जिल्ला कृषि सहकारी संघ ललितपुर र च्याउ उत्पादन सहकारी संघ ललितपुरबीच एकीकरण  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 जिल्ला कृषि सहकारी संघ ललितपुर र च्याउ उत्पादन सहकारी संघ ललितपुरबीच एकीकरण  

काठमाडौं । जिल्ला कृषि सहकारी संघ लि. ललितपुर र जिल्ला च्याउ उत्पादन सहकारी संघ लि. ललितपुरबीच एकीकरण भएको छ । नेपालको सहकारी अभियानमा पहिलो पटक दुई विषयगत जिल्लास्तरीय संघबीच एकीकरण भएको राष्टिय सहकारी महासंघले जनाएको छ । २०७८ साल असार ६ गते बागमती प्रदेश सहकारी महाशाखाले दुइ संघको एकीकरण स्विकृत गरी जिल्ला कृषि सहकारी संघ लिमिटेड,ललितपुरको नाममा एकीकृत संस्थाको दर्ता प्रमाण पत्र प्रदान गरेको छ । बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेले महासंघका वरिष्ठ उपाध्यक्ष अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य तथा जिल्ला कृषि सहकारी संघ ललितपुरकी अध्यक्ष ओमदेवी मल्ललाई एकीकृत संस्थाको दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

यसरी बिषयगत संघहरु एकीकरण भई दिगो संघ निर्माण प्रक्रियाको थालनी भएकोले आगामी दिनमा अन्य संघहरु र प्रारम्भिक संस्थाहरु समेत एकीकरणमा जान प्रेरणा मिल्ने महासंघले अपेक्षा गरेको छ  । सहकारी अभियान र सरकारले समेत सहकारी संघ संस्थाको एकीकरणमा प्रोत्साहन गरिरहेको छ । एकीकरण अभियानलाई यसले थप बल पुग्ने विश्वास गरिएको छ । 

जिल्ला कृषि सकारी संघ विसं २०६५ र जिल्ला च्याउ उत्पादन सहकारी संघ २०७१ मा दर्ता भएको थियो । २०७७ साल आश्विन २६ देखि कात्तिक ३ सम्म भएको साधारण सभाले एकीकरणको निर्णय गरेको गियो । २०७७ साल चैत्र ७ गते राष्ट्रिय सहकारी महासंघ लि.को पहल तथा मार्गनिर्देशनमा एकीकरण  संझौता पत्रमा हस्ताक्षर भएको थियो ।  सम्झौता पत्रमा जिल्ला कृषि सहकारी संघ लि.ललितपुरका अध्यक्ष  मल्ल र च्याउ उत्पादक सहकारी संघ लि. ललितपुरको तर्फबाट संघका अध्यक्ष कमलराज दाहालले हस्ताक्षर गर्नुभएको थियो । 

एकीकरण पश्चात दुई संघहरुबाट प्रतिनिधित्व हुने गरि ओमदेबी मल्लको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन भएको छ । नव गठित सञ्चालक समितिको उपाध्यक्षमा दिल नापित, महिला उपाध्यक्षमा ईन्द्र कुमारी थापा ,सचिवमा पुरुषोत्तम हुमागाँई, कोषाध्यक्षमा चित्रराज तिमल्सिना, सञ्चालकहरु कमलराज दाहाल, लक्ष्मी कार्की, कृष्ण प्रसाद संजेल, काशीनाथ सापकोटा, ज्ञान बहादुर लो, गंगालाल डंगोल, शरद रानामगर र रमेश दाहाल रहनुभएको छ । त्यसैगरी बद्रि प्रसाद घिमिरेको संयोजकत्वमा सदस्य उमा पौडेल र प्रेम प्रसाद घिमिरे रहने ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत गठन भएको छ ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप