवीन कार्यक्रमहरुमा सुरुचिपूर्ण सुगन्धको लेप प्रशस्त पाइन्छ । प्रविधि पूजक संस्थाले सदस्यहरुका वित्तीय र गैरवित्तीय आवश्यकताको सम्बोधनमा कुनै कसर बाँकी राखेको छैन । साँच्चै भन्ने हो भने आजबाट २० वर्षे ‘युवक साकोस’ बनेको छ पोखरा रोयल । जसरी आजको २१ औं शताब्दीको २० वर्षे युवक, उर्जाले पूर्ण, प्रविधि पारखी र ‘केही नयाँ गरौं’ भन्ने चिन्तनमा हुन्छ, पोखरा रोयलका हालसम्मका गतिविधिहरु हेर्दा पनि उर्जा निरन्तर उक्लदो छ । यसको मुख्य बिशेषता भनेको ‘सधै केही नयाँ पस्किने’ रहेको छ,  कार्यालयको साजसज्जामा होस् वा सिकाइमा होस वा नीति तथा कार्यक्रममा होस् । 

यसैबीच, कोभिड महामारीले देश दुखेको बेलामा पोखरा रोयलले स्थापना दिवस सहकारी सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोगी हात बढाएर मनाएको छ । यसै पुनीत दिनको पूर्वसन्ध्यामा साकोसले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला प्रहरी कार्यालय कास्कीलाई छुट्टाछुट्टै रुपमा २५०० थान मास्क र ५० लिटर स्यानिटाइजर सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले जानकारी गराउनुभयो ।

ती स्वास्थ्य सामाग्री एक कार्यक्रमकाबीच जनस्वास्थ्य मापदण्ड पालना गर्दै संस्थाका सचिव चन्द्रप्रसाद गुरुङले पोखरा स्वास्थ्य प्रतिष्ठानका निवर्तमान डिन डा. नरेन्द्रबिक्रम गुरुङलाई र संस्थाका मुख्य प्रबन्धक मिलन ढकालले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रहरी प्रमुख श्रेष्ठले सहकारीको असल कामको प्रशंसा गर्दैै प्राप्त सामाग्रीहरु नागरिकहरुको सुरक्षामा खटिने अग्रभागका प्रहरीहरुलाई प्रदान गरिने बताउनुभयो भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान डिन गुरुङले पोखरा रोयल साकोसको समुदायप्रतिको चासोलाई अन्य संघ संस्थाहरुले पनि अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो ।

यसैबीच, साकोसले २० औं वर्ष प्रवेश गर्दासम्मका २० उत्कृष्ट कार्यहरुको भिडियो समेत सार्वजनिक गरेको छ भने भर्चुअल रुपमा शुभकामना समेत आदान प्रदान गरेको छ । संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङ र प्रमुख कार्यकारी अधिकृत भिमबहादुर गुरुङले शुभकामना सन्देश जारी गर्दै सदस्यहरुको साथ र सहयोगको लागि धन्यवाद दिदैं महामारीमा समयमा हरसम्भव सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ भने संस्थालाई पूर्णप्रविधियुक्त बनाउने प्रण समेत गर्नुभएको छ ।

संस्थाका मुख्य प्रबन्धक मिलन ढकालले ७३०० बढी सेयर सदस्य, ५० कर्मचारी, २० करोड सेयर पुँजी, १२ करोड जगेडा कोष, २ अर्ब बढीको वासलात, ४ जिल्ला कार्यक्षेत्र, ४ कार्यालय रहेको पोखरा रोयल साकोसले सहकारी लघुवित्त कार्यक्रम, पूर्ण रुपमा एटीएम तथा मोबाइल बैंकिङ, क्यूआरकोड मार्फत ई–टेलर सेवा आदि प्रदान गर्दै सामाजिक तथा व्यावसायिक संस्था र प्रतिष्ठानहरुमार्फत सरल, सहज र गुणस्तरीय सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभयो ।

अब समग्र साकोस अभियानको चाहना अन्तर्राष्ट्रिय जगतलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सक्ने उम्दा स्मार्ट साकोस बन्नेतर्फ पोखरा रोयलका कदमहरु लम्किउन । हाम्रो पनि पोखरा रोयललाई हार्दिक शुभकामना ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप