सहकारीलाई मर्यादित र सुशासित बनाउन आचारसंहिता लागु गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीलाई मर्यादित र सुशासित बनाउन आचारसंहिता लागु गरिने

ललितपुर । सहकारी अभियानलाई मर्यादित र सुशासित बनाउन सहकारी आचारसंहिता लागु गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघले हिजो सञ्चालन गरेको भर्चुअल कार्यक्रम मार्फत सहकारी आचारसंहिता मस्यौदामाथी सरोकारवालाहरुसँगको धारणा माग गरेको छ । 

भर्चुृअल कार्यक्रममा सहभागी बक्ताहरुले सहकारी व्यवसायलाई सहकारीको दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्न सहकारीका समिति, उपसमिति, कर्मचारी तथा सदस्यका लागि आचार संहिताको आवश्यकता महसुस भएको बताएका हुन् ।

महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी अभियानलाई व्यवस्थित, मर्यादित, विश्वासिलो र निष्पक्ष बनाउन साथै त्यसको प्रत्याभूति गराउन पनि आचार संहिता आवश्यक रहेकाले महासंघले मस्यौदा बनाई आवश्यक छलफल गरेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले आफ्नै सिद्धान्त, मूल्य मान्यता रहेको सहकारी अभियानको सबैभन्दा पहिलो प्राथमिकतामा सुशासन रहेको र सुशासनबाटै समृद्धि प्राप्ति हुने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव रघुुनाथ महतले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग तथा सरसल्लाह उपलब्ध हुने बताउनुभयो । सहकारी विभागका चोमेन्द्र न्यौपानेले आचार संहिता जारी हुने प्रक्रियाका विषय र कानुनी विषयलाई स्पष्ट पार्नुभएको थियो । 

कार्यक्रममा महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुन पोखरेल, केन्द्रीय जडिबुटी सहकारी संघका अध्यक्ष ईश्वरी प्रसाद न्यौपाने, केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङ लगायतले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई समेटेर आचार संहिता निर्माण हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले आचार संहिता जारी गनुपर्ने उद्देश्यमाथि प्रष्ट पानृुभएको थियो । 

महासंघका नायव महाप्रबन्धक बाबुल खनालले सहकारी आचारसंहिताको मस्यौदा प्रस्तुती साथै मस्यौदाका विषयमा आवश्यक सुझावहरु लिखित रुपमा राखिदिन केन्द्रीय सहकारी संघहरुलाई अनुरोध समेत गर्नुभएको थियो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप