चितवन जिल्ला बचत संघद्वारा सहकारीका समसामयिक विषयहरूमा भर्चुअल अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन जिल्ला बचत संघद्वारा सहकारीका समसामयिक विषयहरूमा भर्चुअल अन्तरक्रिया

काठमाडौं । सहकारीका समसामयिक विषयहरुः विपदमा सदस्य सेवा निरन्तरता, ऋण जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धीकरण र सामाजिक सुरक्षा कोषका सेवा योजनाहरुबारे उपयोगी भर्चुअल कार्यक्रम आज सम्पन्न भएको छ । 

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सञ्चालन भएको भर्चुअल कार्यक्रममा बोल्दै प्रमुख बक्ता नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले वर्तमान विषम अवस्थालाई सामान्यीकरण गदै न्यू नर्मलमा फर्कने प्रयासमा पुन कोभिडको दोस्रो प्रकरणमा परेको र यसको व्यवस्थापनका लागि पनि सबैले गम्भिरतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।  

कोभिढ १९ का कारण सदस्य र नागरिक जीवनमा, संघ संस्था अर्थात समुदाय र राज्य व्यवस्था प्रणालीमा देखा परेको अवसरलाई न्यूनीकरण गर्दै सामाजिकीकरणको प्रक्रियामा सँगै अगाडि बढ्न हाम्रो  जीवनपद्धतिलाई डिजिटाइजेशनको शिक्षा सँग जोड्नु अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो । 

कार्यशैलीलाई परम्परागत भन्दा दु्रत बनाउन प्रविधिको विषयलाई सँगै लिएर अगाडि बढ्ने अर्थात उच्च प्रविधिलाई कुशलतापूर्वक प्रयोग गरी, मौद्रिक गतिविधिलाई पनि डिजिटाइज गर्ने र सेवालाई सँगै जोड्ने विषय महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।  सहकारी सिद्धान्त ६ वटा अनिवार्य विषयहरुः बचत, ऋण, विमा, विप्रेषण, पेमेन्ट प्लेटफर्म, डिजिटाइजेसन र क्यापिटल फर्मेसनमा वित्तीय शिक्षाको आवश्यकता बारे चर्चा गर्नुभयो । साथै वित्तिय उपलब्धता, ऋणको पुर्नःतालिकीकरण कसरी गर्ने, लोन होलिडेजको विषयमा कसरी जाने भन्ने विषयमा समेत संघ र सरोकार पक्षबीच वहश भइरहेको समेत जानकारी गराउनुभयो । 

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष हरिश्चन्द्र सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, सञ्चालक विद्या कोइराला, विभिन्न जिल्ला बचत संघ र जिल्ला सहकारी संघका पदाधिकारीहरु र अन्य सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।  नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहालले विषयवस्तुबारे सहजीकरण तथा प्रस्तुतीकरण गर्नुभएको थियो भने संघका सचिव रामराजा पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिकूल समयका बीच पनि प्रविधिको प्रयोग मार्फत अभियान आफ्ना सदस्यहरुलाई सुसूचित बनाउने विषयमा महत्वका साथ लागेको विषयप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अब असारको करिब ३ हप्ताको समयलाई विशेष सदुपयोग गर्दै सदस्य केन्द्रित सेवा प्रवाहमा कसरी जोड दिनसकिन्छ त्यसतर्फ ध्यानदिन र आन्तरिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सबैमा अनुरोध गर्नुभयो । 

उपाध्यक्ष शान्ति अधिकारीले चितवन जिल्ला बचत संघले आफ्ना सदस्य संघ संस्थाहरुलाई सुसूचित गर्ने उद्देश्यले छोटो समयमै भएपनि प्रविधिमार्फत एक साथ चारवटा कार्यक्रम मार्फत समसामयिक विषयवस्तुहरुबारे जानकारी गराउनु निकै उपयोगी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै अब पालिका तहमा पनि कार्यक्रम तथा बजेटको काम भइरहेको र अभियानको तर्फबाट हामीले सहकारी क्षेत्र प्रबर्द्धनका लागि केही लविइङ गर्न जरुरी भएको विचार राख्नुभयो । साथै स्तरीकरण कार्यक्रममा सहभागी संस्थाहरुका लागि नेफ्स्कूनले म्यानुअल तयारीको काम गरिरहेको जानकारी गराउँदै संस्थाहरुका केही सुझावहरु भए संघको सम्बन्धित विभाग समक्ष राख्न उहाँले अनुरोध समेत गर्नुभयो । 

जिल्ला बचत संघ चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदीले विद्यमान असहज परिस्थितिका बीचमा पनि सहकारीलाई गतिशिल बनाउन प्रविधिको प्रयोग मार्फत कार्यक्रमहरु अगाडि बढाइएको बताउनुभयो । अभियानको मुल उद्देश्य सदस्य हित र सदस्य केन्द्रित सेवा प्रवाह भएको हुँदा सदस्यहरुको अवस्था पहिचान गरी आर्थिक, सामाजिक रुपान्तरणको अभियानमा जोड्न आज आयोजित भर्चुअल कार्यक्रम उपयोगी रहने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा महामारीको अवस्थामा ऋणको जोखिम व्यवस्थापन, लगानी असुली नीति, कार्यविधि, ऋणको सदुपयोगिता, संस्थाप्रतिको विश्वास, सुशासन, सदस्यको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन ऋणि उत्प्रेरणा नीतिको आवश्यकता सम्बन्धमा सहजीकरण तथा प्रस्तुतीकरण गरिएको थियो । 

त्यसैगरी कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण नियमावली २०७३ र सहकारी विभागबाट जारी निर्देशन २०७४ मा भएका मुख्य प्रावधानहरु सम्बन्धी व्यवस्थाबारे जानकारी गराइएको थियो । महामारीको समयमा भौतिक असहजताका बीच पनि सदस्य सेवा निरन्तरता, सदस्य चेतना अभिबृद्धि, सदस्यहरुको पारिवारिक, आर्थिक सामाजिक अवस्था बारे अद्यावधिक हुनुपर्ने विषयहरु सुझाइएको थियो । 

कार्यक्रममा सरकारले सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको आकर्षण बढाउन बारम्बार गरेको आग्रह र कोष सञ्चालन कार्यविधि २०७५ मा भएको दोस्रो संशोधन २०७७ मा अटाएका विषयहरु बारे चर्चा गरिएको थियो । सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्न, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरुप दिन तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हक सुनिश्चित गर्न २०७६ साउनदेखि सञ्चालनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम र विद्यमान सेवाहरुबारे सहजकर्ता दाहालले जानकारी गराउनुभएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप