बाबियाखर्क साकोसमा नेफ्स्कूनद्वारा 'स्क्यान' अन्तर्गत दोस्रो पटकको स्थलगत सुपरिवेक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाबियाखर्क साकोसमा नेफ्स्कूनद्वारा 'स्क्यान' अन्तर्गत दोस्रो पटकको स्थलगत सुपरिवेक्षण 

शान्तिनगर, काठमाडौँ । काठमाडौँको शान्तिनगर स्थित बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (’स्क्यान’) कार्यक्रम अन्तर्गत दोस्रो पटकको स्थलगत सुपरिवेक्षण जेठ ११ गते सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रर्वद्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघसंस्थाहरूका लागि ’स्क्यान’ कार्यक्रम मार्फत स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिँदै आएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूमाथि विस्तृत मूल्याङ्कन गरिएको थियो। जस अन्तर्गत आन्तरिक कार्यविधि परिमार्जन एवं अद्यावधिक, सदस्यमैत्री सेवा तथा उत्पादनहरू, आवधिक योजना, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधिको पालना, नियामक निकायका निर्देशनहरूको कार्यान्वयन, भाखा नाघेको ऋण असुलीको अवस्था, पूँजी पर्याप्तता अनुपात, सूचना प्रविधि व्यवस्थापन, वित्तीय स्रोत प्राप्ति र परिचालन तथा सेवा कार्यालय सञ्चालन व्यवस्थापन जस्ता प्राविधिक एवं वित्तीय क्षेत्रको सूक्ष्म अध्ययन गरिएको थियो ।

विशेष गरी साकोसको कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम, सञ्चालन तथा सुशासन सम्बन्धी जोखिम र प्रविधिगत जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यावहारिक एवं सुधारात्मक सुझावहरू प्रदान गरिएको छ ।

नेफ्स्कूनका अनुगमन अधिकृत सन्दीपराज ढकालद्वारा गरिएको उक्त सुपरिवेक्षणमा संस्थाको सञ्चालक समिति र व्यवस्थापनको सहभागिता रहेको थियो । सुपरिवेक्षण पश्चात् सुधारका क्षेत्रहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति र व्यवस्थापनको संयुक्त बैठकमा विस्तृत छलफल भएको थियो । उक्त छलफलबाट ठोस सुधार योजना तय गरी प्राप्त सुझावहरूलाई यथासम्भव कार्यान्वयन गर्ने प्रतिबद्धता संस्थाका अध्यक्ष ताराप्रसाद घिमिरेले व्यक्त गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१३ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

पाठकबाट थप