‘धैर्य गरौं खुसीका दिन फेरी आउलान्’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘धैर्य गरौं खुसीका दिन फेरी आउलान्’

नेपालको स्वीजल्याण्ड भनेर चिनिने दोलखाको जिरी बजार यतिबेला कोरोना कहरका कारण सुनसान छ । दोलखा जिल्लाको सबैभन्दा रमणीय र पर्यटकीय क्षेत्र हो जिरी । जिरी बजारमा पनि कोरोना भाइरसको दोस्रो लहरका कारण आम जनसमुदाय त्रसित छ । दिनप्रतिदिनको बढ्दो जोखिम संक्रमणसँगै जिरीको पुरानो व्यापारिक बजार पनि प्रभावित छ । गत सालको कोरोना कहरबाटै सुस्ताएको अर्थतन्त्रले सुधारको रोडम्याप पक्डिन नपाउँदै दोस्रो लहरले ढपक्कै छोपेको छ । कोरोनाका कारण लघु घरेलु तथा साना उद्योगहरु सबैभन्दा धेरै प्रभावित भएका छन् । स साना उद्योगहरु, जुन थोरै लगानीमा सञ्चालित र त्यसबाटै आफ्नो र उद्योगमा आश्रित कामदारहरुको रोजीरोटीको जोहो गरिरहेका हुन्छन्, समय समयमा आउने यस्ता विपत्ती र महामारीले तिनै ससानो उद्यम व्यवसाय र आश्रित कामदारहरु मारमा परेका छन् ।

दोलखाको जिरी निवासी शुष्मा श्रेष्ठ एक सफल उद्यमी, प्रशिक्षक सँगै फेसन डिजाइनर हुनुहुन्छ । नेपालको पर्यटकीय सहर दोलखा जिल्लाको जिरी बजारमा अवस्थित शुष्मा ह्याण्डिक्राफ्ट उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उद्यमी शुष्माले २०६८ सालमा दोलखा जिल्ला उद्योग बाणिज्य संघ र यूनडीपीको सहकार्यमा प्रदान गरिएको हस्तकला तालिममा सहभागी हुने अवसर पाउनुभयो ।  हातमा सीप भएसँगै उहाँले २०६९ सालमा शुष्मा हस्तकला उद्योग दर्ता गरी आफ्नो व्यवसाय शुरु गर्नुभयो । संयुक्त परिवारमा रहनुभएकी ३८ बर्षिय श्रेष्ठ एक साहसी र आत्मनिर्भर महिला हुनुहुन्छ । परिवारमा दाजु, भाउजु, भाई, दिदी बहिनी, भतिजा, भतिजी सबैजना एकसाथ हुनुहुन्छ,  श्रेष्ठको काममा परिवारका अन्य सदस्यहरुले पनि आवश्यक सहयोग गर्नुहुन्छ । 

दुःखमा नआत्तियौं, सुखमा नमात्तिऔं भन्ने त उखानै छ । असहज परिस्थिति आउँछन्, बेला बखतमा यस्तो विपत्तीहरु भोगिरहेकै छौं नेपालीहरुले तर पनि धैर्यता राख्नुपर्छ,

सहकारीमा बाल बचतकर्ता हुदै सदस्यमा प्रवेश गर्नुभएकी उद्यमी श्रेष्ठ एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्थाकी क्रियाशील सेयर सदस्य हुनुहुन्छ । दाजुभाई तथा दिदीवहिनीहरुलाई सिप सिकौं र केही गरौं भन्ने प्रेरणा दिइरहने शुष्मा आवश्यक स्रोतको लागि सहकारीको सकारात्मक साथ रहेकोले कसैलाई पनि काम गर्नबाट पछि नहट्न सुझाउनुहुन्छ । फेसन डिजाइनिङमा स्नातक गर्नुभएकी उद्यमी शुष्मा मा एक पछि अर्को क्रमैसँग सीप र क्षमता छ । चौधरी गु्रप अफ फाउण्डेसन मा  मास्टर ट्रेनरको रुपमा समेत रहनुभएकी उद्यमी शुष्मा तालिम दिने क्रममा पोखरा, बागलुङ लगायतका केही जिल्लाहरु पनि पुग्नुभएको छ । 

५० हजारको लगानीमा शुरु भएको हस्तकला उद्योगले केही समय पश्चात नै राम्रो बजार पायो । उद्योगमा दैनिक स्थानीय ४÷५ जना महिलाहरुले रोजगारी पाउनुभयो । स्थानीय लोक्तालाई प्रशोधन गरी निर्मित कागजबाट आकर्षक डिजाइनका गरगहना, फुलदानी, गमला, झुमर, डायरी, टोपी र विभिन्न पोशाकहरु तयार गर्न थालिए । पर्यटकीय आकर्षणको केन्द्र जिरीमा पुग्ने जो कोहि पर्यटकले पनि लोक्ताबाट निर्मित आकर्षक डिजाइनका सामग्रीहरु लिएर मात्रै फर्कने क्रम शुरु भयो ।  

हस्तकला उद्योग सँगै २०७३ देखि उहाँले बुटिक पनि सञ्चालन गर्नुभएको छ । प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययनसँगै फेसन डिजाइनिङमा स्नातक गर्नुभएकी उद्यमी शुष्माले विभिन्न आकर्षक डिजाइनका पोसाकहरु पनि तयार गर्नुहुन्छ । लोक्ताबाट निर्माण भएको कागजलाई प्रशोधन गरेर बलियो र विभिन्न रङमा कपडा तयार पारेर आकर्षक डिजाइनका पोसाकहरु तयार हुन्छन् । महिलाहरुले लगाउने वान पीस, लङ गाउन त्यसैगरी स्टकोट, टोपी जिरी पुग्ने जो कोही पर्यटकका लागि आकर्षणका वस्तु बन्दछन् । उक्त पोसाकहरु लागएर ससाना बालबालिकाहरुलाई मेला महोत्सवहरुमा लैजाँदा सबैजना लोक्ता निर्मित पोसाकप्रति आकर्षित हुने गर्छन् । 

उहाँको उद्योग र सँगै रहेको पसल लोक्ता निर्मित नेपाली कागजबाट बनेका हस्तकलाका सामग्रीहरुले झकिझकाउ छ । दैनिक ५ देखि ७ जना स्थानीय महिला दिदीबहिनीहरु हस्तकला सामग्री निर्माणको काममा खट्नुहुन्छ । स्थानीय रुपमै पनि हस्तकलाका सामग्रीहरुको माग रहन्छ भने पर्यटकहरु हस्तकलाका सामग्री नलिइ रित्तो हात फर्कदैनन् । त्यति मात्र होइन काठमाडौंका विभिन्न ठाउँबाट हस्तकलाका सामग्रीहरुको माग अत्याधिक रहन्छ । माग बमोजिम का सामग्रीहरु तोकिएको समायावधिभित्र तयार भैसक्छन् । जिरिमै रहेको लोक्ता प्रशोधन उद्योगबाट केही कच्चा पदार्थहरुको जोहो हुन्छ भने अन्य आवश्यक नेपाली कागज काठमाडौबाटै खरिद गर्नेगरिन्छ । 

उद्यमी शुष्माको सफलतासँग जिरीमै अवस्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको पनि उत्तिकै योगदान रहेको छ । उहाँ सहकारीमा बाल सदस्यको रुपमा प्रवेश गर्नुभयो । नियमित बाल बचत गर्दै क्रियाशील सेयर सदस्यको रुपमा हुनुहुन्छ । सहकारीमा दैनिक एक सय रुपैंया र मासिक २ सय रुपैंया निममित बचत गर्नुहुन्छ । अहिले पनि सहकारीबाट २ लाख ऋण लिनुभएको छ । ८ प्रतिशतको व्याजमा लिइएको उक्त ऋणको नियमित किस्ता र व्याज समयमै बुझाउनुहुन्छ । अहिले उद्योगमा कम्तिमा पनि ५ देखि  ७ लाखको पुँजी छ ।

जिरीमा उहाँजस्तै हस्तकला का सामग्री निर्माण गर्ने अरु पनि धेरै दिदीवहिनीहरु हुनुहुन्छ । उद्यमी शुष्मा सहित अन्य २० जना दिदीवहिनीहरुले पनि सोही तालिम लिनुभएको थियो । कतिपयले सिकेको सीपको उपयोग गर्नुभएको छ भने केहीले छैन । उद्यमी शुष्माले प्रशिक्षक भएर पनि जिल्लाका धेरै दिदीवहिनीहरुलाई तालिम दिइसक्नुभएको छ । 

तर विडम्बना नेपालमा कोभिड १९ (कोरोना भाइरस) का कारण २०७६ साल चैत्र महिनादेखि शुरु भएको लकडाउन र दोस्रो लहरको रुपमा पुनः २०७८ बैशाख देखि देखा परेको कोरानाको नयाँ भेरियन्टले उद्यम व्यवसाय र व्यापार निकै प्रभावित भएको छ । पर्यटकीय आवागमनमा भएको कमीका कारण गत बर्षदेखि नै स्थानीय बजार पनि सुस्तायो भने सामग्रीको माग पनि निकै घट्यो । उद्योगमा काम गर्ने स्थानीय महिला दिदीवहिनीहरुको पनि रोजगारी गुम्यो । अन्य कैयन ससाना उद्योग धन्दाहरु बन्द भए । 

उद्यमी शुष्मा भन्नुहुन्छ, “मैले भने कामलाई निरन्तरता दिइरहेकै छु । माग अलि बढी आएको खण्डमा स्थानीय दिदीबहिनीहरुलाई पनि काम दिने गरेकी छु । अन्यथा आफ्नै घर परिवारका सदस्यहरु नियमित काम गर्छौ । हस्तकलाका विभिन्न सामग्रीहरु बनाएर स्टक राखेका छौं । माग आउनासाथ तुरुन्तै दिन सकियोस् भन्ने उद्देश्य हो । तर खैर यस्तो अवस्था रहिरह्यो भने के गर्ने गर्ने जीवन नै अन्यौलपो भइसक्यो त ! दिनप्रतिदिन जीवन असहज बन्दै गइरहेको छ, संक्रमणको दर बढेको बढ्यै छ ।” 

दुःखमा नआत्तियौं, सुखमा नमात्तिऔं भन्ने त उखानै छ । असहज परिस्थिति आउँछन्, बेला बखतमा यस्तो विपत्तीहरु भोगिरहेकै छौं नेपालीहरुले तर पनि धैर्यता राख्नुपर्छ, उहाँले जोड्नुभयो, जस्तोसुकै परिस्थितिमा पनि हामीले हाम्रो कर्तव्यलाई छोड्नुहुँदैन, धर्यता गर्नसक्नुपर्छ र आफुले जानेको र शुरु गरेको कामलाई निरन्तरता दिनुपर्छ । सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई जानेको काम गरिरहनुपर्छ, खाली हात कहिल्यै बस्नुहुँदैन, एक समय अवश्य सकारात्मक बन्छ भन्ने सन्देश दिनुहुन्छ ।

उद्यमी शुष्मा श्रेष्ठसँगको कुराकानीमा आधारित

.

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप