नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा समसामयिक विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा समसामयिक विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय बनेपाको आयोजना तथा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को समन्वयमा समसामयिक विषयमा भर्चुअल अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् नेफ्स्कून बनेपा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चन्द्र प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले महामारीको अवस्थामा साकोस अभियानलाई सहजीकरण गर्ने विषयमा राष्ट्रिय अन्तराष्ट्रिय अभ्यासहरु संघले संस्थाहरुलाई अभौतिक र अन्यमाध्यमबाट पस्केको बताउनुभयो । उहाँले असहज अवस्थामा पनि साकोस अभियानले आफ्ना सदस्यहरुलाई सरल र सुलभ वित्तीय सेवा उपलब्ध गराउने जिम्मेवारी पूरा गर्दै आएको दाबी गर्नुभयो । संस्थाको व्यावसायिक निरन्तरतालाई ध्यान दिदैं बीसीपी निर्माणसँगै अघि बढ्ने, प्रविधिमार्फत सेवामा पहुँच विस्तार गर्ने र बार्षिक खाताबन्दीलाई सकारात्मक रुपमा अघि बढाउने विषयमा केन्द्रीय कार्यालयसँगै सबै फिल्ड कार्यालयहरुले सहजीकरण गरेको अध्यक्ष पौड्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सदस्यहरुको अफ्ठ्यारोमा सधै नेफ्स्कून साथ छ ।’ सदस्यको मानसिक र वित्तीय स्वास्थ्यको अवस्था, मनोसामाजिक परामर्श सेवा, सदस्यहरुको सही विश्लेषणको आवश्यकता, सेवा निरन्तरता, संस्था कर्मचारीको उच्च मनोबल कायम गर्ने विषय, वार्षिक खाताबन्दीको तयारीमा रहेको बेलामा हिसाबहरु मिलान गर्ने विषय, अग्र भागमा काम गर्ने कर्मचारीको भौतिक सुरक्षाको विषयलाई पनि महत्व दिन अध्यक्ष पौड्यालले आग्रह गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् बनेपा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चन्द्र प्रसाद ढकालले संघको अग्रसरतामा अभियानका संगीन विषयहरुमा जानकारीसहित सहजीकरण गर्न देशैभरि फिल्ड कार्यालयहरुमार्फत भर्चुअल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सबै फिल्डबाट प्राप्त सुझावहरु संकलन गरी केन्द्रलाई पनि सहयोग हुने र कार्यक्रम र बजेटमा संलग्न गराउने गरी योजना बनाइएको उहाँको भनाई थियो ।
नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले काभ्रे जिल्ला सहकारीको हब भएको बताउँदै जिल्ला बचत संघको साथ र समन्वयमा अभियानको वृद्धि विकासका लागि धेरै राम्रो कामहरु भएको दाबी गर्नुभयो । बचत संकलन, ऋण लगानी, तालिम शिक्षा, सुशासन, सहजीकरण जस्ता विषयमा बनेपा फिल्ड कार्यालयको काम अब्बल र प्रशंसनीय भएको उहाँले बताउनुभयो ।
 ‘यसले नेफ्स्कूनको काभ्रे सेवा प्रभावकारी भएको पुष्टि गरेको छ,’ बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘हामी उत्साहित पनि छौं र आगामी दिनमा पनि जिल्लास्थित सदस्यहरुको सुझाव र सल्लाहलाई शिरोपर गरी आवश्यक सबैखाले सेवा प्रदान गर्न तयार छौं ।’ यसमा जिल्लास्थित सञ्जाल र अभियानको सहयोग पनि उहाँले चर्चा गर्नुभयो भने फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरुको सकारात्मक भूमिका र व्यवस्थापनको मिहेनतको पनि उच्च प्रशंसा गर्नुभयो । 

बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कूनले वर्तमान असहज अवस्थामा सबै फिल्ड व्यवस्थापन उपसमितिहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्लाहरुसँग अभौतिक छलफल गरी प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखी बजेट निर्माण प्रक्रिया अघि बढाउने काम भैरहेको जानकारी गराउनुभयो । नेफ्स्कूनको उद्देश्य कार्यान्वयनका लागि स्थापित फिल्ड कार्यालयहरुबाट थप सुझावहरुको अपेक्षा समेत संघले गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वागत गर्दै बनेपा फिल्ड व्यवस्थापन उपसमिति सदस्य निर्मला श्रेष्ठले कोरोना र प्राकृतिक प्रकोपका कारण विभिन्न किसिमको असहजताकाबीच अभौतिक छलफलको माध्यमबाट भएपनि साकोस अभियानका मुद्दाहरु, वार्षिक खाताबन्दी गर्दा ध्यान पुर्याउनुपर्ने विषयहरु, ऋण लगानी तथा असुली प्रक्रिया, संस्था संञ्चालनका तौरतरिकाहरु आदि बारेमा जान्ने बुझ्ने अवसर प्राप्त हुने बताउनुभयो । उहाँले असार मसान्त र वार्षिक खाताबन्दीको विषयमा पनि आजको छलफलले निकास निकास्ने, सुझाव संकलन गरिने र केन्द्रबाट भैरहेका अभ्यासका बारेमा जानकारी लिने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काभ्रे फिल्ड व्यवस्थापन उपसमितिको आयोजनामा पहिलो पटक भर्चुअल कार्यक्रम आयोजना गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रस्तुतिकरण गर्दै नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीपराज ढकालले आगामी आर्थिक वर्षको बजेटमा सहकारी, व्यवसाय निरन्रतता योजना (बीसीपी) को महत्व र यसको निर्माणमा सदस्य, संस्था र कर्मचारीको सुरक्षाका विषयहरुको सम्बोधन, ऋण जोखिम र यसलाई न्यूनीकरण गर्ने उपायहरु, भाखा नाघेको ऋण व्यवस्थापन, सदस्य केन्द्रीत योजना तथा बजेट निर्माणका विधि, वस्तु तथा सेवा उत्पादनको विकास, तरलता व्यवस्थापन योजनामा नगद प्रवाह विवरणको आवश्यकता, सामाजिक सुरक्षा कोष, लगायत अन्य विभिन्न विषयमा व्यावहारिक उदाहरणहरुसहित प्रष्ट पार्नुभएको थियो भने केही जिज्ञासाहरुको पनि सम्बोधन गर्नुभएको थियो ।

नेफ्स्कून बनेपा फिल्ड व्यवस्थापन उपसमितिका सदस्यहरु, जिल्ला संघका पदाधिकारीहरु, नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिना, विभागीय प्रमुखहरु साथै विभिन्न साकोसका सञ्चालक समिति तथा व्यवस्थापन समूहको कार्यक्रमा सहभागिता थियो । बनेपा फिल्ड कार्यालयका इन्चार्ज राम सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमको प्रविधि सहजीकरण संघका बरिष्ठ सूचना अधिकृत सहायक अनित चौधरीले गर्नुभएको थियो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप