स्यूचाटार साकोसमा नेफ्स्कूनको स्थलगत अनुगमन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्यूचाटार साकोसमा नेफ्स्कूनको स्थलगत अनुगमन

काठमाडौं । स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि., नागार्जुन–१०, काठमाडौंमा नेफ्स्कून द्वारा सञ्चालन गरिएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण जेष्ठ १३ गते सम्पन्न भएको छ ।

सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको संरक्षण, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले संघले स्थलगत अनुगमन तथा सुपरिवेक्षण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदै आएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणसँग सम्बन्धित विभिन्न विषयहरू जस्तै नगद व्यवस्थापन, ऋण लगानी, मानव संसाधन व्यवस्थापन, कानुनी परिपालना, नियामकीय निकायहरूबाट जारी निर्देशनहरूको कार्यान्वयन, भाखा नाघेको ऋण असुली अवस्था लगायत संस्थाको समग्र वित्तीय अवस्था तथा सदस्यलाई उपलब्ध गराइएका सेवा सुविधाको समीक्षा गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामेश्वर प्रसाद गौतम, सचिव कृष्णहरि खत्री, सञ्चालक सदस्य डा. बैकुण्ठ पराजुली, प्रमुख कार्यकारी अधिकृत मधुकर काफ्ले, सहायक प्रबन्धक शान्ति भट्टराई, वरिष्ठ सहायक सुवास केसी लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत दीपक अर्याल तथा कार्यक्रम सहजकर्ता लिला आङ्गाईद्वारा स्थलगत रूपमा प्रदान गरिएको सुझाव तथा सुधारात्मक पक्षहरूलाई संस्थाले सकारात्मक रूपमा ग्रहण गर्दै सुधारउन्मुख ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप