साकोस अभियानको दिगोपनामा जिल्ला संघहरुको भूमिका महत्वपूर्ण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको दिगोपनामा जिल्ला संघहरुको भूमिका महत्वपूर्ण 

नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजना र जिल्ला बचत संघ पाल्पाको समन्वयमा आयोजना गरीएको समसामहिक विषयमा अन्र्तक्रिया  आज अपरान्ह सम्पन्न भएको छ ।  जिल्ला बचत संघ पाल्पाका अध्यक्ष, संघको सुचना तथा संञ्चार उप समिति सदस्य एवंम फिल्ड कार्यालय रुपन्देहीका आमन्त्रीत व्यवस्थापन उप समिति सदस्य जगदीश भटराईको अध्यक्षतामा जेष्ठ २८ गते दिउँसो २ बजे सम्पन्न अन्तरक्रियामा सघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, लुम्बिनी प्रदेश बचत संघ अध्यक्ष कृष्ण नेपाल एव संञ्चालकहरु, जिल्ला संघ, जिल्ला बचत संघका संञ्चालकहरु, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य लगाएत प्रारम्भिक साकोसका संञ्चालक गरी करीव ३२ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमा संघका बरिष्ठ उपाध्यक्ष ढकालले पाल्पा जिल्लाको साकोस अभियान माथि उठाउन जिल्ला बचत तथा ऋण सहकारी संघको क्रियाशीलता बढाउनु पर्ने धारणा राख्नुभयो । ढकालले जिल्ला संघहरुलाई आत्मनिर्भर र दिगो बनाउनको लागि नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम कार्यान्वयनमा ल्याएकोले विलम्ब नगरी साझेदारी कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । यद्यपि,  त्यसको लागि संघले निर्धारण गरेका मापदण्ड पूरा हुने गरी थप क्रियाशीलता बढाई योजना निर्माण गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष नेपालले कोभिड जस्ता महामारीको सामना गर्न जिल्ला संघदेखि सहकारी महासंघ सम्मको सहकार्य रहेको औल्याउनु भयो । शामना शक्ती विकासको लागि संजाल बाहिर रहेका प्रारम्भिक संस्थाहरु संजालहरुमा आवद्ध हुन धारणा राख्नु भयो ।

एक फरक प्रसंगमा अध्यक्ष नेपालले सहकारी नियमावलीमा व्यवस्था भएका सहकारी प्रर्वद्धन कोष र स्थिरिकरण कोष अभियानको दिगो पना वृद्धि र विकासका लागि अभियानको बलमा कानुनमा समावेश भएकाले कोषमा छुटाएको रकम मन्त्रालय र नेफ्स्कूनमा जम्मा गर्न साकोसहरुलाई अनुरोध गर्नु भयो साथै नेपालले स्थिरिकरण कोषका सन्दर्भमा अनावश्य भ्रम फैलाईको भन्दै उक्त झुटा भ्रमको पछि नलाई कोषमा सहभागी हुन अनुरोध गर्नु भयो साथै बर्तमान समयमा कोषको महत्व झनै बढेर गएको बताउदै कोषमा सहभागी नभएका संस्थाहरु समस्यामा पर्ने सक्ने तर्फ सचेत गराउनु भयो ।

कार्यक्रममा सभाध्यक्ष भटराईले असाध्यै राम्रो, समय सान्दर्भिक प्रस्तुति सहित कार्यक्रम आयोजना गरेको भन्दै नेफ्स्कून प्रति आभार प्रकट गर्नुभयो । पाल्पाका साकोसहरुलाई नेफ्स्कूनका सेवा तथा व्यवसायको पहँुचमा जोड्न संघले सहकार्य मूलक भुमिका खेल्ने धारणा उहाँले राख्नु भयो । सहकारी क्षेत्र बाट गएका जनप्रतिनिधिहरुको पनि सहकारीप्रति सकारात्मक नहुनु दुःखद भएको र सहकारी क्षेत्रको बजेट कटौती हुन स्वभाविक नभएकोले अभियानको थप खबरदारी आवश्यक रहेको भट्टराईले बताउनुभयो । 

कार्यक्रममा बजेटमा सहकारी क्षेत्र, सेवा निरन्तरता, ऋण विश्लेषण, वर्गीकरण, सम्पती शुद्धीकरण र सामाजिक सुरक्षा कोष सम्बन्धि महत्वपूर्ण विषयमा संघका कार्यक्रम अधिकृत मनोज खड्काले प्रस्तुतिकरण गर्नु भएको थियो । अन्तक्रियाका सहभागीहरुको जिज्ञासाहरु सम्बोधन फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो । उक्त अन्तरक्रियामा फिल्ड कार्यालय व्यवस्थपन उप समिति सागर देवकोटाले स्वागत गर्नु भएको अन्तरक्रियाको संञ्चालन फिल्ड इन्चाज छत्र धमालाले गर्नु भएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप