बजेट निर्माणमा सहयोगी ५०/३०/२० सिद्धान्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बजेट निर्माणमा सहयोगी ५०/३०/२० सिद्धान्त

एजेन्सी । विश्वप्रसिद्ध टाइम म्यागजिन् को विश्वका प्रभावशाली व्यक्तिहरुको सूचीमा पर्न सफल अमेरिकी सिनेटर एलिजावेथ वारेनले बजेट निर्माणमा सहयोगी ५०/३०/२० सिद्धान्त प्रतिपादन गर्नुभएको हो । उहाँ हावर्ड विश्वविद्यालयमा कानून विषय प्राध्यापन समेत गर्नुहुन्थ्यो ।

यसमा उहाँलाई छोरी अमेलिया वारेन ट्यागीले पनि सहयोग गर्नुभएको थियो । यी विषयलाई उहाँले All Your Worth: The Ultimate Lifetime Money Plan  नामक आफ्नो पुस्तकमा समेट्नुभएको छ । खासगरी मध्यम र न्यून आय भएका श्रमजीवीहरुलाई ध्यानमा राखी उक्त पुस्तकमा यो सिद्धान्तका विषयमा व्याख्या गरिएको छ । उक्त सिद्धान्त अन्तर्गत एलिजावेथले बजेट निर्माण गर्दा आवश्यकता, चाहना र वित्तीय लक्ष्यको योजना गरी ३ शीर्षकमा कर चुक्तापछिको रकम विभक्त गर्न सकिने उल्लेख गर्नुभएको छ । आम्दानीको ५० प्रतिशत ‘आवश्यकता’ शीर्षकमा, ३० प्रतिशत ‘चाहना’ शीर्षक (यसलाई ‘गोइङ आउट’ बजेट पनि भनिन्छ) मा र बाँकी २० प्रतिशत ‘वित्तीय लक्ष्य’ शीर्षकमा बजेट विनियोजन गर्न सकिन्छ । यो सिद्धान्त प्रभावकारी भएपनि आफ्नो पारिवारिक अवस्था र आम्दानीको आधारमा परिमार्जन गर्न सकिने बताइएको छ । 
५०/३०/२० सिद्धान्त बाहेक प्रचलनमा ८०/२० (८०% खर्च र २० % बचत) र ७०/२०/१० (७०% जीविकोपार्जन खर्च, २०% ऋण भुक्तानी र बाँकी १०% बचत) का नियम पनि छन् । 

५०/३०/२०को सिद्धान्त

 ५० प्रतिशत ‘आवश्यकता’ शीर्षकमा विनियोजन  

घरभाडा
खाद्यवस्तु
बत्ती, पानी, फोहोर, केवल, यातायात लगायतका भुक्तानी गर्नुपर्ने आवश्यक बीलहरु

३० प्रतिशत ‘चाहना’ शीर्षकमा विनियोजन  

जीवनलाई अघि बढी रमाइलो र मनोरञ्जक बनाउने विषयहरुको सम्बोधन गर्न सकिन्छ ।
शोखहरु 
यात्रा
बाहिर होटल वा रेष्टुराँमा खानपिन
बिशेष डिजिटल सेवाहरु जस्तै नेटफ्लिक्स, हुलु आदि उपभोग गर्न ।

२० प्रतिशत ‘वित्तीय लक्ष्य’ शीर्षकमा विनियोजन

ऋणको किस्ता भुक्तानी
घर, जग्गा खरिदका लागि बचत
गाडी वा अन्य सवारी साधन खरिदको लागि बचत, भविष्यको लागि बचत

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप