नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा पूर्व महासचिव श्रेष्ठको महत्वपूर्ण योगदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा पूर्व महासचिव श्रेष्ठको महत्वपूर्ण योगदान

अबिच्युरी: नेफ्स्कूनका पूर्व महासचिव स्वर्गीय श्रीराम श्रेष्ठप्रति

काठमाडौं । नेफ्स्कून इतिहास निर्माणका एक अविस्मरणीय पात्रको दैहिक अवसान भएको छ । संघका पूर्व महासचिव श्रीराम श्रेष्ठको शनिबार ६८ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । २०१० साल साउन १५ गते काठमाडौंको आलापोटमा जन्मनुभएका श्रेष्ठको घर नरदेवीमा थियो । उहाँका २ छोरा (बुहारीहरु) र पत्नी हुनुहुन्छ । कोरोना संक्रमणका कारण उहाँको निधन भएको परिवारिक श्रोतले जनाएको छ ।

नेफ्स्कूनको बीजारोपण र विकासमा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको समवयी र समकालीनहरुको भनाइ छ । खासगरी सुरुवाती समयमा नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना र फैलावटमा उहाँ महत्वपूर्ण सेतु हुनुहुन्थ्यो । २०५० फागुन ३ गते सम्पन्न नेफ्स्कूनको प्रारम्भिक साधारणसभाबाट श्रेष्ठ निर्विरोध महासचिव निर्वाचित हुनुभएको थियो । २०५३ फागुन १० गते सम्म श्रेष्ठको उक्त कार्यकाल रह्यो भने २०५६ चैत्र १९ गते सम्पन्न संघको नवौं साधारणसभापछि गठिन सञ्चालक समितिले उहाँलाई सञ्चालक सदस्य मनोनित गरेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले श्रेष्ठको निधनबाट स्तब्ध भएको प्रतिक्रिया दिदैं संघले श्रेष्ठको योगदानको उच्च मुल्याङकन गरेको बताउनुभयो । ‘अग्रजको अवसानले संघ र समस्त साकोस अभियानलाई अपुरणीय क्षति पुगेको छ,’ अध्यक्ष पौड्यालले भन्नुभयो, ‘उहाँले बसालेको जग र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि थप सुदृढ पार्दै सहकारी अभियानको अटल धरोहरका रुपमा नेफ्स्कूनलाई स्थापित गर्नु नै श्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुन्छ ।’ अग्रजका पदचापहरु पच्छ्याउँदै संघ किञ्चित अविचलित अघि बढ्ने प्रण समेत उहाँले व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार ऋषिराज घिमिरे श्रेष्ठलाई ‘डाइनामिक पर्सनालिटी’ का रुपमा स्मरण गर्नुहुन्छ । ‘मैले श्रेष्ठलाई महासचिव पदको निर्वाचनमा पराजित गरे तर भोलिपल्ट उहाँकै घरमा गएर नेफ्स्कूनलाई अघि बढाउन सहयोगको याचना गरेँ,’ घिमिरे बताउनुहुन्छ, ‘उहाँले कुनै नाइनास्ती नगरी सहयोग गर्नुभयो ।’ संघको पाँचौं साधारण सभाका क्रममा घिमिरेले श्रेष्ठलाई ८ मतले पराजित गर्नुभएको थियो । घिमिरे भन्नुहुन्छ,‘ हुनत म पनि महासचिव भएँ र अन्य साथीहरु पनि हुनुभयो तर मेरो व्यक्तिगत अनुभवले भन्छ, श्रेष्ठजीको योगदान सबैभन्दा बढी र अतुलनीय छ । खासगरी नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्ध विकास र विस्तारमा उहाँको एकदम ठूलो भूमिका रह्यो ।’ 

यूएससी क्यानाडामा काम गर्ने श्रेष्ठको एशियाली ऋण महासंघ आकूसँग घनिष्ठ सम्बन्ध थियो । आकूका रञ्जित हिताराचीसँग श्रेष्ठको व्यक्तिगत सम्बन्ध पनि समुधुर थियो । श्रेष्ठ र तत्कालीन यूएससी क्यानाडाकी नेपाल निर्देशक निर्मला पोखरेलको अग्रसरतामा यूएससी क्यानाडाको आर्थिक सहयोगमा नेपालमा पहिलो कार्यशाला आयोजना भएको थियो जसको निष्कर्ष नेपालमा छरिएर रहेका बचत समूहहरुलाई एकाकार गर्न एउटा केन्द्रीय संघ आवश्यक रहेको भन्ने थियो । त्यसमा तत्कालीन साझा केन्द्र अन्तर्गत गठित बचत समूहहरुको समेत प्रतिनिधित्व थियो । कार्यशालामा छलफलको क्रममा साझा केन्द्रकै विधानमा टेकेर केन्द्रीय निकाय गठन  गर्न सकिने छलफल भएपछि केन्द्रका तत्कालीन अध्यक्ष स्वर्गीय भोजराज घिमिरेको अध्यक्षतामा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति नेपाल गठनको आधार तय भएको पूर्व अध्यक्ष घिमिरेले बताउनुभयो । उक्त कुरा नेफ्स्कूनका संस्थापक सल्लाहकार विष्णुप्रसाद श्रेष्ठले पनि नेफ्स्कून स्मारिकामा उल्लेख गर्नुभएको छ जो नेपाल राष्ट्र बैंकको तर्फबाट सहभागी हुनुहुन्थ्यो ।

स्वर्गीय श्रेष्ठले कर्मचारी संञ्जयकोष, आमा मिलन केन्द्र, एक्सन एड हुँदै USC Canada मा नेपाल निर्देशक भएर समेत काम गर्नुभयो । त्यहाँ रहदा बचत ऋण सहकारीसम्बन्धी प्रवर्धनात्मक कार्यक्रम तथा गोष्ठीमा उहाँ सक्रिय सहभागी हुनुभयो । २०४५ सालमा नेफ्स्कून स्थापनामा पनि श्रेष्ठको भूमिका थियो । श्रेष्ठ एक्सन एड नेपालमा कार्यरत रहँदा समेत बचत ऋण अभियानलाई अगाडि बढाउने काममा जुट्नुभयो । श्रेष्ठसँगै काम गर्नुभएका नेफ्स्कूनका संस्थापक सदस्य एवम् पूर्व उपाध्यक्ष नेत्रप्रसाद अधिकारीको स्मरण छ, ‘श्रीराम जी र म बचत ऋण अभियानको विकासमा निरन्तर लागिरह्यौ ।’ अधिकारीका अनुसार त्यसबेला संघको व्यवस्थापनमा हरि घिमिरे हुनुहुन्थ्यो, अहिले जस्तो धेरै कर्मचारी थिएनन् । ‘म साझा प्रकाशनको उप महाप्रबन्धक थिएँ, बेलुका कार्यालय छुट्टी भएपछि कैलाश सर, श्रीरामजी, होमनाथ शर्मा लगायतका हामीहरु राती अबेरसम्म  बसेर नीति नियम अर्थात आर्थिक नियमावली, प्रशासनिक नियमावली बनाउँथ्यौं, के गर्ने भनेर एकआपसमा छलफल गर्थ्यौं ।’ USC Canada हुँदा श्रेष्ठले  नेफ्स्कूनको विकासमा निकै ठूलो योगदान पुर्याउनुभएको अधिकारीको पनि ठम्याई छ ।

यस्तै, नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार डी.बी. बस्नेतले पनि नेफ्स्कूनको संस्थागत विकासमा श्रीराम श्रेष्ठको महत्वपूर्ण योगदान रहेको धारणा राख्नुभयो । स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप