सहकारीमा प्रविधि प्रयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा प्रविधि प्रयोग

लक्ष्मी सापकोटा
सहकारी अभियानकर्मी एवम् पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य, नेफ्स्कून
हालः मोरङ्

सहकारी एक निश्चित भौगोलिक क्षेत्र भित्र बसोबास गर्ने, एउटै व्यावसायिक उद्देश्य तथा समान आर्थिक, सामाजिक र साँस्कृतिक स्तर र आवश्यकताका व्यक्तिहरु आपसमा मिली संगठित भएका व्यक्तिहरुको व्यावसायिक संगठन हो । यद्यपि, यसको मुल उद्देश्य आफ्ना सदस्यहरुको आवश्यकतामा आधारित सेवा प्रदान गर्दै उनीहरुको स्तरोन्नति गर्नु हो । त्यसैकारण सहकारी सदस्यहरुको साझा उद्यम हो । अरुको भर नपरी आफुले आफ्नै लागि गर्ने स्वावलम्बी अनि स्वाभिमानी सामाजिक अभियान पनि हो ।

नेपालमा २०४८ को सहकारी ऐन लागू भए पछि विशेष गरी तराई र सहरी क्षेत्रमा संख्यात्मक रुपमा अत्यधिक र अनियन्त्रित सहकारीहरुको प्रादुर्भाव भयो र तिनीहरुले वित्तीय कारोवार गर्न थाले। त्यो सहकारीको प्रवर्धनात्मक चरण पनि थियो । त्यसैमा सदस्य र संचालकहरु अभिप्रेरित भए । ठुलो पुँजी संकलन भयो र बैंक तथा समानान्तर कारोवार गर्ने वित्तीय संस्थासँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रह्यो। यसो गर्न सहकारीमा नीति, विधिसँगै प्रविधिको उच्चतम प्रयोग संस्थागत र सेवाग्राही सदस्य समेतको पहिलो आवश्यकता बन्यो । त्यसमाथि पछिल्लो समय सहकारीको संवैधानिक र सरकारी मान्यतामा बढोत्तरी भएका कारण पनि राज्य, सदस्य र समुदायको अपेक्षानुसार बजारमा प्रतिस्पर्धी स्थान बनाउनुपर्ने आवश्यकताले प्रश्रय पायो ।

सहकारी संस्थाको सफलताको मापन नै सेवाग्राही सदस्यहरुको सन्तुष्टी र त्यसले उनीहरुलाई पार्ने प्रभावको आधारमा गरिन्छ । यसका लागि छिटो, छरितो, भरपर्दो र प्रतिस्पर्धी सेवाको जरुरत पर्दछ। यी सबै विशेषणहरुको सही अर्थ त्यति बेला लाग्छ जब सहकारीहरु प्रविधि मैत्री बन्छन् । समय र परिस्थितिको प्रखर माग भनेको सहकारीहरुको प्रविधि मैत्री सेवा प्रवाह हो । अब प्रविधिबिना संस्थागत विकास असम्भवप्रायः हुन्छ । सहकारी ऐन २०७४ ले पनि प्रविधि मैत्री भएर द्रुत सेवा दिने तर्फ लक्षित गरेको छ।

हाल नेपालमा सहकारीहरुले बैंक सरह प्रविधिको प्रयाग गर्न थालिसकेका छन् । विशेष गरी कम्प्युरट सफ्ट्वेयरको प्रयोग गर्ने, प्रविधिबाटै हिसाब राख्ने, पर्ल्स मनिटरिङ गर्ने, वित्तीय विवरणहरु तयार गर्ने, वित्तीय विश्लेषण गर्ने, एक्सेस, प्रोबेसन, लगायत कोपोमिस अनुसार अभिलेख तयार गर्ने, सिसि क्यामेराको प्रयोग गर्ने, नोट गन्ने मेशिनको प्रयोग गर्ने, नेट ईन्टरनेटको माध्यमवाट विषम परिस्थितिमा पनि घरैबाट सेवा दिने, सूचना र अभिलेख मेल बाटै पठाउने, जुमबाट तालिम सञ्चालन गर्ने, बैठकहरु बस्ने,  एबीबएएस सेवा संचालन गर्ने, इबैंकिङ् सेवा दिने, अनलाईन सेवाबाटै आय विवरण वुझाउने र करचुक्ता लिने लगायत उच्चतम आधुनिक प्रविधि मैत्री सेवाहरु संचालन भईरहेका छन् ।  यसले गर्दा स्वाभाविक रुपमा सदस्यको सहकारीप्रतिको आकर्षण बढ्दो छ। संस्थाका व्यवस्थापक र जनशक्ति पनि यही रुपले दिनानु दिन अभ्यस्त हुँदै गएका छन् र यो क्रम जारी छ ।

प्रविधिले संस्थागत सेवा र सक्षमता बढ्दै गएर ससाना सहकारीहरुलाई पनि अब प्रविधि मैत्री बन्नेतर्फ लक्षित गरिसकेको छ । प्रविधि र जनशक्ति व्यवस्थापनमा खर्च गर्न नसक्ने तर सहकारी सेवा निरन्तरता दिन चाहने सहकारीहरु एकीकरण गरेर प्रविधिमा खर्च गर्न उद्यत पनि भएका छन् । नीति र विधिको चुस्त कार्यान्वयनमा प्रविधि अचुक संयन्त्र हो जसको प्रयोगबिना अब सहकारी संचालन कठिन र कल्पनाबाहिरको विषय बनेको छ । अबको विकास भनेकै सदस्यका आवस्यकता केन्द्रित सहकारीको व्यावसायिकता वृद्धि गर्दै सदस्यलाई प्रविधियुक्त सेवा दिई सहकारी मुल्य, मान्यता र सिद्धान्तअनुरुप सदस्यको आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरण हो । बहुपक्षीय रुपान्तरणको प्रस्थान बिन्दु नै अब प्रविधिकरण हो ।

प्राकृतिक विपत्तिको रुपमा सन् २०१९ को डिसेम्बरमा देखा परेको कोभिड १९ महामारीले एकातर्फ विश्व अर्थतन्त्र प्रतिकुल प्रभावित भएको छ भने आशाको किरणको रुपमा हाम्रो जस्तो प्रविधि प्रयोगमा धक फुकाएर काम गर्न नसकिरहेको सहकारी क्षेत्र पनि अब यसको उपादेयतामाथि आशंकारहित बनेको छ । यही महामारीको पहिलो लहर सुरु भएपछि सहकारीहरुले जुम एप्लिकेशनमार्फत अभौतिक तालिम र छलफल सुरुवात गरेका हुन् । सुरुमा कठिन र असहज लागेपनि आज दोस्रो लहरले आक्रान्त बनाइरहेको समयमा जुम अब मोबाइल चलाउन भन्दा सजिलो भयो र यसमा सहभागिताको क्षमता बढ्दै गएको छ ।

यसै लकडाउनको बीच धेरै सहकारीहरुले मोबाइल र इन्टरनेट बैंकिङ सुविधा सुरु गरेका समाचारहरु प्रशस्त पढ्न, सुन्न र देख्न पाइएको छ । सहकारीका केन्द्रीय निकायहरुले पनि सदस्य संघ संस्थाहरुलाई प्रविधिमा जान आवश्यक सहयोग र सहजीकरण गर्दै आएको बताउँदै आएका छन् । त्यसैले, अब समग्र सहकारी अभियानको जोड पूर्णत प्रविधिकरण गरी युवाहरुको आकर्षण बढाउने, कामकाजीहरुलाइ एक क्लिकको भरमा सेवा प्रदान गर्ने र ज्येष्ठ, अशक्त तथा सीमान्तकृत सदस्यहरुका आवश्यकताहरुलाई पनि सम्बोधन गरी समाजवाद उन्मूख अर्थव्यवस्थाको धरोहरका रुपमा स्थापित गराउने हुनुपर्दछ । जय सहकारी.
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४४ मिनेट अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४४ मिनेट अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पाठकबाट थप