लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

सिन्धुली । सहकारी संघ,संस्थाहरूको लेखा सुपरिवेक्षण समितिलाई आवश्यक ज्ञान र सीप उपलव्ध गराई योग्य लेखा सुपरिवेक्षक बनाउने हेतुले नेफ्स्कूनको  प्राविधिक सहयोगमा २ दिने लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम पुस २९ गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

सिन्धुली बचत तथा ऋण सहकारी संघले आयोजना गरेको तालिम संघकी अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लेखा समिति सदस्य बालकुमारी श्रेष्ठको अध्यक्षता र संघका फिल्ड कार्यक्रम अधिकृत शारदा पहाडीको संचालनमा समापन सत्र सम्पन्न भएको थियो ।

सहकारी संघ संस्थाहरूलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्नका लागि लेखा सुपरिवेक्षण समितिले निरन्तर मार्ग निर्देश गर्ने विधि र औजारहरूको बारेमा छलफल तथा अन्तरक्रिया गहन ढङ्गले गरिएको थियो । निरीक्षण, अवलोकन, सोधपुछ, गणना, पुनगणना आदि विधिको प्रयोग गरी समितिले पेश गर्नुपर्ने प्रतिबेदन तयार गर्न समेत तालिममा सिकाइएको थियो ।

संस्था विकासका लागि यो तालिम अति सान्दर्भिक, उपयोगी र  प्रभावकारी रहेको सहभागी सहकारीकर्मी शम्भुप्रसाद दाहाल, उमा खड्का र नन्दलाल श्रेष्ठले बताउनु भयो । संघकी महासचिब मिथुला घिमिरे समेतको सहभागिता रहेको सो तालिममा जिल्लाका लेखा सुपरिवेक्षण समिति, सन्चालक र व्यवस्थापकहरू गरी १८ संस्थाका सहभागीहरुलाई नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले सहजीकरण गर्नुभएको  थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप