साकोस अभियानको दिगोपनामा जिल्ला संघहरुको भूमिका महत्वपूर्ण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको दिगोपनामा जिल्ला संघहरुको भूमिका महत्वपूर्ण 

नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजना र जिल्ला बचत संघ पाल्पाको समन्वयमा आयोजना गरीएको समसामहिक विषयमा अन्र्तक्रिया  आज अपरान्ह सम्पन्न भएको छ ।  जिल्ला बचत संघ पाल्पाका अध्यक्ष, संघको सुचना तथा संञ्चार उप समिति सदस्य एवंम फिल्ड कार्यालय रुपन्देहीका आमन्त्रीत व्यवस्थापन उप समिति सदस्य जगदीश भटराईको अध्यक्षतामा जेष्ठ २८ गते दिउँसो २ बजे सम्पन्न अन्तरक्रियामा सघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, लुम्बिनी प्रदेश बचत संघ अध्यक्ष कृष्ण नेपाल एव संञ्चालकहरु, जिल्ला संघ, जिल्ला बचत संघका संञ्चालकहरु, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य लगाएत प्रारम्भिक साकोसका संञ्चालक गरी करीव ३२ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमा संघका बरिष्ठ उपाध्यक्ष ढकालले पाल्पा जिल्लाको साकोस अभियान माथि उठाउन जिल्ला बचत तथा ऋण सहकारी संघको क्रियाशीलता बढाउनु पर्ने धारणा राख्नुभयो । ढकालले जिल्ला संघहरुलाई आत्मनिर्भर र दिगो बनाउनको लागि नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम कार्यान्वयनमा ल्याएकोले विलम्ब नगरी साझेदारी कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । यद्यपि,  त्यसको लागि संघले निर्धारण गरेका मापदण्ड पूरा हुने गरी थप क्रियाशीलता बढाई योजना निर्माण गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष नेपालले कोभिड जस्ता महामारीको सामना गर्न जिल्ला संघदेखि सहकारी महासंघ सम्मको सहकार्य रहेको औल्याउनु भयो । शामना शक्ती विकासको लागि संजाल बाहिर रहेका प्रारम्भिक संस्थाहरु संजालहरुमा आवद्ध हुन धारणा राख्नु भयो ।

एक फरक प्रसंगमा अध्यक्ष नेपालले सहकारी नियमावलीमा व्यवस्था भएका सहकारी प्रर्वद्धन कोष र स्थिरिकरण कोष अभियानको दिगो पना वृद्धि र विकासका लागि अभियानको बलमा कानुनमा समावेश भएकाले कोषमा छुटाएको रकम मन्त्रालय र नेफ्स्कूनमा जम्मा गर्न साकोसहरुलाई अनुरोध गर्नु भयो साथै नेपालले स्थिरिकरण कोषका सन्दर्भमा अनावश्य भ्रम फैलाईको भन्दै उक्त झुटा भ्रमको पछि नलाई कोषमा सहभागी हुन अनुरोध गर्नु भयो साथै बर्तमान समयमा कोषको महत्व झनै बढेर गएको बताउदै कोषमा सहभागी नभएका संस्थाहरु समस्यामा पर्ने सक्ने तर्फ सचेत गराउनु भयो ।

कार्यक्रममा सभाध्यक्ष भटराईले असाध्यै राम्रो, समय सान्दर्भिक प्रस्तुति सहित कार्यक्रम आयोजना गरेको भन्दै नेफ्स्कून प्रति आभार प्रकट गर्नुभयो । पाल्पाका साकोसहरुलाई नेफ्स्कूनका सेवा तथा व्यवसायको पहँुचमा जोड्न संघले सहकार्य मूलक भुमिका खेल्ने धारणा उहाँले राख्नु भयो । सहकारी क्षेत्र बाट गएका जनप्रतिनिधिहरुको पनि सहकारीप्रति सकारात्मक नहुनु दुःखद भएको र सहकारी क्षेत्रको बजेट कटौती हुन स्वभाविक नभएकोले अभियानको थप खबरदारी आवश्यक रहेको भट्टराईले बताउनुभयो । 

कार्यक्रममा बजेटमा सहकारी क्षेत्र, सेवा निरन्तरता, ऋण विश्लेषण, वर्गीकरण, सम्पती शुद्धीकरण र सामाजिक सुरक्षा कोष सम्बन्धि महत्वपूर्ण विषयमा संघका कार्यक्रम अधिकृत मनोज खड्काले प्रस्तुतिकरण गर्नु भएको थियो । अन्तक्रियाका सहभागीहरुको जिज्ञासाहरु सम्बोधन फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो । उक्त अन्तरक्रियामा फिल्ड कार्यालय व्यवस्थपन उप समिति सागर देवकोटाले स्वागत गर्नु भएको अन्तरक्रियाको संञ्चालन फिल्ड इन्चाज छत्र धमालाले गर्नु भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप