प्रदेश १ सरकारको बजेट प्रस्तुत; बिशिष्टीकृत सहकारी संघमार्फत धुलो दुध कारखाना स्थापना गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश १ सरकारको बजेट प्रस्तुत; बिशिष्टीकृत सहकारी संघमार्फत धुलो दुध कारखाना स्थापना गरिने

विराटनगर । प्रदेश नं १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट आज सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ । यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट हो। प्रदेश सरकारको बजेट वक्तव्यमा क्षेत्रगत कार्यक्रमहरूका लागि छुट्याइएको कुल रकम उल्लेख छ । तर, कार्यक्रमगत बजेट तोकिएको छैन । समग्र कृषि क्षेत्रका लागि रु २ अर्ब ९० करोड विनियोजन गरिएको छ । । ३८ पृष्ठ लामो बजेटको उद्देश्यमा आर्थिक गतिविधि तथा विकास निर्माणका कार्यक्रमलाई तीब्रता दिदैं सार्वजनिक, निजी तथा सहकारी क्षेत्रमा उपलब्ध स्रोत साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी गरिबी निवारण गर्ने उल्लेख छ ।

  • बजेटमा भूमि व्यवस्था, कृषि तथा सहकारी शीर्षक अन्तर्गत ‘कृषि उत्पादनको विविधिकरण एवम् बिशिष्टीकरणमार्फत उत्पादकत्व अभिवृद्धि गर्न स्थानीय तह तथा सहकारी संस्थाहरुसँग सहकार्य गरिने’ उल्लेख छ ।
  • त्यस्तै, कृषकहरुको लागि आवश्यक बिउबिजन तथा मलको सहज उपलब्धता, रोग पहिचान र नियन्त्रण, कृषि सम्बन्धी ज्ञान, सीप र दक्षता अभिवृद्धि, कृषि उपजहरुको भण्डारण तथा बजारीकरणका लागि सरकारी, सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
  • यसैगरी, कृषि उत्पादकत्व वृद्धि गर्न सार्वजनिक, निजी, सहकारी साझेदारी तथा सहलगानीको नीति अंगिकार गरिने उल्लेख छ ।
  • खाद्यान्नको बीउ बिजन, उत्पादन तथा प्रशोधन र फलफुल बेर्ना उत्पादनको लागि पूर्वाधार निर्माणमा सहकारी, निजी उद्यमीहरुसँग सहकार्य गरी बेर्ना आपूर्ति प्रवर्धन गरिने उल्लेख छ ।
  • सहकारी संस्थाबाट कर्जा लिई कृषिमा लगानी गर्ने कृषकलाई सहकारीमार्फत ब्याज अनुदान प्रदान गरिनेछ । सहकारी संस्थाहरुसँगको सहकार्यमा कृषि उत्पादन तथा पूर्वाधार निर्माण सहयोग, बजार पूर्वाधार निर्माण सहयोग तथा डेलिभरी भ्यान खरिदमा अनुदान दिने व्यवस्था मिलाइएको उल्लेख छ ।
  • व्यावसायिक गाई फार्महरुमा सेक्स्ड सिमेन उपलब्ध गराईने तथा बिशिष्टीकृत सहकारी संघमार्फत धुलो दुध कारखाना स्थापना गरिनेछ । सहकारीमार्फत प्रमुख बजारहरुमा दुग्ध परिकार पसल सञ्चालन गरिनेछ ।
  • उन्नत बीउ तथा गाई भैसीं, भेडा, बाख्रा, चौरी आदि पशु नस्लको प्रयोगमा विस्तार गर्न निजी तथा सहकारी क्षेत्रको क्षमता अभिवृद्धि तथा समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्न स्रोत व्यवस्था गरेको उल्लेख छ ।
  • प्राङ्गारिक चियाको उत्पादन, प्रशोधन तथा बजारीकरण सहकारी संस्थामार्फत गर्ने कार्यका लागि प्रोत्साहन गरिने व्यवस्था मिलाएको उल्लेख छ ।
  • आपूर्ति सहजीकरणका लागि सहकारीमा आधारित मण्डीस्थलहरुको निर्माण गर्न स्रोतको व्यवस्था गरिएको उल्लेख छ ।
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप