सिन्धुपाल्चोक र मनाङका सहकारीहरू बाढीपहिरोको जोखिमबाट सुरक्षित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुपाल्चोक र मनाङका सहकारीहरू बाढीपहिरोको जोखिमबाट सुरक्षित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले बाढी प्रभावित क्षेत्रका सहकारीहरुको अवस्था बुझी आवश्यक समन्वयका लागि पहल गरिरहेको जनाएको छ । असार १ गते आएको भिषण बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार बगरमा परिणत भएसँगै त्यहाँका धेरै घर संरचना, संघ संस्था र कार्यालयहरु पनि प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा सम्पर्क गरी बुझ्ने क्रममा नेफ्स्कून ले संघमा आबद्ध सहकारी संस्थाहरु हालसम्म सुरक्षित रहेको जनाएको छ । 

मेलम्ची क्षेत्र आसपास रहेका शुभकामना बचत तथा ऋण सहकारी संस्था, झुल्के घाम बचत तथा ऋण सहकारी संस्था, इन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्था र सिन्धुदिप बचत तथा ऋण सहकारी संस्था सुरक्षित रहेको जानकारीमा आएको छ । पिप्लेबजारस्थित सिन्धुदिप बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक बद्रि चौलागाईले भन्नुभयो, “अवस्था त निकै डरलाग्दो छ, मेलम्ची बजार पुरै बगरमा परिणत भएको छ, घरहरु पुरिएका छन् ।” बजारमा रहेका संघ संस्था र कार्यालय भवनहरुमा पनि क्षति पुगेको  छ, तर के कति संघ संस्थाका कार्यालयहरु परे भन्ने कुराको जानकारी भने पाएको छैन उहाँले भन्नुभयो । 

त्यसैगरी मनाङको चामेस्थित सिरनताल र थोंचे मा ठूलो संख्यामा मानिसहरु प्रभावित भएका छन् । मनाङमा सञ्चालित चामे बचत तथा ऋण सहकारी संस्था पनि हालसम्म सुरक्षित अवस्थामा रहेको समाचार प्राप्त भएको छ । 

मनसुन प्रवेशसँगै परेको भारी बर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुवानले ठूलो संख्यामा मानिसहरु प्रभावित भएका छन् । असार १ गतेदेखि भएको भारी बर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो भौतिक र मानवीय क्षति पुर्याएको छ भने मेलम्ची बजारमा मात्रै झण्डै ६ सयजना विस्थापित भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप