‘साकोस अभियानको प्रविधिकरणले सञ्जालीकरणमा सहयोग पुग्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस अभियानको प्रविधिकरणले सञ्जालीकरणमा सहयोग पुग्छ’

काठमाडौं । बदलिदो परिस्थितिबाट पाठ सिक्दै साकोस अभियानलाई प्रविधिकरण र सञ्जालीकरणमा जोड्नुपर्ने आवश्यकतामा आज आयोजित एक भर्चुअल कार्यक्रममा जोड दिइएको छ । प्रविधिकरण वा साकोसका सबै सेवाहरुलाई विस्तारै डिजिटाइज् गर्दै जाँदा त्यसले सञ्जालीकरणलाई पनि स्वतः दरिलो बनाउने धारणा प्रस्तुत गरिएको थियो । सञ्जालीकरण समग्रह सहकारी अभियानको लागि आजको प्रमुख आवश्यकता भएको भन्दै सबै तहका सरकारसँग बहसपैरवी गर्न पनि त्यसले सहज हुने बताइएको थियो ।

नेफ्स्कून फिल्ड कार्यालय भक्तपुरले आयोजना गरेको महामारी पश्चात सदस्य सुरक्षा सम्बन्धी कार्यक्रममा अभियानलाई डिजिटाइज गर्ने तथा सहकारीका माग र मुद्दाहरुको राज्यबाट यथोचित सम्बोधनका लागि पनि ‘वी फिलिङ’ आवश्यक भएकोले त्यसको प्रस्थान विन्दू पनि प्रविधिकरण भएकोमा जोड दिइएको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सामना शक्ति विकासको महत्व झनै बढ्ेको भन्दै सदस्य, संस्था र कर्मचारीको तहमा पर्ने प्रभावहरुको सम्बोधनका लागि पनि अभियानमा एकता आवश्यक भएको बताउनुभयो । उहाँले सहकारी सुख दुःखको साथी बनेको फेरि एक पटक प्रमाणित भएको भन्दै सबै साकोसकर्मीहरुको हिम्मत र लगनको प्रशंसा समेत गर्नुभयो । नेफ्स्कून भक्तपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक एवम् संघकी सञ्चालक मन्दरा मिश्रले सदस्यहरुको स्वास्थ्य र वित्तीय सुरक्षालाई प्राथमिकतामा राखेर साकोसहरुको काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार वा राज्यबाट साकोस अभियानलाई अपेक्षाकृत सहयोग नभएको उल्लेख गर्नुभयो । सहकारीलाई विश्वास गर्दा वृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ताहरु सहज रुपमा उपलब्ध हुने परिस्थिति सृजना हुनसक्ने तर्फ सञ्चालक मिश्रले सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।

नेफ्स्कून भक्तपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य टंकराज काफ्लेले कोभिड महामारीको बीचमा अभौतिक रुपमा कार्यक्रम गरेर सबै साकोसहरुलाई भावी योजना निर्माणमा सहयोग पुग्ने कार्यक्रम आयोजना गरिएको भन्दै सिकेका कुराहरुलाई अक्षरशः संस्थाको जीवनमा लागू गर्न हार्दिक आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रस्तुतिसहित सहजीकरण गर्नुभएका नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिनाले अबको बाटो भनेको प्रविधिको विकास र विस्तारसँगै सदस्यहरुको तिनमा पहुँच स्थापित गर्नुभएको उल्लेख गर्नुभया । उहाँले प्रविधिले सञ्जालसम्बन्धलाई पनि सहज र सबल बनाउने भन्दै त्यसको लागि नेफ्स्कूनले साकोस कनेक्ट सेवा सुरु गरेको जानकारी गराउँदै सबैलाई त्यसमा जोडिन आग्रह समेत गर्नुभयो । सहकारी अभियानबीच एकमत नभएकै कारण सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत वितरण, बजेटमा सहकारीलाई प्राथमिकता, प्रविधिकरणका कानुनी अड्चनहरु लगायतका विषयमा सरकारसँगको बहसपैरवीले अपेक्षाकृत सफलता नमिलेको प्रसङ्ग उप्काउनुभयो ।

नेफ्स्कून प्रशासन तथा समन्वय विभाग प्रमुख रहनुभएका तिमल्सिनाले अफ्ठ्यारा परिस्थितिहरुबाटै अवसरहरु पनि सृजना भएका विगत र वर्तमानबाट पाठहरु सिक्दै साकोसहरुले आफुलाई दिगो, विश्वसनीय र सदस्य मैत्री बनाउँदै जानुपर्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा उठेका जिज्ञासाहरुको पनि उहाँले सम्बोधन गर्नुभएको थियो । नेफ्स्कून भक्तपुर फिल्ड कार्यालयका इन्चार्ज पेशल कुमार खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा भक्तपुरसँगै देशभरबाटै साकोसकर्मीहरुको सहभागिता थियो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप