पैसाको कुरा दिमागले र सम्बन्धको कुरा मनले गर्नुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पैसाको कुरा दिमागले र सम्बन्धको कुरा मनले गर्नुपर्छ

काठमाडौं । वित्तीय साक्षरताका सम्बन्धमा नेफ्स्कून साकोस म्यानेजर्स क्लबले आज आयोजना गरेको भर्चुअल तालिमको प्रस्तुतिमा अटाएका थुप्र्र मसिना तर महत्वपूर्ण अनि व्यावहारिक शिक्षाहरुमध्ये एक थियो हामीले पैसाको कुरा गर्दा दिमागको प्रयोग र सम्बन्धको कुरा गर्दा मनमुटुको प्रयोग गर्नुपर्छ तर प्रायः अभ्यासमा उल्टो भैरहेको हुन्छ । त्यस्तै अर्को कुरा भनेको वित्तीय व्यवस्थापन गर्दा २ वटा नियमहरु पलना गर्नुपर्छ । पहिलो नियम भनेको पैसा कहिल्यै खेर फाल्नुहुँदैन र दोस्रो झनै महत्वपूर्ण नियम भनेको पहिलो नियम कहिल्यै बिर्सनुहुँदैन । आजको कार्यक्रमलाई यहाँ बुँदागत र टिप्सको शैलीमा संक्षेपीकरण गरिएको छ ।

परितोष पौड्याल
प्रमुख अतिथि एवम् नेफ्स्कून अध्यक्ष

 
वित्तीय साक्षरतासँगै हामीले डिजिटल शिक्षा सिकाइलाई जोड्नुपर्ने आवश्यकता छ ।

डिजिटल शिक्षाको नयाँ रणनीतिमा नेफ्स्कून लागेको छ । पूर्वाधार विकास नेफ्स्कूनको प्राथमिकता हो ।

‘न्यू नर्मल’ को ‘न्यू फिचर’ हो डिजिटल वित्तीय साक्षरता, डिजिटल च्यानलको प्रयोग र सीप विकास अनि डिजिटल ट्रान्जेक्सन सर्भिससँग जोड्ने, सफ्टवेयर अ्याज सर्भिस (सास) र एकीकृत मानव संशाधन व्यवस्थापनका विषयहरुमा नेफ्स्कूनको ध्यान केन्द्रित भएको छ । त्यस्तै, साइबर सुरक्षाका विषयमा पनि हामी सचेत छौं ।

सेयर्ड पेमेन्ट सिस्टमका विषयम कसरी पेमेन्ट गेटवेलाई व्यवस्थि गर्न सकिन्छ भनेर हाम्रो चासो र चिन्तको विषय हो । यी सबैको पूर्वाधार विकासमा नेफ्स्कूनले स्पष्ट रणनीतिसहित काम गरिरहेको छ ।

विश्व ऋण परिषद्ले पनि सन् २०२५ सम्म डिजिटल पूर्वाधार विकास गरिसक्ने भने लक्ष्य लिएको छ ।
यी सबै काममा अघि बढ्न थिङ्क ट्याङकको रुपमा म्यानेजर्स क्लबको भूमिका महत्वपूर्ण हुन्छ ।

शान्ति अधिकारी
उपाध्यक्ष, नेफ्स्कून 

यो विषय नै एकदमै महत्वपूर्ण र सान्दर्भिक हो । 

विश्व ऋण परिषद्ले पनि वित्तीय साक्षरताको विषयलाई जोडेको कारण महत्व बढेको छ ।

मनले सम्बन्धमा मलन लगाउनुपर्छ, दिमागले पैसा वा वित्तीय सम्बन्धलाई व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण लाग्यो । 

पैसाको दुईवटा मुल नियम मनपर्यो । पहिलो नियम पैसालाई खेर नफालौं र दोस्रो पहिलो नियम कहिल्यै नबिर्सौ ।

आजभोली आफुलेपनि वित्तीय लक्ष्यहरु बनाउने, संस्थाका सदस्यहरुलाई पनि बनाउन लगाउने र खर्च गर्दा पनि ध्यान दिने बानी बिस्तारै विकसित हुँदै आएको छ ।

कुराहरु मसिना, महत्वपूर्ण र प्रयोग गर्न सकिने खालका व्यवहारिक छन् । भोलिका दिनमा वित्तीय साक्षरता, वित्तीय समावेशी र वित्तीय शिक्षाका क्षेत्रमा प्रकाशजीसँग सहकार्य गर्न नेफ्स्कून तयार छ ।

समय पैसा हो भन्ने बाहिरी देशको स्कूलिङ यहाँ पनि विकसित गर्नुपर्छ ।

ऋण दिएर मात्रै सदस्यहरु धनी हुँदैनन् तर अहिलेको हाम्रो आवश्यकता भनेको ऋण र बचतलाई मिलाएर लानुपर्ने छ । सबै संस्थाहरुले आज सिकेका कुराहरुलाई महत्व दिएर लागू गर्नुपर्छ ।


प्रकाश कोइराला
वित्तीय साक्षरता अभियन्ता एवम् कार्यक्रम सहजकर्ता

हाम्रो समाजमा पैसाको बारेमा कुरा हुन थाल्यो भने बाआमाको झगडा, बोलचाल नहुने, मनमुटाव नहुने देखेँ ।
यो कुरा घरका साना छोराछोरी वा भाइबहिनीहरुसँग गर्नु हुँदैन वा गरेर काम छैन भन्ने सोचले जरा गाढेको पाएँ ।  तर, विकसित मुलुकहरुको अवस्था हाम्रो भन्दा ठीक विपरित छ ।  १२ वर्षदेखि क्रेडिट कार्डको बारेमा, श्रमको मुल्य चिनाउने, परिश्रमको प्रतिफलका बारेमा औपचारिक ज्ञान र अनौपचारिक शिक्षा प्रदान गर्ने काम अपरिहार्य संस्कृतिको रुपमा विकसित भएको छ । 

इच्छा र चाहनाको महत्व र फरक सानै देखि विदेशमा प्राक्टिसमा पाएँ ।

कक्षामा नैतिक शिक्षा पढाएको जस्तै वित्तीय साक्षरता सानै कक्षादेखि विदेशमा सुरु गरिन्छ ।

वित्तीय साक्षरताको उद्देश्य ‘पैसाप्रति मरिहत्ते गर्ने’ भन्ने होइन । यसले लोभी बन्न सिकाउने होइन । 

वित्तीय साक्षरता समयको सदुपयोग गर्न सिक्ने सिकाउने विधि, कला र सीप हो ।

विकसित देशमा डिजिटल करेन्सीको कुरा भैरहेको छ । हाम्रो परिवेश ठीक उल्टो छ ।

विदेश र खासगरी क्यानाडामा सहकारीहरुले छुट्टै वित्तीय परामर्शदाता वा सल्लाहकार राखेर काम गर्दछन् ।

सहकारी हाम्रो समुदायको ‘लाइफ ब्लड’ हो । सहकारी गतिलो प्लेटफर्म हो । हामीले बनाएको साझा मञ्च हो जसमार्फत समाज परिवर्तन गर्न सकिन्छ ।

हातहातमा फोन छ त्यहीमार्फत पैसा व्यवस्थापन गर्ने माध्यम बनाउनुपर्छ । अन्तिम लक्ष भनेको कार्यालयमा नै नआई सबै वित्तीय सेवा प्राप्त गर्ने अवसरको सुनिश्चितता हो ।

वित्तीय साक्षरताका कुराहरु अनुशासन, बानी परिवर्तनसँग सम्बन्धित छ । उदाहरणका लागिः मलाई माया गर भनेर परिवारका कुनै सदस्यले कसैलाई भनेर वा सिकाएर भन्दा पनि व्यक्ति स्वयंको मन भित्रबाटै आउनुपर्छ । अरुले सिकाएर भन्दा पनि आफै बानी परिवर्तन गर्न सक्ने गरी उत्प्रेरित गराउन सक्नु पर्दछ । वित्तीय साक्षरताका सम्बन्धमा सीप र ज्ञानभन्दा पनि बानी परिवर्तन हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हो ।

वित्तीय साक्षरता, वित्तिय शिक्षा र वित्तीय समावेशिता बीच त्रिकोणात्मक सम्बन्ध हुन्छ ।

