‘नीतिगत व्यवस्था र नैतिक आचरणबीचको सन्तुलनले सुशासन कायम हुन्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नीतिगत व्यवस्था र नैतिक आचरणबीचको सन्तुलनले सुशासन कायम हुन्छ’

काठमाडौं । सहकारीका सदस्यहरुमाझ बैंकिक प्रणाली भन्दा उच्चस्तरको सेवाप्रवाहलाई जोड दिन नेफ्स्कूनले साकोस कनेक्ट हुँदै सदस्यहरुका सबै खाले वित्तीय जीवनलाई सम्बोधन गर्नेगरी एकीकृत प्रणाली इन्टरप्राइज रिसोर्स प्लानिङको तयारी गरिरहेको छ । 

नेफ्स्कूनको आयोजनामा सञ्चालन भएको सहकारीमा सुशासन विषयक भर्चुअल अन्तरक्रियालाई संम्बोधन गर्ने क्रममा संघका अध्यक्ष परितोष पौड्यालले भन्नुभयोे, “नेफ्स्कूनको प्रयासमा साकोस अभियानको डिजिटाइजेसनको सुरुवात साकोस कनेक्टबाट भइसकेको र यसलाई अभियानको गन्तव्य बनाउन सबैको साथ सहयोग र ऐक्यवद्धता स्वाभाविक रहने विश्वास लिएका छौं ।” 

विश्वव्यापी रुपमा बचत तथा ऋण सहकारी अभियानले उठाएको पछिल्लो विषय सदस्यहरुको वर्तमान बदल्ने र भविष्य निर्माण गर्ने प्रक्रियामा अगाडि बढेका छौं, उहाँले भन्नुभयो, “आगामि दिनमा कोभिड प्रकरण विश्वव्यापी आर्थिक मन्दिको रुपमा देखिन सक्ने भएकोले त्यसलाई न्यूनीकरण गर्न हामीले हाम्रो आय श्रृंखलालाई व्यवस्थित गर्ने र धन सृजना लगायतका क्रियाकलापलाई सक्रिय बनाउँदै हाम्रो जीवन पद्धतिलाई मौद्रिक प्रणालीबाट निर्देशित गर्नेतर्फ जोडदिनुपर्छ ।”

नेफ्स्कूनका महासचिव एवम् शिक्षा तथा स्रोत केन्द उपसमिति संयोजक दामोदर अधिकारीले सुशासन व्यवस्थापन सहकारीको नीतिगत व्यवस्था तथा संलग्न व्यक्तिहरुको नैतिक आचरण र व्यवहार बीचको तालमेल भएकोले स्वयं व्यक्तिले आचारसंहिताको परिपालनामा जोडदिनुपर्ने बताउनुभयो । उहाँले लेखा सुपरिवेक्षण समिति सहकारीको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुद बनाउने संयन्त्र भएकोले  सर्बप्रथम लेखा सुपरिवेक्षण समितिलाई क्रियाशिल बनाउनेतर्फ सहकारीको ध्यान रहनुपर्ने विचार राख्नुभयो । 

संस्थाको आन्तरिक सुशासन र दवाफदेहिता कायम गर्न के कस्ता विधि, प्रणाली र अभ्यासहरु गरिएको छ त्यस तर्फ सहकारीहरु गम्भिर बन्नुपर्छ । उहाँले भन्नुभयो, सहकारी स्वनियमनकारी संस्था हुन् । सहकारीलाई पारदर्शी र सुशासित बनाउन बढी भन्दा बढी सदस्य सहभागितालाई नै जोड दिइनुपर्छ । 

नेफ्स्कून आफ्ना सदस्य संस्थाहरुमाझ नियमित रुपमा अभौतिक माध्यम मार्फत पनि सम्पर्क र समन्वयमा रहिआएको बताउनुभयो । महामारीको समयमा पनि साकोस स्तरीकरण कार्यक्रम मार्फत सदस्य अनुगमनलाई ध्यान दिइएको, स्थानीय निकायसँगको समन्वयमा आधारशिला कार्यक्रम कार्यान्वयनमा आएको, सदस्यहरुलाई स्वनियमन सिकाउने र सुशासनमा राख्ने साथै साकोस अभियानको क्रेज बढाउँदै लैजाने बिषयमा बर्तमान सञ्चालक समिति संवेदनशिल रहेको विचार राख्नुभयो । 

सुशासन मान्छेको मनसँग जोडिएको विषय हुँदा जवसम्म हामीले मनलाई नीति र विधिसँग बाँधेर चल्न सक्दैनौ तवसम्म संस्थामा सुशासन कमजोर हुन्छ । उहाँले जोड्नुभयो, संस्थागत हितको लागि सामूहिक रुपमा एकजुट भएर निर्णय कार्यान्वयन गर्नुपर्छ । सुशासन व्यवस्थापन गर्ने विषयमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन एक साथ सहकार्य र सामूहिकतामा जोड दिनुपर्छ ।

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सहकारी संस्थाहरुले विद्यमान विषम परिस्थितिका बाबजुत पनि संस्थागत कार्यप्रणालीहरुलाई व्यवस्थित र सुशासित बनाउँदै सदस्य सेवालाई पनि निरन्तरता दिनुपर्ने चुनौतिको एकसाथ सामना गरिरहेको बताउनुभयो । उहाँले सञ्चालक समिति तथा उपसमितिहरुले गरेका निर्णय ठीक समयमा ठीक ढंगले कार्यान्वयनमा लैजान साथै नीति विधिलाई व्यवस्थित ढंगबाट परिचान गर्न र संस्थामा सुशासन तथा पारदर्शिता कायम गर्न वित्तिय कारोबार गर्ने सहकारी संस्थाहरु अझ बढी सचेत हुनुपर्ने तर्फ जोड दिनुभयो । 

उहाँले सहकारीहरुले सेवा निरन्तरता, नीति तथा योजना निर्माण, वित्तिय सुशासन लगायत परिभाषित जिम्मेवारीहरु सदस्य केन्द्रीत सेवा प्रवाहलाई प्रमुखता दिएर पुरा गर्नुपर्ने बताउनुभयो । 

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले महामारीमा सहकारीको सुशासन कसरी कायम गर्न सकिन्छ भन्ने विषयलाई प्रमुखता दिएर आयोजना गरिएको ‘सहकारीमा सुशासन’ विषयक अन्तरक्रिया कार्यक्रम अत्यन्त महत्वपूर्ण साथै उपायोगी रहेको विचार व्यक्त गनुृभयो । उहाँले अर्थतन्त्रको बलियो आधारस्तम्भ रहेको सहकारी क्षेत्रको नियमन निकाय केन्द्र देखि स्थानीय संरचनाहरु सम्म क्रियाशिल रहेको अवस्थामा पनि सबैभन्दा महत्वपूर्ण नियमन सहकारी संस्था स्वयं स्वनियमक रहनुपर्ने चर्चा गर्नुभयो । सहकारीलाई नियमनमा राख्न सहकारी संस्थाका सदस्यहरुनै जागरुक बन्नुपर्ने देखिएको छ । उहाँले भन्नुभयो, जवसम्म सदस्यले सहकारीको सम्पूर्ण क्रियाकलापहरु बारे जानकारी राख्दैनन् तवसम्म सुशासन कायम हुन सक्दैन । 

सहकारी ऐन २०७४ को दफा ४८ र ४९ मा लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य र अधिकार उल्लेख छ । लेखा सुपरिवेक्षण समितिले सहकारी संस्थालाई कसरी सुशासनमा राख्ने विषय सँगसँगै समितिलाई सक्रिय बनाउने, उत्प्रेरित गराउने अर्थात समय समयमा तालिम उपलब्ध गराउने विषयमा पनि ध्यान दिनुपर्छ । लेखा सुपरिवेक्षण समिति मार्फत नै सहकारीलाई स्वनियमनमा ल्याउन सकिएका पर्याप्त उदाहरण रहेको पनि उहाँले चर्चा गर्नुभयो । 

सहकारी संस्थाको कारोबार सुशासित एवम् पारदर्शि बनाउन लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ नै यसको साथै लेसुस ले महामारिको अवस्थामा पनि गरिबी निवारणमा र सदस्यहरुको जीवनस्तर सुधार का लागि सहकारीको के कस्तो भूमिका रह्यो भन्ने विषय मा सुक्ष्म ढंगले हेरिनुपर्ने विचार राख्नुभयो । 

नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरेले सहकारीमा सुशासन विषयक कार्यपत्र प्रस्तुुती एवम् सहजीकरण गर्नुभएको भर्चुृअल अन्तरक्रिया कार्यक्रमको सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेश तिमिल्सिना र उमेश कोइरालाले गर्नुृभएको थियो । कार्यक्रममा देशभरका सहकारी संघ संस्थाका पदाधिकारी, सञ्चालक एवम् सहकारीकर्मीहरु गरी ४ सय ४० जनाको सहभागिता रहेको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप