पोखरा, कास्की । पोखरा महानगरपालिका–९ स्थित मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण जेठ ११ गते सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धिका लागि स्थलगत अनुगमन अभियानलाई अघि बढाएको हो ।
सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि विभिन्न प्राविधिक तथा वित्तीय सूचकहरूमाथि गहन मूल्याङ्कन गरिएको थियो । जस अन्तर्गत संस्थाको बचत, ऋण, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारण नीतिको पालना, नियामक निकायहरूबाट जारी निर्देशनहरूको परिपालना, भाखा नाघेको ऋण असुलीको अवस्था लगायत समग्र आर्थिक परिसूचक र सदस्यहरूलाई उपलब्ध गराइएका सेवा सुविधाहरूको विस्तृत निरीक्षण गरिएको थियो ।
स्थलगत सुपरिवेक्षण पश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले अनुगमनका क्रममा प्राप्त निष्कर्ष तथा सुधारका क्षेत्रहरूका बारेमा जानकारी गराउनुभएको थियो । नेफ्स्कूनद्वारा दिइएका रचनात्मक सुझावहरूलाई आत्मसात् गर्दै संस्थालाई थप सुधारोन्मुख र सुशासित बनाउँदै लैजाने निर्णय र प्रतिबद्धता मुनाल साकोस व्यवस्थापन तथा सञ्चालक समितिको तर्फबाट व्यक्त भएको छ ।
१९ घण्टा अगाडि
२२ घण्टा अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
२६ दिन अगाडि
१७ दिन अगाडि
१८ दिन अगाडि
१५ दिन अगाडि
१७ दिन अगाडि
३० दिन अगाडि
२४ दिन अगाडि