मुलुकमा राजनीतिक छलफल बढी भए अब आर्थिक छलफल, विचार विमर्श बढी गर्नुपर्छ ।

पैसा लाई बुझाउनुपर्छ, चिनाउनुपर्छ । जति बढी पैसाको बारेमा, महत्व जान्न खोज्यो उति नै इच्छाशक्ति बढ्छ । पैसाको महत्व बुझेको परिवारमा एकरुपता, शान्ति र मेलमिलाप हुन्छ ।

वित्तीय साक्षरताका शिक्षा र तालिमहरुमा परिभाषा भन्दा पनि ‘टिप्स’ आवश्यक हुन्छ ।

पैसाको पहिलो नियमः पैसा कहिल्यै नगुमाउने र दोस्रो नियमः पहिलो नियम कहिल्यै नभुल्ने  

समय व्यवस्थापन जस्तै हो पैसा व्यवस्थापन । समय बचत गर्नु जस्तै हो पैसा बचत गर्नु । समय पैसा हो, जति ठीक समयमा काम गर्यो उति नै पैसा कमाउने क्षमता र समय बढ्छ ।

समय र पैसा चिनौं । पैसा कमाउनुपर्छ भनेपछि ठूलो रकम एकैचोटी कमाउनुपर्छ भन्ने सोच छ । त्यो गलत हो । हामीलाई दुई वटा गाउँ आरपार गर्न बीचमा एउटा पुल तर्नुपर्छ भने पारि गाउँ जान पुल नतरि सकिदैन त्यो पुल भनेको वित्तीय साक्षरता हो ।

इच्छा र आवश्यकतालाई वित्तीय स्वतन्त्रतासँग जोड्नुपर्छ । वैयक्तिक वित्तीय इच्छा र चाहनासँग वित्तीय स्वतन्त्रताको विषय जोडिन्छ ।

इच्छा र आवश्यकतालार्य वित्तीय स्वतन्त्रतासँग जोड्नुपर्छ ।

पैसा व्यवस्थापन भन्ने कुरा दैनिक नित्य कर्म वा दाँत माझ्नु जस्तो हो । आज होइन भोलि गर्छु भन्दा हुँदैन त्यसैले पैसाको व्यवस्थापन अनुशासन वा नित्य गर्नुपर्छ ।  

भावनामा बहकिनु हुँदैन पैसाको सन्दर्भमा । व्यावसायिक कुरा वा पैसाको बारेमा कुरा गर्दा दिमाग र सम्बन्धको कुरा गर्दा मनमुटुको उपयोग गर्नुपर्छ
त्यही भएर उल्टोलाई सुल्टो बनाउनुपर्छ ।

पैसा व्यवस्थापन परिवारको सदस्यसँग बसेर छलफल गर्नुस ।

तपाईको आवश्यकता परिवारको सदस्यको लागि इच्छा हुनसक्छ र तपाईको परिवारको इच्छा तपाईको लागि आवश्यकता बन्नुपर्छ 

श्रीमतीले गरेको वित्तीय कारोबार श्रीमानलाई र श्रीमानले गरेको वित्तीय कारोबार श्रीमतीलाई थाहा हुँदैन ।

परिवारसँग बसेर आज सिकेको कुरा छलफल गर्नुहुन्छ । परिवर्तन आजबटै सुरु गरौं । परिवारमा यस्तो सदस्य हुनुपर्यो जसले पैसाको बारेमा बेला बेलामा स्मरण गराइरहन सक्नुपर्यो ।

पैसाको बचतको कुरा गर्दा सबैभन्दा पहिला वित्तीय लक्ष्य निर्धारण हुनुपर्छ । वित्तीय लक्ष्य निर्धारण गर्नुपर्छ र त्यसको काइदा सबै सहकारीहरुले सदस्यहरुलाई सिकाउनुपर्छ ।

पैसासँग धैर जोडिनु र  धेरै टाढा पनि जानु हुँदैन । नो ओभर अट्याचमेन्ट नो कम्प्लिट डिट्याचमेन्ट ।

पैसाको उच्चतम उपयोग गरेर व्यावसायिक बनाउने र उच्चतम प्रतिफल दिनेतर्फ 

समयको मागसँगै आफ्नो आर्थिक अवस्थाको मुल्याङ्कन गर्नुपर्छ जस्तो कोभिड अघि र पछिको पनि । आफ्नो सम्पत्ति खर्च र पैसाको त्रैमासिक मुल्याङ्कन गर्नुपर्छ र सिकाउनुपर्छ  ।

लगानी र सम्पत्तिको विविधिकरण वा पोर्टफोलियो व्यवस्थापन गर्न सिकाउनुपर्छ ।

लक्ष्यलाई पूरा गर्न चर्को ब्याजमा ऋण लिनुहुँदैन । लक्ष्यको लागि पहिल्यैदेखि बचत गर्नुपर्छ । ऋणले दीर्घरोगी बनाउँछ यदि पैसा व्यवस्थापन भएन भने ।

पैसाको स्वतन्त्रतासँग बचत जोडिएको छ । पैसासँग प्रतिज्ञालाई जोड्नुपर्छ । बचत वा पैसा भनेको अनुशासन पनि हो ।

दैनिक रुपमा आम्दानी र खर्च लेखेर राख्नुपर्छ । त्यसका लागि फाइनान्सियल डायरी आवश्यक पर्छ । यो प्रचलन सुरु गरेपछि अफ्रिकामा ७० प्रतिशत जनसंख्या बैङ्किङ सेवासँग जोडिएका थिए । 

कहिलेकाही प्रयास अनुसार प्रतिफल प्राप्त हुँदैन, सधैको कामले पैसै मात्र लाभ दिनेभन्दा आफुले गरेको कामले गैरवित्तीय लक्ष्यहरु हासिल हुनसक्छ, त्यसको पनि ख्याल राख्नुपर्छ । लक्ष्य र उपलब्धिका सम्बन्धमा प्लान ए सफल भएन प्लान बी पनि चाहिन्छ ।

पैसा व्यवस्थापन गर्दा वा वित्तीय साक्षरताको कुरा गर्दा मसिना कुराहरुलाई बढी जोड दिनुपर्छ । कुन शीर्षक मा कुन विषयमा दैनिक, मासिक, कति खर्च गर्दैछु भन्ने ज्ञात हुनुपर्छ ।

पैसा व्यवस्थापनमा साथी संगतले धेरै प्रभाव पार्छ । एक अध्ययनले भन्छ, तपाईका ५ जानको साथीको सरदर संगत तपाईको बानी बन्छ । पैसाको विषयले सम्बन्ध नबिग्रिओस भन्नेतर्फ सचत हुनुपर्छ । परिवारका ५ जनामध्ये सखै खर्चालु छन् भने बिग्रिन्छ, कम्तिमा १ जना मितव्ययी भ

दिमागमा परिवर्तन ल्याउन श्रव्यदृश्य, चित्र, कथा, टिप्स, उनीहरुले अभ्यास गरेको कुरालाई उदाहरण दिनुपर्दछ किनकि यस्तो विधिहरुले बानी परिवर्तनमा अमिट छाप छोड्दछन् ।

हिजो वा विगतमा खर्च गरेको कुरा सम्झियो भने हाम्रो टाउको दुख्छ त्यसैले त्यसलई सम्झेर बस्नुहुँदैन । त्यसबाट शिक्षा लिएर सच्चाउँदै अघि बढ्नुपर्छ । 

आर्थिक अनुशासन, आर्थिक संस्कृति कस्तो छ भन्ने कुराले पनि भर पर्छ पैसा व्यवस्थापनको कुरा ।

सफल सदस्य, वित्तीय साक्षर सदस्य, प्रयासरत सदस्यहरुका अनुभव सेयरिङ गर्न लगाउनुपर्छ सहकारीहरुले जसले गर्दा अनुभव साटासाट गर्ने परिपाटी बस्छ र उत्प्रेरणा पनि मिल्छ । किनकि कतिपय अवस्थामा सकारात्मक परिवर्तनका लागि शब्द नै काफी हुन्छ ।

सामान किन्न जाँदा तुलना गर्ने र धेरै पसलमा जाने बानी कम छ । यो बानी बसाल्नुपर्छ । होलसेल र रिटेलमा सामान किन्दाको फरक हुन्छ । लमजुङको ४५ घरधुरीमा कम्युनिटीमा हाट बजार जस्तो बनाएर कल्चर डिभेलप गरेको सफल भएको थियो । साप्ताहिक मार्केट को व्यवस्था राम्रो हुनसक्छ । ओपन मार्केट डे को कल्चर क्यानाडामा पनि छ । सदस्यहरुको उत्पादनको बजारीकरणका लागि संस्थाले सहजीकरण गरेर साप्ताहिक मार्केट डे को अभ्यास गर्न सक्दछ । क्रस सेल र अपसेल को अवस्था सृजना हुनसक्दछ ।

प्रविधिसँग जोडिएका कारण खर्च गर्ने बानी बढेको पनि छ । यसतर्फ हेक्का राख्नुपर्छ ।

पारिवारिक लक्ष्य बनाउँदा एक जनाको मात्रै होइन सबै परिवकारका सदस्यको बनाउनुपर्दछ । 

हामी बिहान जे सोच्दछौं, बिहान आज यो कुरामा फोकस गर्छु भन्ने योजना बनायौं, त्यही हुन्छ, दिउँसो भरि र पूरा पनि हुन्छ , संकल्प गर्ने बानी बस्ने भएकाले त्यसतर्फ सबैले ध्यान पुर्याउनुपर्छ । खर्चको प्राथमिकीककरण गर्न सहयोग पुरेयाउँछ भित्तामा टाँसेर राख्ने र बिहान बेलुका नै हेर्ने बानी बसाल्नुपर्छ ।

हामी खर्च गर्ने बानीमा छौं, यसलाई बचत गर्ने बानीमा परिणत गर्नुपर्छ । अनावश्यक र अकल्पनीय हिसाबले जनुजुन अवस्थामा नगद अभाव हुन्छ त्यसको पूर्वतयारी गर्नुपर्छ ।

पैसा व्यवस्थापनमा ७०-२०-१० को नियम लागू गर्न सकिन्छ ।
आम्दानीको ७० प्रतिशत खर्चमा प्रयोग गर्ने
२० प्रतिशत बचतको लागि छुट्याउने 
१० प्रतिशत भविष्यको लागि छुट्याउने । जसमध्ये ५ प्रतिशत आपतकालिन सुरक्षाको लागि छुट्याउने र बाँकी भविष्यको निश्चित लक्ष्यको लागि छुट्याउनुपर्छ ।

विश्वमा सक्षम उपभोक्ताको कल्चर विश्वव्यापी विकास भैरहेको छ । हामीले पनि पैसाको कारण सम्बन्ध, घरमा झगडा नहोस, भ्रष्टाचारको पैसा घरमा नआओस् भनेर सचेत हुनुपर्छ । यसको कारण कालोबजारीको समस्या पनि सम्बोधन हुन्छ ।

स्वागत तथा उद्देश्यमाथि प्रकाश एवम् समापन

ईश्वर न्यौपाने
प्रमुख कार्यकारी अधिकृत, मिलिजुली कालिञ्चोक साकोस दोलखा 
संयोजक, नेफ्स्कून साकोस म्यानेजर्स क्लब

आज तालिममा सिकेका कुराहरुलाई तत्कालै प्रयोगमा ल्याउनुपर्छ र म आफु पनि प्रतिबद्धता व्यक्त गर्नुपर्छ । वित्तीय साक्षरतालाई व्यवहारमा उतानुपर्छ । सदस्यहरुलाई सिकाउनुपर्छ । 

समय र धन खर्च गरेर तालिम लिन जानुपर्ने अवस्थामा घरमै बसेर उपलब्ध भएको छ । यसको काम नेफ्स्कून साकोस म्यानेजर्स क्लबले गरेको छ ।

वित्तीय साक्षरता शिक्षा समाजमा प्रभावकारी रुपमा सदस्य र समूहमा प्रभावकारी गर्नुपर्छ । समय र बचतको महत्व बुझाउनुपर्छ । वित्तीय साक्षरता सम्बन्धी आवश्यक सामग्री सहित तालिमहरु सञ्चालन गर्नुपर्छ, सदस्यहरुलाई घरघरमा सामाग्रीहरु पठाउने गर्नुपर्दछ । यसका लाागि नेफ्स्कूनको मार्गनिर्देशनमा अघि बढ्नुपर्छ वा आन्तरिकीकरण गर्नुपर्छ ।


 

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप