मोरङ, उर्लाबारी । मोरङको उर्लाबारी स्थित नारिसंकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दुई दिवसीय ’बचत खेल’ (saving game) तालिम सोमबार सम्पन्न भएको छ ।
जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
जेठ १० र ११ गते आयोजित तालिममा साकोसका २५ जना सदस्यहरूको सहभागिता रहेको थियो । सदस्यहरुलाई वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई व्यावहारिक रूपमा बचत र खर्च व्यवस्थापनका सीपहरू सिकाएर सीप हस्तान्तरण गर्न सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ ।
साकोसका सेयर सदस्यहरुलाई लक्षित गरि आयोजना गरिएको तालिमले सदस्यहरुमा वित्तीय साक्षरता र सशक्तिकरणप्रति जागरुग बनाउने विश्वास रहेको साकोसले जनाएको छ । सदस्यहरुमा बचत व्यवहार, वित्तीय योजना र समूह गतिशीलतामा व्यावहारिक अन्तर्दृष्टि प्रदान गर्ने काम गरेको छ ।
तालिमको उद्घाटन सत्रमा नारिसंकल्प साकोसका अध्यक्ष गोमा नेपालले यस तालिमबाट सिकेका सीपहरू सदस्यहरूको व्यावहारिक जीवनमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आम्दानी एवं खर्चको सही व्यवस्थापन गर्न र आकस्मिक रूपमा आइपर्ने समस्याहरूको समाधानका लागि बचत गर्ने बानी बसाल्न आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
उक्त तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रामप्रसाद सापकोटा र मुकेश दाहालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तथा सहजीकरण साकोसका प्रबन्धक चित्रबहादुर न्यौपानेले गर्नुभएको थियो ।
१९ घण्टा अगाडि
२२ घण्टा अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
२६ दिन अगाडि
१७ दिन अगाडि
१८ दिन अगाडि
१५ दिन अगाडि
१७ दिन अगाडि
३० दिन अगाडि
२४ दिन अगाडि