सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी भर्चुअल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी भर्चुअल तालिम सम्पन्न

काठमाडौं । नेफ्स्कूनको आयोजनामा सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (AML/CFT for Cooperatives) विषयक २ दिने भर्चुअल तालिम आज सम्पन्न भएको छ । तालिम सहजीकरण नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्याम कृष्ण दाहालले गर्नुभएको थियो ।

सहजकर्ता दाहालले हिजो प्रस्तुत भएका विषयवस्तुहरुको समिक्षा गर्दै आजको प्रस्तुतीलाई अगाडि बढाउनुभएको थियो । प्रस्तुतीका क्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा सहकारी संस्थाको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण नियमावली,२०७३ को नियम २ मा भएका प्रावधानहरु, जसअन्तर्गत आकस्मिक कारोबारमा ग्राहकको पहिचान, ग्राहक पहिचान गर्दा लिनुपर्ने विवरण, वास्तविक धनी पहिचान, वृहत सदस्य पहिचान, अभिलेख सम्बन्धी व्यवस्था, विद्युतीय माध्यमबाट विवरण पेश गर्ने लगायतका प्रक्रियागत विषयहरुमा प्रष्ट पारिएको थियो । 

त्यसैगरी सदस्य पहिचान फाराम अद्यावधिकरण, सदस्य जोखिम वर्गीकरण (उच्च, मध्यम, न्यून), उच्च जोखिमका सदस्यहरुको बार्षिक, मध्यम जोखिमका सदस्यहरुको दुई बर्षमा एक पटक र न्यून जोखिमका सदस्यहरुको ३ बर्षमा एक पटक KYMअद्यावधिक गर्ने, वास्तविक सदस्य पहिचान, सिमा कारोबार प्रतिवेदन TTR १५ दिनभित्र र शंकास्पद कारोबार प्रतिवेदन STR ३ दिन भित्र नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइ FIU मा पठाउने, थ्रेसहोल्ड कारोबार नभएको खण्डमा पनि इमेल तथा फोन मार्फत १५ १५ दिनमा वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्ने लगायतका विषयहरुबारे अनुसूचि सहित सुझाइएको थियो । 

सहकारी संघ संस्थाले सर्वप्रथम सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीति तथा कार्यविधि निर्माण र कम्प्लायन्स अफिसर राख्ने अथवा कार्यान्वयन अधिकारीको व्यवस्था नभएको खण्डमा संस्थाको व्यवस्थापक अथवा प्रमुख कार्यकारी अधिकृतले जिम्मेवारी वहन गर्नुपर्ने र सो को पुरा विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्थाबारे उल्लेख गरिएको थियो । 

त्यसैगरी संस्थाको बस्तु तथा सेवाको जोखिम विश्लेषण, नियामक निकायमा पठाउने नियमित प्रतिवेदन प्रणालीको विकास,  GOAML सफ्टवेयर को प्रयोग, वित्तिय जानकारी इकाइमा सिमा कारोबार प्रतिवेदन र शंकास्पद कारोबार प्रतिवेदन समयमा नपठाएको खण्डमा हुने कारबाहीको व्यवस्था सम्बन्धमा जानकारी गराइएको थियो । 

तालिम समापनका अवसरमा बोल्दै नेफ्स्कूनका महासचिव एवम शिक्षा तथा स्रोत केन्द्र उपसमिति संयोजक दामोदर अधिकारीले वित्तीय सहकारीहरु अत्यन्त संवेदनशिल हुने हुँदा सहकारीको प्रभावकारी व्यवस्थापन, कानुनको परिपालना र कर्मचारी तथा सञ्चालक समितिलाई सचेत गर्ने उद्देश्यले पनि यस्ता तालिम महत्वपूर्ण हुने बताउनुभयो । 

कानुनी परिपालना आफैमा जटिल विषय हो र यो अनिवार्य छ, उहाँले भन्नुभयो, त्यसकारण पनि सहकारीको नीति तथा कार्यविधि निर्माण, जिम्मेवार र दक्ष कर्मचारी साथै सदस्य विवरण अद्यावधिक संस्थामा अनिवार्य रहन्छ । उहाँले भन्नुभयो, नेफ्स्कूनले प्रदान गर्दै आएका सशूल्क तथा निल्शूल्क तालिमहरुलाई अझ स्तरीय र गुणस्तरीय बनाउने प्रक्रियामा हामी निरन्तर लागिरहेका छौ, यसमा गर्नुपर्ने सुधारका लागि पनि तालिमका सहभागीहरु र सम्पूर्ण सहकारीकर्मीहरुको सकारात्मक र रचनात्मक सुझाव सल्लाहको अपेक्षा गर्दछौं ।  साथै दुइदिनको तालिममा महत्वपूर्ण समय उपलब्ध गराएर कानुनी परिपालनाको विषयमा सहकारीकर्मीहरुलाई शिक्षित गर्नुभएकोमा सहजकर्ता  नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्याम कृष्ण दाहाललाई धन्यवाद व्यक्त गर्नुभएको थियो । 

पछिल्लो समय बैंक वित्तिय संस्थाहरु भन्दा पनि सहकारी मार्फत कानुनद्वारा निषेधित कार्य गरी वा गैरकानुनी रुपमा आर्जन गरिएको आय वा सम्पत्तिलाई बैध बनाउन प्रयोग भएको सुन्नमा आइरहेको र यस्तो धनलाई सहकारीले पहिचान गरी पूर्ण स्रोत विवरण राख्नुपर्ने र एफआइयूमा नियमित रिपोर्ट गर्नुपर्ने उल्लेख गरिएको थियो । 

यतिवेला कोभिड दोस्रो भेरियन्ट संक्रमण जोखिम छ, यहि समय पारेर स्रोतको खोजी नहुने भन्दै सहकारीमार्फत कालो धन शुद्धीकरणको प्रयास हुनसक्छ, त्यसप्रति पनि सहकारीहरु सचेत रहनुपर्ने साथै कालो धन शुद्धीकरणका लागि लेयरिङ सृजना गर्दै बैंक वित्तिय संस्थाका चेकहरु सहकारीमा आउने सम्भावना पनि रहन सक्नेतर्फ सचेत हुन आग्रह गरिएको थियो भने सहकारीले आफ्ना सदस्यहरुलाई निर्देशन दिएर हैन कन्भिन्स् गरेर वित्तिय कारोबारमा सहजता ल्याउनपर्नेमा जोड दिइएको थियो । 

तालिममा ७३ जनाको सहभागिता रहेको थियो । प्रस्तुतीकै क्रममा तालिमका सहभागीहरुले राख्नुभएको विविध जिज्ञासाहरुको सम्बोधन प्रस्तोता दाहालले गर्नुभएको थियो । तालिम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमल्सिनाले गर्नुभएको थियो भने नेफ्स्कूनको आगामी साता हुने भर्चुअल तालिमहरुका बारेमा जानकारी समेत गराउनुभएको थियो ।

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

१ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

१ दिन अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१२ दिन अगाडि

पाठकबाट थप