सहकारीमा डिजिटाइजेसनमार्फत युवा सहभागिता वृद्धि अबको आवश्यकता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा डिजिटाइजेसनमार्फत युवा सहभागिता वृद्धि अबको आवश्यकता

काठमाडौं । नेफ्स्कूनको आयोजनामा प्रविधि साक्षरतासम्बन्धी १ दिने भर्चुअल कार्यक्रम आज सम्पन्न भएको छ । प्रविधिसम्बन्धी आधारभूत विषयहरुदेखि पछिल्ला नवीन विकासक्रमसँगै वित्तीय सहकारीमा प्रयुक्त प्रविधिको अवस्था, नयाँ  सम्भावना र चुनौतीका विषयमा अन्तरक्रियात्मक कार्यक्रमसहित निष्कर्ष निकाल्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो ।

युवा र प्रविधि परिपूरक भएकाले यीनको संयोजन कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने मुल विषयमा आजको प्रस्तुति र खासगरी त्यसपछिका बक्ताहरुको जोड रह्यो । सहकारीप्रति युवाहरुको आकर्षण बढाउन के कस्ता प्रविधिहरु सहकारीहरुले भित्राउन सक्छन् र त्यसमा वित्तीय सहकारीको अभिभावक निकाय नेफ्स्कूनले के कस्ता कामहरु गरिरहेको छ भन्ने बारे सदस्य संस्थाहरुलाई यथेष्ट जानकारी आज गराइएको थियो । 

कार्यक्रममा एउटा सहकारी संस्थालाई विश्वसनीय, दिगो र सबल सञ्चालनका लागि जे जस्ता सफ्ट्वेयरहरु आवश्यक हुन्छन् ती सबैलाई विभिन्न भेन्डरहरुबाट नभई एउटै निकाय वा एउटै प्रणालीमार्फत सहज, सुलभ र सुरक्षित तवरले प्रदान गर्न नेफ्स्कूनले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) को अवधारणमा जोडतोडका साथ काम गरिहेको जानकारी प्रस्तुतिमा गराइएको थियो भने प्लानलिस्ट वक्ताहरुले त्यसको प्रशंसा गर्दै कानुनी आधारहरु बलियो बनाउँदै सबै साकोसहरुलाई जोड्ने गरी अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रविधि भित्राएर मात्र नहुने सदस्यहरुको अवस्था र प्रयोगको मात्रा पनि बढाउनुपर्ने विचारले स्थान पाएको थियो । सहकारलिाई दिगो, प्रतिस्पर्धी र युवामैत्री बनाउन पनि प्रविधिमार्फत युवा सहभागिता बढाउँदै लानुपर्ने र अन्य उमेर समुहका सदस्यहरुलाई पनि प्रविधि प्रयोगका दृष्टिले युवा बनाउनुपर्ने धारणा राखिएको थियो । 

नेफ्स्कूनले सदस्यहरुको सहजताको अन्तर सदस्य विद्युतीय भुक्तानी कारोबारको च्यानल साकोस कनेक्टबाट सुरु गरेको र निकट भविष्यमा इआरपीमार्फत सम्पूर्ण वित्तीय र गैरवित्तीय सेवाहरु सदस्यहरुका लागि प्रवाह गर्ने जानकारी प्रस्तुतिमार्फत गरिएको थियो । इआरपीमार्फत सानादेखि ठूला साकोसहरुले आफुले चाहेका सबै खाले वित्तीय गैरवित्तीय प्रविधि सुविधा पाउने जानकारी गराइएको थियो । सबै सुविधा लिन चाहनेले त्यै अनुसार र त्यसभित्रका केही मात्र सफ्ट्वेयर सुविधा लिन चाहनेले पनि त्यही अनुसार लिन सक्ने गरी प्रविधि प्रणाली विकास भैरहेको उल्लेख गरिएको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्यहरुलाई प्रविधिका हरेक किसिमका आवश्यकताहरुको सम्बोधन संघले गर्ने विश्वास दिलाउनुभएको थियो । अब सबै साकोसहरुले प्रविधिकरणमा जोड दिनुपर्ने र त्यसको सहज र सुलभ उपलब्धताको मेसो नेफ्स्कूनले मिलाउने बताउनुभयो । उहाँले सबै साकोसहरुले प्रविधिका विषयमा सदस्यहरुलाई पनि जानकार बनाउनुपर्नेमा जोड दिनुभयो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले साकोसहरुमा युवा आकर्षण, दिगोपना र प्रतिस्पर्धी स्थान कायम गर्न प्रविधिलाई उन्नत नबनाइ नहुने परिस्थिति आएको भन्दै इआरपीको विषयलाई संघले पाँचौं रणनीतिक योजनमा नै समेटेर अघि बढाएको र यसको वैधानिकताको विषयमा सघन बहसपैरवी गरिरहेको भन्दै ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले अभियान अघि र सरकार पछि पनि भएको इतिहास स्मरण गर्दै सदस्यहरुको आवश्यकताको सम्बोधन नेफ्स्कूनले गरेको बताउनुभयो । महासचिव अधिकारीले प्रविधिकरणको आवश्यकता र नेफ्स्कूनले त्यसका लागि गरेको पहलमा सबै सहकारीकर्मीहरु र खासगरी प्रविधिमा राम्रो गरेका साकोसहरु, म्यानेजर्स क्लबका अधिकारीहरुको सकारात्मक र सक्रिय सहयोग साथै थप अपनत्वबोधको आवश्यकता समेत रहेको बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ सूचना प्रविधि अधिकृत शीतल थपलियाले प्रविधिको विकासक्रम, त्यसले ल्याएका तरंगहरु, साकोसमा हाल प्रयोगमा रहेका मोबाइल, इन्टरनेट बैंकिङ सेवा, क्युआरकोड, एटीएम सेवाका बारेमा जानकारीहरु प्रस्तुत गर्दै नेफ्स्कूनले सुरु गरेको साकोस कनेक्ट के हो र यसले कसरी काम गर्छ, अब जान खोजिएको इआरपी भन्नाले के बुझिन्छ र यसमार्फत के कस्ता सुविधाहरु प्राप्त हुन्छ आदि विषयमा मिहिन ढंगले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँको उक्त प्रस्तुतिमाथि टीप्पणी गर्दै विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले प्रस्तुति राम्रो र सबै अटाएको भन्दै सहकारीहरुले अब सदस्यहरुलाई प्रविधिमा लाने भन्दा पनि धकेल्नुपर्ने बताउनुभयो । उहाँले विकूले प्रयोग गरिरहेका प्रविधिहरुबारे जानकारी समेत गराउनुभएको थियो । पौडेलले संस्थामा एटीएम सुरु गर्नुपूर्व ९ प्रतिशत युवा सहभागिता रहेकोमा एटीएम सुरु गरिसकेपछि केही वर्षमा बढेर २९ प्रतिशत भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

यसैगरी, चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले पनि साकोसहरुमा वाउ कल्चर (वाह संस्कृति) विकास गर्न प्रविधि र युवा आवश्यक भएको तर्क प्रस्तुत गर्नुभयो ।

उहाँले संस्थाको छविको पहिलो आधार अहिलेको परिप्रेक्ष्यमा प्रविधि नै भएको दाबी गर्दै चन्द्रगिरिले सञ्चालनमा ल्याएको एटीएम, मोबाइल, इन्टरनेट लगायतका सेवा सँगै पछिल्लो पटक सुरु गरेको मोबाइल बैकिङ एपबाट रेमिटेन्स सेवाका बारेमा पनि जानकारी गराउनुभएको थियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेफ्स्कूनले तयार गर्दै गरेको इआरपीको बारेमा अभियानमा प्रशस्त सूचना र जानकारीहरु प्रदान गर्नुपर्ने र वैधानिकताको विषयलाई आश्वस्त बनाउँदै अघि बढ्नुपर्ने भन्दै प्रयासको स्वागत गर्नुभयो ।
नेफ्स्कूनका प्राचार्य गणेश तिमल्सिनाले सञ्चालन गर्नुभएको तालिमको सञ्चालन सहयोग बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो भने तालिम विभागका सबै कर्मचारीहरुले समन्वय र सहयोग गर्नुभएको थियो ।
 
भर्खरै
कर व्यवस्थापनमा दक्षता बढाउन नेफ्स्कूनद्वारा दुईदिने तालिम आयोजना
कर व्यवस्थापनमा दक्षता बढाउन नेफ्स्कूनद्वारा दुईदिने तालिम आयोजना

१३ मिनेट अगाडि

सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

२१ घण्टा अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

२३ घण्टा अगाडि

सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन
सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन

२४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
कर व्यवस्थापनमा दक्षता बढाउन नेफ्स्कूनद्वारा दुईदिने तालिम आयोजना
कर व्यवस्थापनमा दक्षता बढाउन नेफ्स्कूनद्वारा दुईदिने तालिम आयोजना

१३ मिनेट अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

२३ घण्टा अगाडि

अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 
अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 

४ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

११ दिन अगाडि

पाठकबाट थप