‘सद्भावपूर्ण सहकार्यको आवश्यकता झनै बढेको छ’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सद्भावपूर्ण सहकार्यको आवश्यकता झनै बढेको छ’ 

रुपन्देही । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. रुपन्देहीको आयोजना र नेफस्कूनको प्राबिधिक सहयोगमा ‘महामारीमा ऋण ब्यवस्थापन तालिम’ आज भर्चुअल सम्पन्न भएको छ । जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष प्रकाश भटराईको अध्यक्षतामा सम्पन्न तालिममा प्रमुख अतिथि नेफस्कूनका अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो भने कार्यक्रममा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, प्रदेश बचत संघका संचालक, जिल्ला संघका संचालक, प्रारम्भिक संस्थाका गरी करिब १८० जना भन्दा बढीको सहभागिता  थियो । 

प्रमुख अतिथि पौड्यालले गत बर्षको लकडाउन र अहिले पनि असहज अबस्थामा बैकहरुले भुक्तानीमा सिमा लगाउँदा सहकारीहरुले आबश्यकताको आधारमा घर घरमा गई बचत फिर्ता गरेको स्मरण गराउनुभयो । उहाँले कोभिडले तीन चरणको प्रभाब पार्न सक्ने बिश्वका सहकारी अगुवाहरुको छलफलमा प्रक्षेपण गरिएकोमा पहिले चरण नागरिक र सदस्यमा प्रभाब, दोस्रो चरणमा सहकारीमा प्रभाब परेतापनि सहकारीहरुले सामना गरेको र दोस्रो लहरको कोरोना सँगै तेस्रो चरणमा आर्थिक मन्दी हुन सक्ने अबस्थामा रहेको र यस अबस्थामा सद्भाबपूर्ण सहकार्यको आबश्यकता रहेको धारण राख्नुभयो । यसबीच कर्मचारी, कार्यस्थलको सुरक्षाको लागी बिभिन्न औजार तथा उपकरणहरु नेफ्स्कूनले अघि सारेको धारण अध्यक्ष पौड्यालले राख्नुभयो । संघले सदस्य संघ संस्थाको संस्थागत बिकास र अभियानको दिगोपनाको लागि निरन्तर बहस, पैरबि गदै आएको अबगत गराउँदै मौद्रिक नितिमार्फत सहकारीद्धारा सहुलियत कर्जा प्रबाह गर्न पाउनुपर्ने भन्दै सम्बन्धित पक्षसँग पहल गरिएको धारण राख्नुभयो ।

प्रदेश संघका अध्यक्ष नेपालले बर्तमान अबस्था बिश्लेषण गरी महत्वपूर्ण बिषयमा तालिम आयोजना गरिएकोले सहकारी संस्थाहरुलाई सहयोगी हुने बिश्वास ब्यक्त गर्नुभयो । नेफ्स्कूनका प्राचार्य गणेश तिमिल्सिनाले ऋण जोखिम, जोखिम न्यूनिकरणका उपायहरु, माहमारीमा ऋण ब्यबस्थापन सम्बन्धमा महत्तवपूर्ण प्रस्तुतिकरण गर्नुभएको थियो । सहजीकरण पश्चात सहभागीका जिज्ञासाहरुको समेत उहाँले सम्बोधन गर्नुभएको थियो ।

जिल्ला बचत संघका उपाध्यक्ष कृष्ण चौहानले स्वागत गर्नुभएको तालिमको उदघाटन सत्रको संचालन संघका सचिब एंब नेफस्कूनका संचालक सन्दिप सापकोटले गर्नुभएको थियो भने प्राबिधिक सत्रको संचालन नेफस्कून रुपन्देही फिल्ड कार्यलय इन्चार्ज छत्र धमलाले गर्नुभएको थियो । कार्यक्रममा सहभाथीका जिज्ञासा संकलन जिल्ला बचत संघकी ब्यबस्थापक सर्मिला भटराईले गर्नुभएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप