रौतहट बचत संघको आयोजनामा सहकारीका उद्यमी सदस्यहरुलाई बचत खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहट बचत संघको आयोजनामा सहकारीका उद्यमी सदस्यहरुलाई बचत खेल तालिम सञ्चालन

रौतहट, चपुर । रौतहट बचत तथा ऋण सहकारी संघ लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र (DSIK) को प्राविधिक सहयोगमा सहकारीका उद्यमी सदस्यहरुमा लागि लघु व्यवसाय खेल (Micro Business Game) तालिम सञ्चालन भएको छ ।  

जेठ ११ देखि १३ गतेसम्म सञ्चालित तालिम बचत संघका अध्यक्ष विभु कुमार पोखरेलको  अध्यक्षतामा शुभारम्भ भएको हो ।  

अध्यक्ष पोखरेलले बचत संघले आबद्ध सदस्य संस्थाका शेयर सदस्यहरुलाई उद्यमी बनाउन र उनीहरुले गरिरहेको व्यवसाय विकासमा सहयोग गर्न नेफ्स्कूनसँगको प्राविधिक सहकार्यमा लघु व्यवसाय खेल तालिम आयोजना गरिएको बताउनुभयो । वित्तीय शिक्षा साथसाथै उद्यम विकाससँग सम्बन्धित सीप तालिम लिएर सदस्यहरुले आफ्नो व्यावसायिक अर्थात उद्यमशील जीवनलाई फराकिलो बनाउन तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।  

सदस्यहरुलाई उद्यमका लागि उत्प्रेरित गर्न पनि यस प्रकारका तालिमहरु आवश्यक भएको विषयलाई मध्येनजर गरेरै बचत संघले नेफ्स्कूनको प्राविधिक सहयोगमा तालिम आयोजना गरेको र यसमा सहभागी भएर सदस्यहरुले आफ्ना उद्यम व्यवसायहरुमा सफलता हासिल गर्न शुभकामना प्रदान गर्नुभयो । बचत संघ र विभिन्न बचत तथा ऋण सहकारी संस्थाका समिति, उपसमितिका प्रतिनिधि, कर्मचारी र उद्यमी सेयर सदस्यहरु गरि १८ जनाको सहभागिता रहेको तालिममा बचत संघका महासचिव देव बहादुर सापकोटा र सचिव बसन्त कुमार आचार्यको पनि विशेष उपस्थिति रहेको थियो । 

सदस्यहरुमा व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिमले सहभागीहरूलाई व्यवसायिक निर्णय क्षमता, उद्यम सञ्चालनका रणनीति र वित्तीय व्यवस्थापनमा व्यवहारिक अनुभव प्रदान गर्न सहयोग पुग्नेछ । तालिमका सहभागीहरूले लघु उद्यम व्यवसाय विकास खेल तालिम नामक अभ्यास मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै व्यावहारिक सीप सिक्नेछन् । 

तीन दिवसीय तालिम संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत राधा पौडेलले सहजीकरण गर्नुभएको छ भने तालिम व्यवस्थापन बचत संघका व्यवस्थापक नेवा लाल रामले गर्नुभएको छ । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप