जिल्ला बचत संघ झापाको आयोजनामा समसामयिक विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ झापाको आयोजनामा समसामयिक विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न

झापा । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. झापाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा समसामयिक विषयमा अभौतिक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेफ्स्कून संचालक एवम् जिल्ला बचत संघ झापा अध्यक्ष घनश्याम अधिकारीले गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कन अध्यक्ष परितोष पौड्याल रहनु भएको थियो भने कार्यक्रमको संचालन नवनिर्वाचित जिल्ला बचत संघ झापा अध्यक्ष तुलाराम न्यौपानेले गर्नु भएको थियो । 

अन्तरक्रिया कार्यक्रममा जिल्ला बचत संघ झापा संचालकहरु, विभिन्न साकोस संचालकहरु, नेफ्स्कून निमित्त प्रमुख कार्यकारी अधिकृत एवम् विभागीय प्रमुख सञ्जयराव तिमल्सिना, नेफ्स्कून फिल्ड कार्यालय दमक, झापा व्यवस्थापन, जिल्ला बचत संघ झापा व्यवस्थापन र विभिन्न साकोस व्यवस्थापन प्रमुख एवम् कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा स्वागत गर्दै नेफ्स्कून संचालक एवम् जिल्ला बचत संघ झापा अध्यक्ष घनश्याम अधिकारीले हालको विषम परिस्थितिलाई साझा संकल्प र प्रतिबद्धताका साथ सामना गर्नु पर्ने र यो अभियानमा नेफ्स्कून, जिल्ला बचत संघ र साकोस सँगै हातेमालोका साथ अगाडि बढेमा सम्भव भएको बताउनुभयो ।  कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले महामारीको अवस्थामा सदस्यहरुलाई सरल र सहज वित्तीय सेवा उपलब्ध गराउदै आएकोमा साकोस अभियानको उचाइ थप विश्वासिलो भएको बताउदै अबको यात्रा प्रविधियुक्त सेवामा जोड दिन समेत अनुरोध गर्दै यो अभियानमा नेफ्स्कूनले रणनितिक योजना सहित प्रविधियुक्त अभियान सञ्चालन सुरु गरिसकेको बताउनु भयो ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै नेफ्स्कून निमित्त प्रमुख कार्यकारी अधिकृत एवम् विभागीय प्रमुख सञ्जयराज तिमिल्सिनाले महामारीमा सदस्य सुरक्षाको महत्वमाथी प्रकाश पार्दै कोभिडले मानिसहरुको मानसिक स्वास्थ्यमा निकै ठूलो प्रभाव पारेको र यसको प्रभावलाई न्यूनिकरण गर्न सहकारी संस्थाहरुले सदस्यहरुका लागि आवश्यक स्वास्थ्य परामर्श सहित आर्थिक रुपमा सवलीकरण गर्ने दिशामा लक्षित कार्यक्रम अगाडि सार्नुपर्नेमा जोड दिनुभयो ।

सदस्यहरुको आयस्तर टुटेको, सबै क्षेत्रबाट आर्थिक भार थपिएको समयमा सहकारीले सदस्यहरुमा बाँच्ने आशा जगाउने, सदस्यहरुबीच सामाजिक भावना जागृत गराउने, मानसिक विचलनलाई कम गराई सामाजिक सम्बन्ध दरिलो बनाउने गरी सदस्य परामर्शको कामलाई प्राथमिकतामा राख्नुपर्ने विचार प्रस्तुत गर्नुभयो । त्यसैगरी सहकारी संस्था सञ्चालनमा डिजिटल प्रविधि प्रयोगलाई बढावा दिने, कर्मचारी स्वास्थ्य सुरक्षा, कर्मचारीको रोजगारीको सुरक्षा, प्रविधि प्रयोगमा सीप क्षमता विकास साथै वर्क फ्रम होमको कार्य व्यवस्थापन सहजीकरणमा पनि ध्यान दिनुपर्ने विषय प्रस्तुत गर्नुभयो । 

संस्थागत सुशासनको अवस्था, संस्थामा परेको वातावरणीय प्रभाव, आयस्तर प्रभाव साथै संस्थागत सामाजिक उत्तरदायित्वको दीगोपना र यसले भविष्यमा पार्ने प्रभावको पनि मुल्यांकन आवश्यक हुने विषयहरु प्रस्तुतीकरणका क्रममा राख्नुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप