कर योजना सम्बन्धी २ दिने भर्चुअल तालिम शुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर योजना सम्बन्धी २ दिने भर्चुअल तालिम शुरु 

काठमाडौं । नेफ्स्कूनको आयोजनामा कर योजना सम्बन्धी दुई दिने भर्चुअल तालिम आजबाट शुरु भएको छ । विभिन्न सहकारीका (विशेष गरी कर्मचारीहरु) ७२ जनाको सहभागिता रहेको तालिमको सहजीकरण चार्टड अकाउन्टेन्ट राजकुमार फुयालले गर्नुभएको छ । सहकारी संघ संस्थाहरुमा कर व्यवस्थापन को विषयलाइ सिए फुयालले दुई दिन सम्म सहजीकरण गर्नुहुनेछ । सहकारी ऐन २०७४ मा कर सम्बन्धी विषय, आयकर ऐन २०५८, आर्थिक ऐन, अग्रिम कर कट्टी व्यवस्था, कर किस्ता, आय विवरण, सहकारी संघ संस्थालाई कर सहुलियत, शुल्क तथा जरिवानाको व्यवस्था लगायत विविध विषयहरुबारे प्रस्तुती एवम् अन्तरक्रिया हुनेछ । 

तालिम शुभारम्भका क्रममा प्रमुख बक्ता नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सहकारी संस्थाहरुले चालु आर्थिक बर्षमा गरेका सम्पूर्ण आर्थिक कार्यप्रणालीका के कस्ता विषयहरु करयोग्य रहेको, कर प्रणाली अनुरुप गर्नुपर्ने कार्यहरु र कर ऐन सम्बन्धी व्यवस्थाहरुको विषयमा जानकार रहन दुई दिनको तालिम विशेष महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

उहाँले नेफ्स्कूनले विषम् परिस्थितिका बीच पनि प्रविधि मार्फत निरन्तर व्यवस्थापन तह, नेतृत्व तह, नीति तथा योजना निर्माण कार्य, सेवा निरन्तरता योजना र उत्प्रेरणामुलक कार्यक्रमहरुलाई जोड दिँदै आएको चर्चा गर्दै सदस्यहरुलाई कसरी प्रविधिमैत्री भएर संस्थाका नियमित क्रियाकलापहरुलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयलाई महत्वका साथ अगाडि बढाएको बताउनुभयो ।

कोभिड महामारीको जोखिम सँगै बाढी पहिरोका कारण एक पछि अर्को चुनौतिहरु थपिदै गएकोमा चिन्ता व्यक्त गर्दै कोषाध्यक्ष पनेरुले महामारी र विपद्मा पर्नुभएका संक्रमित एवम् घाइतेहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना साथै मृतकका परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो । 

तालिम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिनाले र व्यवस्थापन सहजीकरण बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको छ । कार्यक्रममा तालिम विभागका कर्मचारीहरुको समन्वय र सहयोग रहेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप