यस वर्षको अभौतिक विश्व क्रेडिट युनियन सम्मेलनका आकर्षणहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यस वर्षको अभौतिक विश्व क्रेडिट युनियन सम्मेलनका आकर्षणहरु

एजेन्सी । कोभिड असहजताका कारण विश्व क्रेडिट युनियन सम्मेलन यो वर्ष भर्चुअल आयोजना गर्ने गरी तयारी भैरहेको विश्व ऋण परिषद् (ओकू) ले जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने विश्व क्रेडिट युनियनको यो महाकुम्भ गत अंग्रेजी वर्ष अर्थात् सन् २०२० मा अमेरिकाको लस एन्जलसमा हुने भनिएपनि कोभिडका कारण स्थगित गरिएको थियो । यो वर्ष स्कटल्याण्डको ग्लास्ग्लोमा गर्ने घोषणा गरिएपनि कोभिडको असर अझै धेरै मुलुकहरुमा विद्यमान रहेका कारण भर्चुअल गर्ने निर्णय हालै गरिएको हो । सम्मेलन आगामी जुलाई १४ देखि २१ सम्म पूर्ण रुपमा अभौतिक तर सहभागीहरुका लागि थप नयाँ कार्यक्रम र अवसरका साथ गर्न लागिएको ओकूले जनाएको छ । भौतिक उपस्थिति जनाउन सक्ने अवस्था नभएपनि विश्वभरका क्रेडिट युनियनहरुको बाक्लो सहभागिताकाबीच सिकाइ आदान प्रदानलाई सशक्त बनाउन नयाँ कार्यक्रमहरु थपिएका छन् ।

हवाई र होटल खर्चका साथै अन्य झन्झटबिना घर वा अफिसमा बसेर नै भर्चुअल रुपमा विश्व भ्रमण गर्ने र नयाँ अभ्यासहरु आदानप्रदान गर्न सकिने अवसरका रुपमा यो पटकको सम्मेलनलाई लिनुपर्ने ओकूले जनाएको छ । भौतिक रुपमा वार्षिक कार्यक्रम हुँदा यात्रा, हवाई खर्च, रजिष्ट्रेशन शुल्क र समयका कारण ४० प्रतिशतको मात्र सहभागिता हुने गरेको तथ्य प्रस्तुत गर्दै ओकूले अभौतिक सम्मेलनको आयोजनाले सहभागितामा उल्लेख्य वृद्धि गर्ने अपेक्षा गरेको छ । साथै अभौतिक सम्मेलनमा रजिष्ट्रेशन शुल्क पनि कम गरिएको छ । खासगरी मध्यमस्तरका क्रेडिट युनियनहरुलाई यसले सहयोग पुग्ने विश्वास लिइएको छ । भौतिक सम्मेलनमा गर्न असम्भव कतिपय कार्यक्रमहरु अभौतिक गर्न सकिने र त्यसको व्यवस्था यो पटक मिलाइएको कारण पनि सम्मेलन प्रभावकारी र सहभागितामूलक हुने ओकूको विश्वास छ । यस पटकका सम्मेलनका मुख्य वक्ताहरु र विषय सूचीले समेत विविधता पस्केको बताउँदै डिजिटल ट्रान्स्फर्मेशन, सदस्य सेवा, आर्टिफिसियल इन्टेलिजेन्स र जेनेरेशन इन द वर्कफोर्स आदि मुख्य आकर्षण हुने बताइएको छ । ४ जना मुख्य बक्ताहरुले २ दिने प्रस्तुति दिनेछन् । बक्ताहरुले घर वा कार्यकक्षको आरामदायी अवस्थामाझ नै प्रस्तुति गर्न सक्ने भएकाले उनीहरुका लागि पनि धेरै नयाँ कुरा पस्कन सहज हुनेछ । यसपटक बजारीकरणको विषयले पनि सम्मेलनमा प्रवेश पाउनेछ । यो सम्मेलनका विषयवस्तुहरु क्रेडिट युनियनका विभिन्न भूमिकामा रहेकाहरुको आवश्यकतालाई ध्यानमा राखी तयार गरिएको छ जसले गर्दा सीइओमात्र नभई अन्य व्यक्तिहरु पनि कम खर्चमा सहभागी भई जान्नसिक्न सक्नेछन् । 

भौतिक रुपमा सामान्यतया ४ दिनमात्र चल्ने सम्मेलन यो पटक सप्ताहव्यापी हुँँदैछ । सन् २०२१ विश्व ऋण परिषद्को ५० औं वार्षिकोत्सव पनि भएकाले केही विशेष गर्ने सोचका साथ ७ दिनको कार्यक्रम राखिएको हो । यस पटक युवा र महिलाहरुको सञ्जाल अन्तर्गतका कार्यक्रमलाई पनि समेटेर ७ दिनको बनाइएको हो । यो पटक पनि नेतृत्वक्षमता, विविधता, समता र सहभागिता आदि विषयमा ३० बटाभन्दा बढी ब्रेक आउट सत्रहरुसँगै ब्रीज द ग्याप सत्रपनि सञ्चालन हुनेछ । ब्रेक आउट सत्रहरुमा वक्ताहरुसँगै सहभागीहरुले पनि आफ्नो धारणाहरु राख्नेछन् जसले कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउनेछ । धेरै ब्रेक आउट सत्रहरु एउटै समयमा हुने भएपनि ती भर्चुअल कार्यक्रमको रेकर्ड ६ महिनासम्म सहभागीहरुलाई उपलब्ध गराइने भएकोले पनि आफ्नो समय अनुकूल कार्यक्रम सुन्न र हेर्न सकिने ओकूले जनाएको छ । यस पटक सहभागीको रुचि अनुसारको कार्यक्रममा प्रत्यक्ष सहभागिताका लागि म्याच मेकिङ सर्भे पनि राखिएको छ । आफुले चाहेको व्यक्तिसँग वन टु वन वा समूहगत छलफलको अवसर पनि प्रदान गरिनेछ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप